२०८२ जेष्ठ २८
०६१४४५०००, ९८५६०३३३९१

जेष्ठ ९ गते मा बि स्तरीय कबिता प्रतियोगिता हुँने

मोफसलको सबै भन्दा पुरानो र लोकप्रिय साहित्य प्रतिस्ठान शुक्ला साहित्य प्रतिस्ठान पोखरा १६ को आयोजनामा पोखरा १६ र १९ नम्बर वडामा रहेका सामुदायिक बिध्यालयहरुको सहभागीतामा मा बि स्तरीय कबिता प्रतियोगिता हुने भएको छ ।
दुई वडाका ८ र माछापुच्छ्रे गाउँ पालिका -२ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा बि सहित ९ वटा बिध्यालयले प्रतियोगितामा सहभागिता जनाउने कबिता प्रतियोगिता कार्यक्रमका सयोजक यदुनाथ बन्जाराले बताए । पोखरा १६ मा रहेको बिन्ध्यबासिनी माबी बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मा बि लामाचौर , अन्नपूर्णआ बि अर्मला , ज्ञानज्योती माबी छहरेपानी र शान्ती मा बि जुम्लेटी रहेको छ , यस्तै पोखरा १९ मा भारती भवन मा बि पुरन्चौर , महेन्द्र मा बि घार्मी , बिन्धेश्वरी मा बि तल्लाकोट रहेको छ । खुल्ला कबिता प्रतियोगितामा प्रत्यक बिध्यालयबाट २/२ जना बिध्यार्थिले सहभागिता जनाउने प्रबन्ध मिलाइएको र प्रतोयोगिता बिन्धेश्वरी मा बि तल्लकोटमा हुने तय भएको शुक्ला साहित्य प्रतिस्ठानका सचिब रामप्रसाद पौडेलले बताए ।
मोफसलमा रहेर साहित्य कला र सस्कृतिको जगेर्ना र प्रबर्द्धनमा सकृय रहदै आएको शुक्ला साहित्य प्रतिस्ठानले साहित्यको बिकास र उन्नयनमा बिध्यालयलाई प्राथमिकतामा राखेको छ । साहित्यको बिकाश गर्न बिध्यालयलाइ जगको रुपमा लिइएको र साहित्य सम्बन्धी विभिन्न कार्यक्रमहरु विभिन्न बिध्यालयहरुमा आलोपालो गरिने नीति लिइएको प्रतिस्ठानकि अध्यक्ष दुर्गादेवि बस्नेत गौतमले बताइन । कबिता प्रतियोगिता सम्पन्न गर्न यदुनाथ बन्जाराको सयोजकत्वमा लक्ष्मी देवकोटा र प्रकाश अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ ।
साहित्य कला र धर्म सस्कृतिको प्रबर्द्धनका लागि स्थानिय र प्रदेश सरकारले बजेटको प्रबन्ध मिलाउन सकेमा देश र जनताले महसुस गर्ने गरि उपलब्धी दिन सकिनेमा दुई मत छैन । आगामी आ बको बजेटमा बजेट बिनियोजन गर्न दुबै तहको सरकारलाइ अनुरोध गर्ने प्रतिस्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाले बताएका छन । स्मरणीय छ प्रतिस्ठानले हरेक भाद्र कृष्ण जन्मास्ठमीको दिन राष्ट्रिय कृष्ण भजन प्रतियोगीता गर्दै आएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्