राजमार्गका होटेलमा तनहुँ प्रहरीको निगरानी, नक्कली मूल्य स्टिकर टाँस्ने व्यापारी तामाङ पक्राउ

सराङकोट न्यूज
21 September, 2023 10:01 am
Advertisements

तनहुँ

राजमार्गमा होटेल रेस्टुरेन्ट थापी ब्यापार गर्ने ब्यापारीहरुको अबैध धन्दा रोकि यात्रुलाई राहत दिने कार्यमा तनहुँ प्रहरीले सक्रियता देखाएकोछ । पृथ्वी राजमार्गको किनारमा व्यापार गर्ने होटेल रेस्टुरेन्ट र पसलका ब्यापारीहरुले कम्पनीले राखेको मूल्य छोपी नक्कली मूल्य स्टिकर टाँसी यात्रुहरू ठगी गर्दै आएको तनहुँ प्रहरीले फेला पारेको छ ।
पृथ्वी राजमार्गको म्याग्दे गाउँपालिका ३ धंयरेटारी भन्ने ठाउँमा सरिता रेस्टुरेन्ट चलाउदै आएका बर्ष ३७ का सेते तामाङले विभिन्न खाद्य पदार्थको ¥यापमा कम्पनीको मूल्य छोपी नक्कली स्टिकरमा महङ्गाे मूल्य टाँसि ग्राहक ठगी गरिरहेको अबस्थामा जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँ समेतको संयुक्त बजार अनुगमन समितिले र·ेहात फेला पारेको थियो । गत भाद्र २९ गते भएको अनुगमनमा कैफियत फेला पारी बरामदी मुचुल्का गरिएको थियो।
तत्काल प्राप्त प्रमाण अनुसार प्रक्रिया पु¥याई रेस्टुरेन्ट संचालक सेते तामाङ्लाई असोज २ गते पक्राउ गरि कालोबजार तथा केही सामाजिक अपराध ऐन २०३२ बमोजिम मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय तनहँुबाट ४ दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान भइरहेको तनहँु प्रहरीका प्रबक्ता प्र.ना.उ मोहन खाँणले बताए ।
यस अघि २०८०/०५/२३ गते तनहुँ प्रहरीले गुणादीमा रहेको पोखरा हाइवे रेस्टुरेन्ट एन्ड खाजाघरका संचालकले स्टिकर टासी उपभोक्ता ठगी गरेको फेला पारी सन्चालक अर्जुन रानाभाटलाई पक्राउ गरि मुद्दा चलाएकोमा डेढ लाख धरौटीमा रिहा भएका थिए । प्रहरीले निगरानी बढाइरहँदा पनि होटेल तथा रेस्टुरेन्ट व्यावसायीले उपभोक्ता ठगी कार्यलाई निरन्तरता दिएको पाइनुलाइ बिडम्बना मानिएको छ । तनहँु प्रहरीका सूचना अधिकारी प्र.ना.उ. मोहन बहादुर खाण राजमार्गको ठगी धन्दालाइ नियन्त्रणमा लिन अनुगमन र कारबाहीलाइ सक्रिय बनाएको बताउँछन । ठगी भएको थाहा पाउने उपभोक्ताले तत्काल प्रहरीलाइ १०० नम्बरमा फोन गरि सुचना दिन तनहँु प्रहरीले आग्रह गरेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: