
यो भवन कङ्काल पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पोखराको हो । २०७९ असोजमा सकिनेगरी नेपाल सरकार र सेफ इन्जिनियरिङ बिल्डर्स प्राली भरतपुर बीच २०७७/१० /१६ गते सम्झौता सम्पन्न भएको यो भवन तेस्रोपटक म्याद थप्दा पनि अझै झन्डै आदा काम बाकी रहेको छ । ठेक्काको अन्तिम म्याद २०८२ साउन ३२ गते सम्मलाइ छ ।
निर्माण व्यावसायि सुर्यप्रसाद पौडेलले पाएको यो ठेक्काको काम ढिलाइ भएको बारे सराङ्कोटले फागुन मसान्तमा रिपोर्टिङ गर्दा योजना तोकिएको अबधिमा सकिने निर्माण ब्यबसायी पौडेलले दाबी गरेका थिए । उनले दाबी शब्दमा गरेपनी भौतिक प्रगतिमा कति पनि सुधार आएको देखिदैन ।
मूल्य अभिबृद्दी कर सहित १० करोड ५५ लाख रुपैयाँमा ठेक्का लिएको अस्पतालको उक्त भवन समयमा निर्माण नसकिदा अस्पतालले बिरामिको चाप धान्न सकेको छैन । २ सय बेडको अस्पताल क्षमता वृद्धि हुने लक्ष निर्माणको अभावमा अपुरै रहेकोछ । काम सुरु किन गर्नुभएन भन्ने हाम्रो जिज्ञासामा कन्ट्र्याक्टर सुर्य प्रसाद पौडेलले अब केही दिनबाट सुरुगर्न निर्माण सामग्रीको जोहो गरिएको बताए । स्पेसिफिकेसनमा अझै क्लियर हुन बाकी रहेको पनि पौडेलले बताए ।
तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्नु नेपालको महारोग नै बनेको छ । निर्माण ब्यबसायी र सरकारका माथिल्लो तहसङ्गको घाँटी जोडिएको कारण दण्डहीनतालाई प्रोत्साहन मिलेको छ । निर्माण व्यावसायि र नियामक निकाय बीचको अपबित्र सम्बन्ध रहेसम्म अझै पनि सार्बजनिक निर्माणमा जटिल समस्या रहेको छ ।
प्रतिक्रिया दिनुहोस्