इमाडोलको ‘सिद्धिदाता सहकारी’ संकटमा

सराङकोट न्यूज
21 September, 2023 10:09 am
Advertisements

ललितपुर

पछिल्लो समय सहकारीलाई सुख दुःखको साथी भन्ने उक्ति व्यर्थ बन्दै गएको छ । गास कटाएर जम्मा गरेको २–४ पैसा अप्ठेरो परेका बखत काम लाग्ला भन्ने साना लगानी कर्ताको आशा पनि निराशा बन्दै जान थालेको छ । सहकारीका सञ्चालक बशसमिति र कर्मचारीका कारण भएको लगानी उठ्नै नसक्ने अवस्थामा पु¥याइएको छ । जनतासँग उठाएको पैसामा होली खेले झै मस्ती गर्ने, आफ्नै काममा लगानी गर्ने, असुरक्षित लगानी गरी व्यक्ति पोसाउने कार्य गर्दा साना तिना डिपोजिटरहरु मर्कामा परेका छन् । कारोबार गरुञ्जेल मस्ती गर्ने विगारेर आफै भाग्ने प्रवृत्तिका कारण सर्वसाधारण बचतकर्ताहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।
यस्तै ललितपुर महालक्ष्मी नगर पालिका १८ इमाडोलमा रहेको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था लि. संकटमा परेपछि बचतकर्ता हैरानीमा परेको काठमाडौंबाट हाम्रा संवाददाता मित्र मिलनले खबर पठाएका छन् । संचालक समितिको गैह्र जिम्मेवार कार्यशैलीका कारण हजारौं बचतकर्ताहरुले आफ्नो बचत रकम फिर्ता पाउन सकेका छैनन् । ९५ वर्षको बुबाको औषधी उपचार खर्च गर्न भनेर बचत गरेका इमाडोलका पञ्चकाजी महर्जनका वुवालाई मुटुको उपचार गर्न अस्पताल राखेका छन् तर दैनिक जसो बचत रकम मध्य उपचार खर्च मात्र भएपनि पाइन्छ कि भनेर सहकारीमा धाको धाई छन् तर आफ्नै बचत कति पनि फिर्ता पाएका छैनन् । महर्जन भन्छन् “पैसा कै अभावमा मेरा बा मर्ने भए ।” उनले ३५ लाख रुपैयाँ सिद्धिदाता सहकारीमा राखेका छन् । यस्तै श्रीमान् मुटुको रोगी भएकोले उपचार र औषधी किन्न दैनिक सय पचास रुपैयाँ जम्मा गरेकि दिल कुमारी महर्जन पनि सहकारीमा तारेख धाको धाई छिन् । बुढालाई औषधी किन्न पैसा नभएर आफ्नो पैसा लिन दैनिक आउँदा पनि पैसा नपाएको दिल कुमारीको गुनासो छ । उनले टेलरको कर्मचारीसँग भनिन् “कि मेरो बुबालाई मार कि मेरो पैसा देऊ ।” कर्मचारी केहि बोल्दैनन् व्यवस्थापक सुजन वके अफिसमा कहिल्यै भेटिदैनन् ।
संचालक समिति त झन् कहाँ छन् कहाँ । सेवाग्राहीको फोन पनि उठाउँदैनन् समस्या पनि सुन्दैनन् अर्का बचत कर्ता राधिकाले सराङकोट सँग बताइन् ।
सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था लि. सञ्चालक समितिका अध्यक्ष अजय श्रेष्ठ रहेका छन् । उनिसँग प्रतिकृया लिन पटक पटक उनको मोबाइलमा सम्पर्क गर्दा मोबाइल उठ्दैन । अधिकांस समय उनको फोन स्वीच अफ रहेको हुन्छ ।
१० करोड शेयर पूँजी रहेको सिद्धदाता सहकारीले कम्प्युटर प्रविधि प्रयोग गरी कार्यालय र कारोवारलाई व्यवस्थित बनाएको दावि गरेको छ तर बचत कर्ताको आसु पुछ्न सकेको छैन विधि र प्रकृया विपरित दिएको ऋण लगानी फिर्ता गर्न नसकेको अवस्था छ । वेलैमा सम्बन्धि निकायको ध्यान जान आवश्यक छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: