
जनप्रतिनिधि जनताबाट जनताका लागि छानिएका पात्र हुन । निर्बाचनमा जुनसुकै दलबाट वा स्वतन्त्र उम्मेदवार बनेको भएपनी निर्बाचन जितेपछि ती पात्र जनप्रतिनिधिको नाममा दर्ज हुनेछन । उसले गर्ने काम नेपालको प्रचलित कानुन बमोजिम हुनुपर्छ । म यसरी जितेको हु तिम्रो काम गर्दिन भन्नू वा आफ्नो पराइ सम्झेर व्यबहार गर्नुलाइ नैतिक र जन उत्तरदायी मानिदैन ।
पछिल्ला समय नेपालको राजनिती फोहोर बन्दै गएको छ । खासगरी जवाफदेही हुनुपर्ने जनप्रतिनिधिहरुमा अहङ्कार देखिन्छ उदन्डता देखिन्छ । छोटेराजा जस्तै सम्झेका छन आफुलाइ । बिबेक र कानुन हराएर गएको छ जनमुखी र कानुनमुखी हुनपर्ने जनप्रतिनिधिहरु मबाद बन्ने गरेका छन । जनताको मतबाट जितेर आएकाहरुले जनमतको अपमान गरेका छन यसले समाजमा बिग्रह सृजना गरेको छ ।
स्थानिय सरकारको मनोमानी अचाक्ली बढेको छ । राज्यकोषमा ब्यक्तिबादी डाडुपन्यु चलेको छ । जनताको करको दुरुपयोग गर्ने कार्य भएको देखिन थालेको छ । हेटौडा उपमाहानगरपालिकाका मेयर मिना कुमारी लामाले आफुले सेवा लिने शैलुन पार्लरलाइ नगरपालिकाको कोषबाट बिलासिता जन्य सुबिधा दिने प्रक्रिया अगाडी बढाएको कुरा सप्रमाण बाहिर आएको छ । एसि र इन्भर्टर जोड्न बजेट दिन आफैले निबेदन माग गर्न लगाएर मेयर लामाले स्वैछाचारिता प्रदर्शन गरेकिछिन ।
यो कुरा बाहिर आएपछि पत्रकारले मेयरको धाराणा सहितको प्रतिक्रिया लिन खोज्दा आबेशमा आइ पत्रकार माथी नै दुर्बचन बोलेकिछिन । जनप्रतिनिधिको यो आक्रोसित कार्यशैलिको बारेमा सर्बत्र आलोचना बढेको छ । आफै मनोमानी गर्ने आफै पत्रकारलाई धम्की दिने कार्यशैली मेयर लामाको लागि महङ्गो पर्न सक्ने छ ।
यस्तै काठमाडौ महानगरपालिकाका मेयर र उपमेयर बीच द्वन्द बिजारोपण भएको छ । उनिहरु बीच भ्रस्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइलाई हाजिर गराउने बिषयमा बिबाद चर्किएको हो । करोडौ घुस कान्डमा रक्ताम्य भएका गुरागाइ अख्तियारको छानबिनमा तानिएका छन । उनलाइ छानबिनमै राखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्ने मेयर बालेन र यिनलाइ हाजिर गराउन पर्छ भन्ने उप मेयर सुनिता डङ्गोल बिच बिबाद चर्केको हो । उपमेयर नेकपा एमालेबाट निर्बाचित भएकोले उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलिको आदेश पालना गर्न सरोजलाइ ताला फुटाएर हाजिर गराउने खेल भयो यो काण्ड भ्रष्टाचारी जोगाउने र मिल्काउने रुपमा लिइएको छ । दलिय प्रतिनिधिको नीति कति भ्रष्ट छ भन्ने चित्रण गराएको छ ।
धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ स्वतन्त्रबाट चुनाब जितेका हुन । उनको बिजयले घमन्डपनलाइ बडप्पन गराएको छ । उनले कार्यपालिका सदस्यहरुलाइ अपमानजन्य शब्द प्रयोग गर्छन । गुइठे उपमा दिएर बोल्ने होच्याउने र आफू मात्र सबैथोक अरु केही होइन भन्ने उनको सोचले धरानलाइ आलोचित बनाएको छ । आफू कार्यालयमा नबस्ने , ढुङ्गा फुटाउने , पाइप बोक्ने दृश्य देखाएर मेयर साम्पाङले लोकप्रियता खोज्दै हिडेकाछन । उनी काम गर्ने मजदुर होइनन उनले काम लगाउने नीति बनाएर लागू गर्ने हो । कार्यालयमा बसेर जनताको गुनासो सुन्ने हो । भएका जनप्रतिनिधिलाई र कर्मकारीलाई काममा लगाउने हो । असल र योग्य जनप्रतिनिधीले नीति र विधि बनाएर पद्धतिमा बिस्वास गर्नुपर्छ तबमात्र सफल भइन्छ आउदो पुस्तालाइ सबक सिकाउन मद्दत पुग्छ ।
यी उदाहरण पात्र हुन । ७५३ पालिकाका जनप्रतिनिधि , ७ वटा प्रदेश , संघीय सरकार सबैमा यी समस्याहरु छन । जनप्रतिनिधिहरु , सरकारहरु आफुलाइ ५ बर्षे अबधिका बादसाह सम्झन्छन् । थिती विधि होइन आफ्नै ढिपीलाई मुख्रय सुत्र मान्छन । आम जनताको पिर मर्का होइन आफ्ना आसेपासे र आफन्तको हितमा काम गर्छन । कानुनको खिलापमा लाग्दा दर्जनौ जनप्रतिनिधि र सरकारका मन्त्री पुर्बमन्त्रीहरु जेलको चिसो हावा खाइरहेका छ्न । अत जनप्रतिनिधि र सरकारले जन उत्तरदायी भएर अगाडि बड्न जरुरी छ , बोलीमा सिस्टता र कार्यमा पारदर्शिता आवस्यक छ ।
प्रतिक्रिया दिनुहोस्