बचतकर्ताहरुको करोडौ रुपैया अपचलन गरेको पोखराको सुर्यदर्शन सहकारीले पीडित बचतकर्ताहरुसङ्ग रकम उठाउन थालेको खबर बाहिरिएको छ । सहकारीमा लाखौ रुपैयाँ डुबाएर बिचल्लीमा पारेका बचतकर्ताहरुलाई बचत रकम फिर्ता गर्ने भन्दै बचतकर्ताहरुबाट रकम उठाउन थालेको पीडितहरुले गुनासो गरेका छन । बचत कर्ताको फसेको रकमको प्रतिशतको आधारमा रकम उठाइरहेको पाइएको छ । यसरी रकम उठाएको बिल भने दिइएको छैन ।
जिबि राई , कुमार रम्तेल , महेन्द्र गुरुङ (भोटे )लगाएतले सर्बसाधारणको १० औ करोड रकम उठाएर अपचलन गरि भागेको अबस्थामा अदालतमा ठगी मुद्दा चलिरहेको बेला हाल आएर पिडितहरुको भेला बसि किरण श्रेष्ठको अध्यक्षतामा नयाँ समिती बनाइएको छ । त्यही समितिले यतिखेर पिडित बचतकर्ताहरुसङ्ग रकम उठाइरहेको खुलेको हो ।
नयाँ गठित सन्चालक समितिका लेखा समिती सयोजक बताउने राजेन्द्र पौडेलले रकम उठाउने कार्यको नेतृत्व लिइएका छन । पिडितहरु माथी पीडा थप्ने गरि किन रकम उठाएको भन्ने हाम्रो जिज्ञासामा रकम उठाएको पुष्टि गर्दै पौडेलले भने ” ॠण उठाउन खर्च चाहिएकोले बचतकर्तासङ्ग रकम उठाएको हो ।” कार्यालयमा कर्मचारी राख्न र सफ्टवेयर किन्न रकम आवस्यक परेको पौडेलले थपे ।
बचतकर्ताको रकम डुबेको आधार मानी प्रतिशतको आधारमा रकम उठाइएको पौडेलले बताए । ८ लाख बचत डुबेको छ कति रकम बुझाउनुपर्छ भन्ने हाम्रो जिज्ञासामा पौडेलले भने “१५ सय रुपैयाँ बुझाउनुपर्छ ।”
यसरी रकम उठाएको कुरा पोखरा महानगरपालिकाको सहकारी महाशाखा र सहकारी रजिस्ट्रार कार्यालयलाई कुनै जानकारी गराइएको छैन । पोखरा महानहरपालिका सहकारी महाशाखाका कर्मचारी राजु सुवेदी भन्छ्न “पीडित सङ्ग पैसा उठाएको कुरा हामिलाइ जानकारी छैन , उठाउन पाइदैन उठाएको हो भने तो गलत हो हामी कार्यालयमा छलफल गरि नियमन गर्छौ ”
सुर्यदर्शन सहकारीले यसरी पैसा उठाउदा ७/८ लाख बचत डुबेका पीडितलाई ५ लाख रुपैयाँ सम्म फिर्ता गराउने आश्वासन दिएका रहेछन । ॠण खाएका र अपचलन ठगी गरेका सङ्ग पो रकम उठाएर पिडितको पैसा फिर्ता गर्नुपर्ने होइन र भन्ने हाम्रो जिज्ञासामा उक्त सहकारी लेखा समितिका सयोजक पौडेलले भने “)सरकारले बचत फिर्ता गर्न ७ अरब बजेट छुट्याएको छ ” पोखारामा लाखौ करोडौ ॠण खाने मान्छे खुल्लम खुल्ला हिडिरहेका छन उनिहरु सङ्ग ॠण उठाएर साना तथा मझौला बचत फिर्ता गर्न पर्नेमा पीडितलाइ फोस्रो आश्वासन दिएर पैसा उठाइरहेको घटनालाइ राज्यले कसरी हेर्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ । सहकारीको रकम खाएर ढाडी पल्टेकाहरु पोखराको बजारमा खुल्लम खुल्ला हिडिरहेकाबाट रकम उठाउनेहरुलाइ कानुनी दायरामा कहिले ल्याउछ त्यो भने अझै अनिश्चित छ ।

०६१४४५०००, ९८५६०३३३९१
सुर्यदर्शन सहकारीको करामत ,पीडित सङ्ग रकम असुल्दै आश्वासन बाड्दै
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्