
जसले कानुन बनाउछ उसैले उल्लंघन गर्छ भने सुशासनको अपेक्षा को बाट गर्ने ? हो यस्तै निरासाको बादल पोखरामा मडारिरहेको पाइन्छ । कहिले मणिपाल शिक्षण अस्पताललाई करोडौ राजस्व छुट दिने निर्णय गरिन्छ त कहिले कर्मचारीलाइ राख्ने र हटाउने निर्णय गरिन्छ । त्यसरी निर्णय गर्ने अरु कोहि नभएर पोखरा महानगरका विधि निर्माता अर्थात कार्यपालिका सदस्यहरु हुने गरेका छन । आफै धामी आफै … भनेझैं पोखरा र पोखरेलीले दोहोरो मार खेप्दै आएको फेहरिस्त लामै बनेको छ ।
आम नागरिकले कानुन मिचेको खन्डमा दन्डित हुनुपर्छ तर कानुन बनाउनेहरुले नै कानुन मिचे भने त्यो सबैभन्दा घातक र प्रत्युत्पादक हुनेगर्छ । सस्थागत अराजकताले दन्डहिनतालाइ बल पुर्याउन गै सुशासनमा धमिरा लाग्न थालेको छ । पोखरा महानगरपालिकाका बिधायकहरु आफै पदमा बहाल रहेको बेला पदको दुरुपयोग गर्दै आफ्नो स्वार्थको डम्फु बजाउदै कानुनको खिलापमा निर्लज्ज भइ काम गर्नेगरेको पाइएको छ ।
पोखरा ११ नम्बरका वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले चिप्लेढुङ्गाको मुल सडकमा रातरात अबैध सरचना निर्माण गरेर आम पोखरेलिलाइ चुनौती दिएकाछन । उनले राजस्व छल्न र ठूलो घर बनाउन हाक्काहाक्की मापदण्ड मिचेर कानुन बिपरित सरचना बनाएकाछन । ५ तल्ले घर निर्माण गर्ने योजना मुताबिक उनले रातारात चौथो ढलान गरिसकेकाछन । दोहोरो मोहोडा पर्ने उनको जग्गामा यस अघि साढे २ तल्ले घर थियो । माछापुच्छ्रे बैक रहेको उक्त घर अहिले पुरै नस्ठ गरेर नयाँ सरचना बनिरहेको छ । नयाँ घर बनाउदा लाग्ने राजस्व छलिएको छ , सेड ब्याक नछोडी मापदण्ड मिचिएको छ रातारात कानुन बिपरित सरचना बनिरहदा नियामक निकायका आँखा टालिएका छन कान बहिरो भएको छ ।
सराङ्कोटले २ वटा रिपोर्ट प्रकाशन गरिसके पछि बल्ल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ । उजुरीको बोधार्थ सराङ्कोट मिडियालाइ दिइएको छ । हामिलाइ कुरियर मार्फत प्राप्त बोधार्थका अनुसार एक राष्ट्र सेवक कर्मचारीले अराजकता सहन नसकी उजुरी दिएको बुझ्न सकिन्छ । राजस्व छली , मापदण्ड मिच्न पदको दुरुपयोग गर्दै वडा अध्यक्ष प्रेम कर्माचार्यले पदको दुरुपयोग गर्दै कानुन बिपरित सरचना बनाएकोले मिलेमतो गर्ने ४ नम्बर वडाका वडा अध्यक्ष , महानगर प्रहरी प्रमुख , घर नक्सा शाखा प्रमुख लगाएतलाई छानबिन गरि कारबाही गर्न र अनियमित सरचना भत्काउन माग गरिएको छ । उजुरीको बोधार्थ हेल्लो सरकार , जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत दिइएको खुलेको छ ।
अख्तियारमा उजुरी पर्यो तर सत्यतथ्य छानबिन होला भन्ने बिषयमा ढुक्क हुने अबस्था छैन । सत्तारुढ दलबाट चुनाब जितेका वडा अध्यक्षले गरेको अनियमित निर्माणकार्यको बारेमा छानबिनलाई नै प्रभावित बनाउने कार्य नहोला भन्न सकिन्न । मेयर धनराज आचार्यलाइ आफू माथी लागेको दाग पखाल्ने यो सुनौलो अबसर भएकोले सत्यतथ्य छानबिन गरेर नियमानुसार भत्काउन सके भने महानगरबासिले मुक्तकन्ठले प्रशंसा गर्नेथिए । अख्तियारमा परेको उजुरी कर्मकान्डी र चोख्याउने खालको नहोस , आम नागरिकको चित्त बुझ्ने गरि न्याय निरुपणको अपेक्षा गरिएको छ ।
काठमाडौका मेयरले गैरकानुनी सरचना भत्काउन कुनै दकस मान्दैनन । सरकारले बनाउने सरचना पनि स्थानिय सरकारबाट नक्सापास गर्नुपर्ने अभियान चलाएका छन । नयाँ बसपार्कको भ्यु टावर भत्काउन कम्मर कसेर लागेका छन । बिधिको अभ्यास गरेका कारण काठमाडौले मनग्गे राजस्व उठाएको छ ।तर बिडम्बना पोखरामा वडा अध्यक्ष नै राजस्व छल्न अनेक प्रपन्च गर्ने कानुन मिच्ने काम गर्छन । यहि र यस्तै कारण पोखरा महानगर आर्थिक सङ्कटमा परेको छ । योजनालाइ दिने पैसा अभाव भएको छ । पोखरा सुधार्न जनप्रतिनिधि र कर्मचारी सुध्रनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्