फिल्मी दुनियाँ चटके दुनियाँ हो भन्ने कुरा सबैलाई थाहा छ । दिउसै रात पार्ने काम चलचित्रमा चटकेलेनै गर्छन । त्यही अबस्थालाइ सुहाउने गरि देशकै ठूलो पोखरा महानगरपालिकालाइ रमित ढुङ्गाना नाम गरेका एक जना कलाकारले दिउसै रात पारे झै गरि १० लाख रुपैयाँ चप्काएक्को रहस्य ढिलो गरि बाहिरिएको छ । जनताको रगत पसिना र आशु बाट बाट सङ्कलित रकम लाग्ने कर समेत नकाटी १० लाख रुपैयाँ सत्य घटनामा आधारित फिलिम “नमेटिने घाउ “बनाउने भन्दै रमित ढुङाना फिल्म प्रोडक्सन प्रालिका निर्माता निर्देशक रमित ढुंगानालाई अनुदान स्वरुप दिइएको तथ्य फेला परेको हो ।
यसरी गयो १० लाख

चलचित्रकर्मी रमित ढुंगाना अरुको फिलिम खेल्दै आएका कलाकार हुन । यसै क्रममा उनले २०७६ फागुन २ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्राली दर्ता गर्छन । उनले दर्ता गरेको कम्पनिले मुस्कान नामको चलचित्र निर्माणको अनुमती २०७८/०५/०४ मा लिएको देखिन्छ । त्यसको लगत्तै ०५/२७ गते उनले मुस्कानको नाम परिवर्तन गरि नमेटिने घाउ नाममा चलचित्र बिकाश बोर्डबाट परिवर्तन गराएपछि नया योजना बन्छ । नाम परिवर्तन सङ्गै उनले सुरु गर्छन असुली धन्दा ।
एसिड पिडितको कथा रचेर ढुङ्गाना आफैले स्कृप्ट तयार पार्छन । उक्त चलचित्र बनाउन निर्देशक आफै रहने गरि बोर्डबाट अनुमति लिएका छन । सन्देशमुलक चलचित्र बनाउने दाबी गर्दै पोखरा महानगरपालिकामा २०८०/पुस २९ गते अनुदान सहयोग पाँउ भन्ने ब्यहोराको निबेदन दिन्छन ।निबेदन दिएको ३३ औ दिन २०८० फागुन २ गते पोखरा महानगरपालिकाले रमित ढुङ्गानाको खातामा कर कट्टा समेत नगरी पुरै १० लाख रुपैयाँ विद्युतीय भुक्तानी (ट्रान्सफर ) गरिएको खर्च गोस्वरा भौचर बाट पुष्टि हुन आएको देखिन्छ ।
महानगरको आन्तरिक श्रोतबाट रमित ढुंगानालाइ रकम दिइएको छ । आन्तरिक श्रोत महानगरका नागरिकबाट उठेको कर हो । उक्त रकम दिने निर्णय कसले गर्यो भन्ने हाम्रो जिज्ञासामा महानगर प्रमुखको तोक आदेशबाट दिइएको खुल्यो । हप्ता बिराइ बस्ने कार्यपालिकामा समेत छलफल नगरी १० लाख रुपैयाँ प्रमुखले चुट्किको भरमा दिइएको छ । रकम माग निबेदनमा कुनै सम्बोधन देखिदैन ।
के हो प्रकरण ?


प्रतिक्रिया दिनुहोस्