२०८२ असार १२
०६१४४५०००, ९८५६०३३३९१

घरभेटिलाइ कुट्ने व्यापारी दुगरका छोराछोरी हिरासतमा

आफ्नै पसिनाले बनाएको घर आफैलाइ सत्रु बन्न पुग्ला भन्ने सायदैले सोचेका हुन्छन ।पाेखरामा आफ्नै घरमा भाडामा बस्नेले घरधनी लक्ष्मी गुरुङमाथि कुटपिट भएको छ । पोखराका पुराना हार्डवेयर व्यवसायी विकास कुमार दुगरका छोरा दिग्विजय कुमार दुगर र आशिका दुगरले घरधनी गुरुङलाई हातपात गरेका हुन् । आइतबार साँझ ६:३० बजेतिर घर जाँदा लक्ष्मी गुरुङ र उनकी जेठानी सिता गुरुङमाथि हातपात गरेका हुन् ।

पोखरा सभागृह अगाडि दुगर आइरन नामको हार्डवेयर पसल सञ्चालन गर्दै आएका दूगर परिवार पोखरा १७ ड्यामासाइडमा गुरुङको पक्की साढे दुई तलाको घर झण्डै २६ वर्षदेखि बस्दै आएका छन् ।

Advertisement:

पहिलो पटक मिति २०५५ फागुन १८ गते २० वर्षका लागि दुई तला मात्र विभिन्न सर्त सहित गुरुङका श्रीमान यामबहादुर गुरुङले सम्झौता गरेका थिए ।

यस्तै दोश्रो पटक मिति २०७५ माघ १ गते पुन ५ वर्षका लागि अर्थात् २०८० पौष मसान्त सम्ममा लागि पुन सम्झौता गरेका थिए । सम्झौता अनुसार दुगर परिवारले घर खाली गर्न मानेको थिएन । कोरोना कहरका बेला यामबहादुर गुरुङको देहावसान भयो ।

मुख्य सम्झौताकर्ताको मृत्यु भए पश्चात घर छोड्न नमानेको दुगर परिवार वडामा निवेदन गरेपछि आफूले बनाएको संरचनाको रकम दिनुपर्ने बताएका थिए । सम्झौतामा दोश्रो पक्ष अर्थात दुगर परिवारले संरचना निर्माण गर्दा प्रथम पक्ष अर्थात गुरुङसंग अनुमति लिनुपर्ने र छोड्दा लैजान नपाउने उल्लेख गरिएको छ ।

पछिल्लो पटक मिति २०८१ वैशाख ३० गते वडाका मेलमिलाप कर्ताको रोहबरमा मिति २०८१ असार मसान्तमा घर पूर्ण रुपमा खाली गर्ने गरी सहमति भएको थियो । घर धनी गुरुङले आफ्नो घर जान सहज वातावरण नभएको बताइन् ।

आफू कहिले विदेश त कहिले आफन्तकोमा बस्ने तर कहिले काहीँ जाँदा कुकुर छोडी राख्ने , गेट बन्द राख्ने जस्ता क्रियकलापले घर जान सहज नभएको गुरुङले बताइन् ।

आइतबार भएको घटनामा दिग्विजय दुगर र आशिका दुगरले गुरुङमाथि हातपात गरी गुरुङको जेठानी सिता गुरुङको मोबाइल तोडफोड गरेका छन् । हातपात गर्दा १ तोलाको सुनको सिक्री पनि हराएको सिता गुरुङले बताइन् । वडा प्रहरी कार्यालय बैदाममा उजुरी गरे पछि दुवैजनालाई प्रहरीले सोमबार पक्राउ गरी हिरासतमा राखेको छ । मंगलबार अभद्र व्यबहार मुद्दामा म्याद थप गर्नेगरी प्रक्रिया अगाडि बढाइएको बैदाम प्रहरी इन्चार्ज डिएसपी राजेन्द्र श्रेस्ठले बताए । रातभरमा कुनै सहमती र मेलमिलाप भएन भने मङलाबार म्याद थप गरि अभद्र व्यवहार मुद्दा चलाइने निश्चिति देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्