जनप्रतिनिधिले पाउने सुबिधामा थपेर वडाको बिध्यालयलाइ सहयोग दिने घोषणा

सराङकोट न्यूज
7 February, 2024 10:48 pm
Advertisements

पोखरा महानगरपालिका वडा न १७ का वडा सदस्य शिबराम भन्डारीले आफुलाइ महानगरले दिदै आएको सेवा सुबिधा भत्ता आफ्नै वडाको जानकी माबिलाइ दिने निर्णय गरेकाछन । जानकी माबी सितापाइलाको ४६ औ बार्षिकोत्सबको उपलक्ष्यमा आफुले माहानगरबाट प्राप्त दुई बर्षको सुबिधामा १ लाख ४० हजार थप गरेर बिध्यालयको हित कोषमा उपलब्ध गराउने घोषणा गरेको बिध्यालयका सुचना अधिकारी कमल प्रसाद आचार्यले सराङ्कोट न्युजलाइ बताए ।
पोखरा महानगरपालिका १७ मा रहेको जानकी माबिले स्थापनाको ४६ औ बर्षगाठ मनाइरहदा ३३० जना बिध्यार्थिलाइ पठनपाठन गर्दै आएको छ । भने हाल ११ र १२ कक्षामा फरेस्ट बिषयमा पढाउदै आएको छ तर बिध्यार्थिको अभाब झेलिरहेका छ ।बन प्राबिधिक बिषयमा अध्यन गराउने उद्देश्यले ल्याएको नयाँ पाठ्यक्रम विद्यार्थीको अभावमा बन्द पो हुने हो कि भन्ने चिन्ता गर्छन वडा नम्बर १७ का जनप्रतिनिधि शिबराम भन्डारी ।
आफुले बिध्यालयको आर्थिक स्रोत बलियो नभएकोले महानगरले दिने सुबिधामा ब्यक्तिगत तर्फबाट थपेर स्कुललाई सहयोगको घोषणा गरेको भन्डारिले बताए । उनले आफुले दिएको रकम खर्च कार्यबिधी बनाएर प्रदान गर्ने घोषणा गरेका हुन । यस्तै बुधबारकै कार्यक्रममा पोखरा बृद्दाश्रम सितापाइलाले ६ कक्षामा अध्ययनरत २३ जना बिध्यार्थिहरुलाइ निशुल्क खाजा खुवाउने घोषणा गरेको छ । आफै मागेर बृद्दाश्रम चलाउदै आएको सस्थाले पनि सामुदायिक बिध्यालयका गरिब बिध्यार्थिलाइ सहयोग गर्ने कार्य अनुकरणीय रहेको छ । पोखरा १७ का अध्यक्ष राधिका शाही योगीको अध्यक्षतामा आयोजना भएको बार्षिकोत्सब कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा पुरस्कार बितररण गरिएको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: