
यदुनाथ बन्जारा
नेपाली काङ्ग्रेस कास्किले पोखरा कस्तो बनाउने भन्दै सुझाव सङ्कलनमा लागेको दाबी गरेको छ । उसले विभिन्न क्षेत्रका ब्यक्ती ब्यक्तित्व सङ्ग छलफल र बहस चलाएको बताउदै आएको छ ।
कास्किमा ५ वटा पालिका छ तर कास्की काङ्ग्रेसको ध्यान केबल पोखरामा मात्र गएको देखिने गरि नयाँ नीति अगाडि सारेको छ । कास्की काङ्ग्रेसले गाउँ पालिकालाइ बेवास्ता गरेको भन्दै बौद्धिक जमात रुष्ट बन्न पुगेको छ । कास्की काङ्ग्रेस अहिले पोखरालाइ कस्तो बनाउने भनिरहदा काङ्ग्रेसबाट चुनाब जितेका पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यहरु स्वयम् पोखरालाइ कुरुप र भद्दा बनाउने कार्य गर्दै रहेको पाइएको छ ।
पोखरा मनपा वडा नम्बर ११ का वडा अध्यक्ष तथा बिधायन समितिका सदस्य प्रेम प्रसाद कर्माचार्यले पोखरको मुटु ब्यस्त बजारमा कानुन बिपरित भवन निर्माण गरिरहेको दृश्यले कास्की काङ्रेस स्वयमलाइ व्यंग्य गरेको महशुस गराएको छ । महानगरकै कार्यपालिका सदस्यले राजस्व समेत छल्न नक्सा पास समेत नगरी नयाँ ५ तल्ले गगनचुम्बी भवन निर्माण गरिरहेका छन । कास्की काङ्ग्रेसले बनाउन खोजेको पोखरा यस्तै हो त ? बाटोको मापदण्ड नछोड्ने , कर राजस्व छल्न चोरबाटो प्रयोग गर्ने काम आफ्नै जिम्मेवार कार्यकर्ताले गर्छन भने भबिस्यमा कस्तो बन्ला पोखरा ?
आफू पदमा रहेको बेला पदको दुरुपयोग गरि ब्यक्तिगत लाभको लागि कानुन मिच्ने प्रवृत्तिका पात्रहरुलाइ के गर्छ काङ्ग्रेसले ? कास्की काङ्ग्रेसका सभापति किशोरदत्त बरालको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल उठेन ।
कार्यपालिकामा झुट्टो जवाफ
पोखराको ब्यस्त बजार चिप्लेढुङ्गामा वडा अध्यक्षले नक्सापास नगरी मापदण्ड मिचेर नयाँ घर बनाइरहेको बारेमा सराङ्कोटमा श्रृङखलाबद्द समाचार प्रकाशन गरेपछी कार्यपालिका बैठकमा कुरा उठेपछि घरधनी वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले आफुले रेट्रोफिटिङ गरेक झुठो जवाफ दिएका थिए । आफुले पुरानो घरको अभिलेखिकरण गरि रेट्रोफिटिग गरेको बताएको बैठकमा सहभागी कार्यपालिका सदस्यहरुले बताए ।
वडा अध्यक्ष कर्माचार्यले दिउसै रात पार्ने गरि जवाफ दिएर निर्लज्जता प्रदर्शन गर्ने दुस्साहस गरेको पुष्टि गरेकाछन । नयाँ घर त्यही बन्दै छ , उनले २०७८ असारमा अभिलेखिकरण गरेको पुरानो घर पुर नस्ट गरि नया घर बनाइएको छ । स्थलगत अनुगमन गरेर हेर्ने बितिक्कै छर्लङ्ग देखिने कुरा वडा अध्यक्ष कर्माचार्यले किन ढाटे ? सम्पतिको लागि सत्यको खिलाफमा बोलेर आफ्ना कार्यपालिका सदस्य देखि मेएर उप मेयर समेतलाई झुठो दलिल पेश गरेका छन । सराङ्कोटले लेखेको समाचारलाई गलत साबित गर्न चुनौती दिदै छानबिनको लागि महानगर र राज्यका निकायले सक्रियता देखाओस ।
उक्त भवन रेट्रोफिटिङ गर्ने सम्बन्धि कुनै प्रक्रिया नगरिएको महानगरपालिकाको घरनक्सा शाखाका कर्मचारीले दाबी गरेका छन । ४ बर्ष अगाडि साढे दुई तलाको अभिलेखिकरण गरेको घर ४ बर्ष पछि पुरै भत्काएर ५ तल्लाको बनाउने कामलाइ वडा अध्यक्ष प्रेम कर्माचार्यको भाषामा रेट्रोफिटीङ भन्दैमा महानगरले पत्याउनै पर्ने चुपचाप बस्नै पर्नेलाई मिलेमतो बाहेक के भन्न सकिन्छ ?
हामिसङ्गको फोन सम्बादमा अध्यक्ष कर्माचार्यले बाटोको मापदण्ड नछाड्ने बारेमा टोलबासीसङ्ग सम्झौता गरेको बताएका थिय (सम्झौता तल पढ्नुहोस )। नियम कानुन बिपरित वडा अध्यक्षले कस्तो सम्झौता गरेका छ्न भन्ने बारेमा हामिले ११ नम्बर वडा कार्यालय सङ्ग सम्झौता पत्र सुचनाको हक अनुसार माग गरि प्राप्त गरेका छौ ।
स्मरणीय छ यो गैरकानुनि भवन निर्माण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन गर्न माग गरिएको छ । उता उजुरी परेपनी छानबिन भएको नतिजा देख्न पाइएको छैन यता कानुन बिपरित घर बनाउने काम रोकिएको छैन । अहिले ५ औ तला ढलानको काम भइरहेको देखिदा लाज पनि लजाएको छ । नियामक निकाय केबल कर्मकान्डमा सिमित पाइएको छ । सार्बजनिक पदमा बसेका जिम्मेवार राष्ट्र सेवकले कानुनको खिलापमा स्वार्थको भुँडी भर्ने काम भइरहदा पनि राज्यका नियामक निकाय मौन रहनुलाइ दन्डहिनता सिवाय अरु कुन शब्दले पुकार्ने ? आम सर्बसाधारण नागरिकलाई बिधिको शासन कसरी लागु गर्ने ? पोखरामा स्थापित खराब नजिरको जिम्मा कसले लिने ?
रेट्रोफिटिङ गर्ने भन्दै झुक्याएर कानुन बिपरित सम्झौता
घर बनाउदा कानुन बमोजिम राजस्व तिरेर नक्सा पास गर्नुपर्छ , नक्सापास गर्दा प्रचलित मापदण्ड र सेडब्याक छोड्नुपर्छ त्यसो गरियो भने टोलबासी सङ्ग कुनै सम्झौता गर्नु पर्दैन । जब कानुन बिपरित काम गरिन्छ भने त्यहीँबाट सुरु हुन्छ अनियमितताको शृङ्खला । यस्तै भएको छ वडा न ११ का वडा अध्यक्षले निर्माण गर्ने घरको सम्झौता । घर पुरै नयाँ बनाइएको छ तर टोलबासिसङ्ग सम्झौता गर्दा रेट्रोफिटिङ गर्ने भन्ने कागज गरिएको छ ।
उनी आफै वडा अध्यक्ष यसरी टोलबासिलाइ झुक्याएर रेट्रोफिटिङ्को सम्झौता गर्ने तर घर भने जग बाटै नयाँ बनाउने त्यो पनि ५ तले । वडा अध्यक्ष प्रेम कर्माचार्यले कानुन बमोजिम घर बनाएको भए गैरकानुनी सम्झौता गर्नुपर्नेनै थिएन तर टोल बासिको उजुरी र बिरोधबाट जोगिन सम्झौताको नाटक गरेको पुष्टि भएको छ । रेट्रोफिटिङ गर्ने भनेर आदर्श टोल बिकास सस्थाका अध्यक्ष राम प्रसाद पन्त सहित ३१ जनालाइ ४ नम्बर वडा अध्यक्ष देवकृष्ण पराजुलीको रोहबरमा सहिछप गराइएको छ तर जगबाटै नयाँ घर बनाइएको छ । कर्माचार्यले कार्यपालिकालाई मात्र होइन टोलबासिलाइ समेत ढाटेका छन । त्यसमा ४ नम्बरका वडा अध्यक्ष पराजुली रोहबरमा बसेका छन । सुसाशन समितिको सयोजककै रोहबर उनकै वडामा महानगरको राजस्व छलेर टोल बासिलाइ झुक्याउदै मापदण्ड बिपरित नयाँ घर बनाउन सहयोग गरेको कुरा सम्झौताबाट पुष्टि हुन आएको छ ।यता सम्झौता गर्ने स्थानीय नागरिकले आफुहरुलाइ रेट्रोफिटिङ गर्ने भनेर वडा अध्यक्षले झुक्याएर सहि गराएको बताएका छन । जस्ता पाता लगाएर काम गरेकोले के गर्यो हामिले देखेनौ केही महिना पछि बल्ल नयाँ घर बनाएको थाहा भयो स्थानिय हरि पराजुलीले भने ।
कानुन बिपरित सम्झौता गर्ने तर कानुनको पालना नगर्ने वडा अध्यक्ष कर्माचार्यलाइ निर्माण रोक्न महानगरले भनेपनी उनले दिनरात घर बनाइरहेका छन । ५ औ तल्ला ढलान गर्न शेरवाल लगाइरहेका छन । कार्यपालिका सदस्य वडा अध्यक्ष आफै कानुन बिपरित काम गर्छन भने पोखरा कस्तो बन्ला ? आफ्नो कार्यकर्ता कानुन बिपरित भवन बनाइरहने तर काङ्ग्रेस कास्किका नेताहरु ब्यबस्थित पोखरा कसरी बनाउने भन्दै सुझाब लिइरहेको बताउछन यो भद्दा नाटक सिबाय के होला ? आफ्नै टिकटबाट चुनाब जितेकालाइ सुशासन र बिधिमा चल्न सिकाय ब्यबस्थित पोखरा आफै बन्नेछ । पोखराका मेयरलाइ कानुन कार्यान्वयन गर्न ढाडस दिएर दन्डहिनता अन्त्य गर्न सहयोग गरेमा पोखरा आफैँ बन्नेछ । कास्की काङ्ग्रेसले बिधिको पक्षमा बलियो खुट्टा टेक्ने हिम्मत गरोस ।
प्रतिक्रिया दिनुहोस्