२०८२ जेष्ठ १
०६१४४५०००, ९८५६०३३३९१

भागबन्डामा सरकार कहिले पाउला स्वास्थ्य बिज्ञान प्रतिस्ठानले उप -कुलपति

पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानका उपकुलपति डाक्टर डुकबहादुर क्षेत्रीले २०८१ चैत्र २१ गते आफ्नो कार्यकाल सकेर अबकास भए । रिक्त पद पुर्ती गर्ने दायित्व कुलपति अर्थात प्रधानमन्त्रीको हातमा रहन्छ । सत्ता चिप्लिएलाकी भनेर त्रासै त्रासमा भैतारिएका प्रधानमन्त्री केपि शर्मा ओलिलाइ जनतासङ्ग जोडिएका अस्पताल र प्रतिस्ठानको बारेमा सोच्ने फुर्सद सायदै होला ।
पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठान मात्र होइन यतिखेर कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान , पाटन स्वास्थ बिज्ञान प्रतिस्ठान , बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान र त्रिभुवन बिश्वबिद्धालयमा समेत कुलपति खाली भएको छ तर नियुक्तिको सुरसार केही देखिदैन । नयाँ नियुक्ति सम्बन्धि प्रक्रियामा जान छोडेर निमित्त तोकेर काम चलाउ तिर लागेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा निमित्त तोक्न झन्डै तीन हप्ता लागेको ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा चैत्र २१ गते खाली भएको उपकुलपतिको ठाउमा डिन श्रीकृष्ण श्रेष्ठलाई बैशाख ४ गते कुलपति प्रधानमन्त्री केपि शर्मा ओलिले निमित्त उपकुलपति तोकिदिएका छन , कन्फर्म तोक्ने कहिले हो अझै निस्चित छैन । जबसम्म सत्ताधारी दलको भागबन्डा मिल्दैन तबसम्म निमित्तकै भरमा प्रतिस्ठान चलाउने अबस्था छ । भिसी हुन लिगलिगे दौडधुप चलिरहेको छ । कसले बाजि मार्छ , कसको पल्ला भारी छ त्यो भने तौलने काम भैरहेको बुझिन आएको छ ।

सर्च कमिटी नाम मात्रको , खेल भागबन्डाको

सरकारले सन्चालन गरेका बिश्वबिद्धालय र स्वास्थ्य प्रतिस्ठानहरुमा नियुक्ति हुने जिम्मेवार माथिल्ला पदहरु प्रतिस्पर्धामा आधारित छैनन । भिसीको नियुक्तिमा मेरिटोक्रेसी र स्वच्छ प्रतिस्पर्धा स्यालको सिङ उम्रनु जस्तै दुर्लभ बन्दै आएको छ । प्रधानमन्त्रीको चित्त बुझाउन सक्ने उनकै आस्थाका खास मान्छे बिश्वबिद्धालय र प्रतिस्ठानका भिसी बनाइदै आएको बिगतको कार्यशैलीले छर्लङ्ग बनाइसकेको छ । “नेपोटिजम ” अर्थात परिवार (आफन्त)बाद दोश्रो प्राथामिकतामा पर्ने गरेको छ ।
सर्च कमिटी अर्थात छनोट सिफारिस समिती केबल देखाउने दात मात्र रहेको बिज्ञ जानकारहरु बताउछन । कानुनको आँखा छल्ने अस्त्रको रुपमा प्रयोग हुने सर्च कमिटिले माथिबाट आएको लिस्टलाइ लक्षित गरि नाम सिफारिस गर्ने गरेको पाइन्छ । भिसी नितुक्ती आफैमा महत्वपूर्ण नियुक्ति हो तर सत्ताधारी दलहरुको भागबन्डा अनुसार डिन , डाइरेक्टर , रेक्टर छनोट गरिन्छ । अहिले भिसी नियुक्तिमा ढिलाइ हुनुमा भागबन्डाको चोचोमोचो मिलाउन बाकी रहेको बुझिन आएको छ ।
सर्च कमिटिले सेटिङ अनुकुल मिलाएर भिसिको नाम सिफारिस गर्ने र प्रधानमन्त्रीले खास मान्छे नियुक्ति गर्दछन । त्यसरी भिसी नियुक्ति पस्चात डिन , रेक्टर ,डाइरेक्टर भागबन्डा अनुसार नियुक्त गरिन्छ । कर्णाली , पोखरा , पाटन , बिपि कोइराला धरान र त्रिभुवन बिश्वबिद्धालय गरि ५ वटैमा भिसी रिक्त छ । केही महिना भित्र डिन , रेक्टर र डाइरेक्टर पनि खाली हुँदैछन । यी सबैलाई भागशान्ती मिलाउने गरि सत्ताधारी दलका नेता र कार्यकर्ताको अभ्यास भइरहेको बुझिन आएकोछ । सेटिङ र भागबन्डाबाट आउने पात्रहरु मेरिटोक्रेसी भन्दा नेपोटिजम हाबी हुने लगभग निस्चित छ । जबसम्म लोकसेवा आयोगबाट छनोट प्रक्रिया अपनाइने ब्यबस्था हुदैन तबसम्म निस्पक्षताको अपेक्षा गर्न नसकिने जानकारहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्