२०८२ चैत्र १
०६१४४५०००, ९८५६०३३३९१

बाटुलेचौरमा बडा दशैको अवसरमा विविध कार्यक्रम गरिने

पारिजात खराल  
क्षेत्री समाज पोखरा १६ ले बडा दशैं,  शुभ दिपावली, छठ पर्व, नेपाल सम्वतको अवसरमा विविध कार्यक्रम गर्ने पत्रकार भेटघाट कार्यक्रममा समाजले जानकारी गराएको छ ।
क्षेत्री समाज नेपाल पारम्भिक कार्यसमिति पोखरा १६ ले विभिन्न जातिय समुदाय, संस्थाहरु क्लवहरु, आमा समूह टोल विकास संस्था लगायत सनातन हिन्दु धर्मावलम्वीहरुको वीचमा आपसी सद्भावलाई कायम गर्दै बहु सांस्कृतिक र धार्मिक रुपमा मनाई पर्वलाई विशेष महत्वपूर्ण स्थानमा राख्न विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । 
२०८०÷०७÷०४ गते फूलपातिका दिन विहान ६ः३० बजे बृहत् कलशयात्रा गरिने भएको छ । कलश यात्रा सकिए लगत्तै ८ बजे कालिका बहुउद्देश्यीय भवनमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम हुने भएको छ । र सोही दिन साँझ  चण्डिका मन्दिर परिसरमा आरती हुने भएको छ । यस्तै दोस्रो दिन महाअष्टमी का दिन साँझ ५ बजेदेखि ७ बजेसम्म कालिका मन्दिरमा आरती गरिने कार्यक्रम तय भएको छ । सामाजिक सद्घाव सहित सांस्कृतिक र धार्मिक कार्यको जगेर्ना गर्ने तर्फ लक्षित रहेको क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्