२०८२ असार १
०६१४४५०००, ९८५६०३३३९१

औषधी खरिदमा स्वास्थ्य मन्त्रालयको मनोमानी, आसय पत्र समेत दिएको ठेक्का हतारमा रद्द गरियो किन?

पोखरा

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले कमिशनको चक्करमा निकालेको औषधी खरिद सम्बन्धि ठेक्का अन्तिम चरणमा आएर रद्द भएको छ । २०७९/१२/३० गते मन्त्रालयले सामाजिक संघ संस्था मा रहेका जेष्ठ नागरिकलाई निःशुल्क दिने प्रयोजनका लागि भन्दै करिव २० लाख रुपैयाँको औषधी खरिदको टेण्डर निकालेको थियो ।
मन्त्रालयले निकालेको बोलपत्रमा ५ जनाको टेण्डर परेको थियो । टेण्डर परेका मध्य सवैभन्दा कम मूल्यमा औषधी दिने प्रयास फर्मालाई स्वीकृत नगरी ३ लाख बढी महंगोमा टेण्डर हाल्नेलाई हिमसागर मेडिको फर्मालाई टेण्डर दिने निर्णय गरी आशय पत्र अन्नपूर्ण पोष्ट पत्रिकामा छापिएको थियो। राज्यलाई ३ लाख घाटा पर्ने गरी भएको आशयपत्र जारी पश्चात सराङकोटले खोजतलास अगाडि बढाएको थियो । त्यसको भोली पल्टै अर्थात् जेष्ठ २२ गते च.नं. ९६४ को पत्रमा टेण्डर रद्द गरिएको सूचना मन्त्रालयले प्रकाशन गरेको थियो ।
मन्त्रालयले टेण्डर रद्द गर्दा सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ उपदफा १ (ग) लाई आधार देखाएको छ । उक्त दफा अनुसार ठेक्का माग गरिएको माल समान, आवश्यक नभएमा ठेकका रद्द गर्न सक्ने उल्लेख छ ।
मन्त्रालयले वेतुकको कारण देखाएर हतारमा ठेक्का रद्द गरेको प्रष्ट खुल्न आएको छ । पहिलो कुरा त स्वास्थ्य मन्त्रालयले बजेट प्रवन्ध मिलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई औषधी खरिदको जिम्मा दिने हो । मन्त्रालयले औषधी खरिद कार्यमा लाग्नु स्वार्थ बाझिनु हो । औषधी आवश्यक नपरेको कारण देखाई रद्द गरिएपनि टेण्डर मिलेमतो गरी महंगो टेण्डर हाल्ने दोस्रो पाटीलाई टेण्डर दिन आशयपत्र दिइसकेपछि वाहिरिएको गुह्य धन्दाबाट जोगिन हतारमा ठेक्का रद्द गरेको स्पष्ट हुन आउँछ ।
औषधी खरिद गर्ने निकाय प्रदेश आपूर्ति केन्द्रलाई जानकारी समेत नदिई कुनै समन्वय समेत नगरी सुटुक्क २० लाख रुपैयाँको औषधी टेण्डर गर्नु र पहिलो नम्वरको फर्मालाई पाखा लगाएर ३ लाख महंगो टेण्डर हाल्ने हिमसागर मेडिको फर्मालाई टेण्डर पार्नु र आशयपत्र जारी गर्नुलाई सामान्य मान्न नसकिने जानकारहरु बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले गर्न लागेको खरिद सम्झौताका औषधीहरु बारे आपूर्ति लाई जानकारी नभएको बताइएको छ । प्रदेश स्वाथ्स्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराकी निमित्त कार्यालय प्रमुख सुस्मिता शर्माले भनिन् प्रदेश भित्र आवश्यक पर्ने सवै औषधी आपूर्तिले किनेर व्यवस्थापन गर्छ । राज्यको एउटा निकाय संयन्त्र सकृय छदां छदै मन्त्रालयले डुप्लिकेटिङ हुने गरी किन टेण्डर निकाल्यो भन्ने छानविनको विषय वनेको छ । २–४ लाख कमिशन कुम्ल्याउनकै लागि राज्यको ढुकुटीमा होली खेल्ने हो भने देश र जनताले प्रदेश सरकारका मन्त्रालयबाट के अपेक्षा गर्ने ? नियतमा खोट राखेर टेण्डर अगाडि बढाउने कुरा बाहिरिएर छताछुल्ल हुन थालेपछि आवश्यक नभएको भनदै हतारियर रद्द गर्ने के यहि हो आर्थिक सुशासन ?

Advertisement:

सूचना छपाइमै गयो ८८ हजार ५९२

प्रदेश स्वास्थ्य मन्त्रालय पोखराले डुप्लिकेटिङ पर्ने गरी आवश्यक समेत नभएको औषधी खरिदको टेण्डर सूचना र आशय पत्रको सूचना निकाल्दा पत्रिकालाई ८८५९२ रुपैयाँ खर्च गरेको छ । देशमा आर्थिक मन्दीका कारण खर्च कटौती गरिरहेको अवस्थामा यसरी मनोमानी खर्च गरी राज्यलाई हानी नोक्सानी पु¥याउँदा त्यसको जिम्मा कसले लिने ? अनावश्यक रुपमा गरिएको खर्चको सोधभर्ना को बाट असुली गर्ने ? आर्थिक अनुसाशन विपरितकाम गर्ने को को छन् ? छानविन गरी दोषी पहिल्याइ राज्यकोषको क्षति असुल उपर गरी देश र जनतालाई न्याय दिन काम अख्तियारको कोटमा पुगेको छ प्रतिक्षा गरौ नतिजा कस्तो आउँछ ।

प्रतिक्रिया दिनुहोस्