
बसको डिक्किमा कोचेर पोखरा ल्याउने क्रममा बाटैमा मरेका खसी बिक्रिको लागि ड्रेसिङ गर्दै गरेको अबस्थामा खसी बजार चाउथेबाट रङ्गेहात पक्राउ परेका दुइजना बिरुद्द चलेको मुद्दामा कास्की प्रहरीले दोस्रोपटक ४ दिनको लागि म्याद थप गरेको छ ।
पाल्पाका कृष्ण बहादुर रानाले बैशाख ३१ गते यात्रु बाहक बसको डिक्किमा कोचेर पठाएको १६ वटा खसी बोका मध्य ६ वटा बाटैमा सिनो बनेका थिए । तिनै सिनो बनेको खसी बोकालाई ड्रेसिङ गरेर बजारमा बेच्न पठाउने तयारी गरिरहदा रामबजार प्रहरीले रङ्गेहात पक्राउ गरि घटनास्थल मुचुल्का गरेको थियो । प्रहरीले खसिबजार भित्र पोखरा लाइभ स्टक तथा मोर्डन सप्लायर्सको भित्र पट्टि गोप्य रुपले काम गर्दै गरेका चितवन इच्छाकामनाघर भएका ३८ बर्षिय मिलन गुरङ र लमजुङ कोल्हासोथर गा पा ३ का ३२ बर्षिय राम गुरुङलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
पक्राउ परेका कामदारलाइ कालोबजारी तथा सार्बजनिक अपराध अन्तरगत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय कास्किबाट ५ दिन म्याद थप लिएकोमा जेस्ट ४ गते पुन ४ दिनक म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्किका सूचना अधिकारी तथा सहायक प्र जि अ शिव लम्सालले बताएका छन ।
यो समाचार तयार पार्दा सम्म कामदार बाहेक सप्लायर्स कम्पनिका सन्चालकहरु कोहि पनि पक्राउ परेका छैनन । पोखरा लाइभ स्टक एन्ड कृषी फर्म प्राली र मोडेल सप्लायर्स नमका फर्ममा यस्तो अबैध धन्दा भएको थियो । यो फर्मका सन्चालकहरुमा अशोक श्रेस्ठ , सुशील भन्डारी , कपिल भन्डारी , कुशुम भन्डारी लगाएतको शेयर सन्चालक रहेको बताइन्छ यद्यपि कास्की प्रहरिले काम लगाउने सन्चालकलाइ भने पक्राउ गरेको छैन । मुख्य सन्चालकलाइ पक्राउ नगरि कामदारलाइ मात्र मुद्दा चलाएको बिषयमा नागरिक समाजले प्रहरिको आलोचना गरेको छ । यसबारेमा कास्की प्रहरिका सूचना अधिकारी प्र ना उ हरि बहादुर बस्नेत सङ्ग बुझ्दा यश बारेमा बोल्न नमिल्ने बताएका छन ।
पोखरा १४ कदममार्गमा रहेको खसिबजारमा खसी बोकाको खरिदबिक्री मात्र गर्नुपर्नेमा बिगत केहिबर्ष देखि खसी बोका जिउदो सप्लायर्स र मासुको सप्लायर्स गर्दै आएका छन । दुबै थरी कारोबार गरिदा मिसावट गर्ने देखि मरेको खसिबोका काटकुट पारेर बजारमा मासु बिक्रिको लागि पठाउने कार्य हुने गरेको पाइन्छ । यस बारेमा पोखरा १४ का वडा अध्यक्ष बोध बहादुर कार्कि दुबै ब्यबसाय एकै ठाउमा गर्दा गुनासो आएको बताउछ्न । अब जिबित कारोबार र मासु कारोबार अलगअलग गर्न जरुरी रहेको औल्याएका छ्न । वडा अध्यक्ष कार्किको कुरामा जिल्ला प्रशासन कार्यालय कास्किका सहायक प्रजिअ शिव लम्सालले पनि सहमत देखिन्छन । एकै जग्गामा काम गर्दा मिसावट लगाएतका मरेका खसी बोका कारोबार रोक्न जिउदो खसी बोका र मासुको कारोबार फरकफरक स्थानमा पारदर्शी रुपले हुनपर्ने र त्यसको लागि कास्की प्रशासनले आवश्यक निर्देशन दिने सहायक प्रजिअ लम्सालले बताए । स्थानीय सरकार , स्थानीय प्रशासन , नागरिक समाज र सचेत उपभोक्ताको पहलमा पोखराको मासु बजारलाइ स्वच्छ स्वस्थ र मर्यादित बनाउन जरुरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्