२०८२ जेष्ठ २५
०६१४४५०००, ९८५६०३३३९१

अन्नपूर्ण गाउँपालिकामा मुटु स्वास्थ्य सम्बन्धी अभिमुखिकरण सम्पन्न

नागरिकको मुटु स्वास्थ्यलाई ध्यानमा राखि सचेतना फैल्याउने उद्देश्यले स्वस्थ मुटु नेपालको अग्रसरतामा कास्किको अन्नपूर्ण गाउँपालिका २ नाउडाडामा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  अन्नपूर्ण गाउँपालिका कास्की र टाईगर ग्रुप अफ नेपालको सयुक्त आयोजनामा अन्नपूर्ण गाउँपालिका–२, कास्कीको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरू गरी प्रतिनिधिमूलक रूपमा १२० जना बढिको सहभागिता रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गत मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटाद्वारा मुटु स्वस्थ कसरी राख्न सकिन्छ भन्ने बिषयमा  अभिमुखीकरण गराएका थिए वरिष्ठ मुटुरोग विशेषज्ञ डा. देवकोटाले खानपानमा नियन्त्रण र जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिने भनाई राखेका थिए ।

Advertisement:

उनले संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटु रोग देखिएको बताउदै  मुटु रोगको डरलाग्दो बढोत्तरी र  यसका
कारण र लक्षण के हुन्? सुरु सुरुमा हुनेखाने  मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले किन सबैलाई देखिन थालेको छ ? के हो हृदयघात? यसलाई कसरी कम गर्न सकिन्छ ? मुटुको रोगमा कस्ता खाना खाने वा नखाने ? मुटु रोग कति प्रकारका हुन्छन् ? मुटुको सुरक्षा कसरी गर्ने ? भन्ने विषयमा अभिमुखीकरण गराएका थिए ।

स्वस्थ्य मुटु नेपालका अध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरूलाई प्रतिनिधिमूलक रूपमा अभिमुखीकरण कार्यक्रममा बोलाईएको बताउदै यस्को सकारात्मक सन्देश सबै ठाउँमा पुर्र्याउन सहभागीलाई आग्रह गरेका थिए ।

त्यस्तै, बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव झलकराम अधिकारीले डा. देवकोटा अन्नपूर्णको गहना रहेको बताए । अर्का बक्ता शिक्षक महासङ कास्किका भोलानाथ पौडेलले आफ्नो अनुभुती सुनाउदै डाक्टर देवकोटाको कारण आफुले जिबनदान पाएको अनुभव सुनाएका थिए । अभिमुखिकरण कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले गरेका थिए ।
अन्नपूर्ण गाउपालिका जन्मथलो भएका डाक्टर देवकोटाले अन्नपूर्ण गाउँपालिका र कास्की जिल्लालाइ केन्द्रित गरेर मुटु स्वास्थ सिबिर , मुटु स्वास्थ्य सम्बन्धि अभिमुखिकरण जस्ता जनस्वास्थ्य सम्बन्धि महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै आएकाछन । शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रममा अन्नपूर्ण सेन्चुरी पर्यटन समिती , ढिकुरपोखरी समाज , होटेल पिस प्लाजा लेकसाइड , अन्नपूर्ण बचत तथा ॠण सहकारी सस्था लिमिटेड , लगायतले सहकार्य गरेका थिए । मुटुरोग लाग्नु अगाबै सचेत बनाउने उद्देश्यले आयोजित अभिमुखिकरण कार्यक्रम थप प्रभावकारी हुने भन्दै सहभागीहरुले खुसी ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्