२०८२ जेष्ठ १५
०६१४४५०००, ९८५६०३३३९१

पोखरा ४ का वडा अध्यक्ष पराजुली पक्राउ

जे हुन्छ पोखरामै हुन्छ । कतिपय जनप्रतिनिधिहरुमा अराजकताले सिमा नाघ्दै गएको छ । कानुनको बेलगाम दौडाइमा छन । पदको मर्यादा भुलेर आफ्नो रबैया देखाइरहेको पाइन्छ । राजस्व छल्न मापदण्ड मिचेर ११ नम्बर वडाका अध्यक्ष चिप्लेढुङ्गामा आफ्नो शक्ति प्रदर्शन गर्दै नयाँ गगनचुम्बी भवन निर्माण गरिरहेका छन ।
यस्तै आज बैशाख २४ गते पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले चिप्लेढुङ्गाका व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिएकाछन । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको बताइएको छ ।

Advertisement:

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका सातौं तहका अधिकृत इस्वरी पोखरेल माथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए । अध्यक्ष सुवेदीले प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । जाहेरी दर्ता भए नभएको विषयमा डिएसपी बस्नेतले कुनै प्रतिक्रिया दिएका छैनन ।
पोखरा ४ का वडा अध्यक्षले हातपात गरेको भन्दै व्यावसायि आन्दोलित छन । उता महाननगरका कर्मचारी माथी आक्रमणको असफल प्रयास गरेपछी बुधबार महानगरका कर्मचारीले काम बन्द गरेकाछन । कर्मचारीले वडा अध्यक्ष माथी कारबाहिको माग गरेकाछन । भोलि २५ गते बिहान ८ बजे दुबै पक्ष बीच बार्ता हुने बताइएको छ । पक्राउ परेका पराजुली प्रहरी हिरासतमा भएकोले बार्ता नहुन पनि सक्ने बताइएको छ । म्याद थप गर्ने भयो भने बार्ता नहुन सक्ने अबस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्