
ट्रकमा ढुवानी गर्दा मृत्यु भएका बोका खसी काट्दै गर्दा कास्की प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पोखरा १४ कदममार्ग चाउथेममा रहेको खसी बोका बजारमा सोमबार साझ गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा मरेको खसीलाई ड्रेसिङ गर्दै गर्दा फेला परेको वडा प्रहरी कार्यालय रामबजारका इन्चार्ज तेज प्रसाद कडेलले टेलिफोनमा बताए ।
खसी बाख्रा सप्लायर्सले ट्रकमा ढुवानि गर्ने क्रममा बाटोमै मरेका खसीलाइ बजारमा मासु बेच्ने उद्देश्यले ड्रेसिङ गर्दै गर्दा प्रहरिमा गोप्य सूचना पुगेपछी तत्काल छापा हानेर मासु सहित मासु काट्दै गरेका २ जना कामदारलाई नियन्त्रणमा लिएको छ भने सप्लायर्सहरु मध्य २ जना प्रहरीकै अगाडि बाट फरार भएको प्रत्यक्षदर्शिहरुले बताए । पक्राउ परेका कामदारलाई हवाला दिदै मृत खसिलाइ काटेको प्रारम्भिक जानकारी रामबजार प्रहरीले दिएको हो ।
खसी बाख्रा सप्लायर्स गर्ने साहुहरु भने फेला नपरेको प्रहरी दाबी रहेको छ । साहु फरार भएका कारण ती मरेका खसी बाख्रा पाल्पाबाट ल्याइएको खुलेको छ ” । पक्राउ परेका कामदारहरुका अनुसार मरेका खसी बाख्रा ड्रेसिङ गरेर बजार पठाइने तयारी गरिएको बुझिएको छ । मासु जाँच पश्चात् थप पुष्टि हुनेनै छ । बजारमा मूल्य घटाएर मरेका खसी बोकाको मासु सस्तोमा बिक्रि गरिदै आएको कतिपय ब्यापारीहरुले गुनासो गर्ने गरेका छन । मानव स्वास्थ्यमा प्रतक्ष असर पर्ने त्यस्ता जोखिमपूर्ण काम गर्ने ब्यापारीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने आवाज उठेको छ ।
खसी बोका पाल्पाबाट बसको डिक्किमा कोचेर पठाइएको थाहा हुन आएको छ । ढुवानी गर्दा पशुहरुलाइ नृशंस तरिकाबाट बसको डिक्किमा कोचेर ल्याउने पुरानै घटना हो । यस बिषयमा सराङ्कोटले पटकपटक खबरदारी गर्दै आएको थियो तर पनि छोरेपाटन प्रहरीले चेकिङमा सेटिङ गरि अनियमित निकासी पैठारी गोडमेल गर्दी आएको थियो । बरामद भएको खसी मध्य पाल्पाबाट एउटै बसको डिक्किमा १६ वटा खसी कोचेर ल्याइएको सुचना प्राप्त भएको थियो , ल्याइएको मध्य ६ वटा खसी मरेका थिए । मरेका खसी काटकुट गर्दै गर्दा रङ्गेहात पक्राउ परेका थिए ।पोखरामा स्वस्थ मासु खुवाउन नाकाका प्रहरीले कडा चेकिङ नीति लिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्