२०८२ जेष्ठ ३०
०६१४४५०००, ९८५६०३३३९१

विधि प्रकृया मिच्दै कम्पनी डुबाउदै, चरक एकेडेमीमा करोडौ डुबाएर उम्कने दाउ

एउटा कम्पनी बलियो र पारदर्शी हुन त्यसका सन्चालक न्यायिक र इमान्दार हुनुपर्छ । नेतृत्वमा अकर्मण्यता र आन्तरिक सुशासनको अभाब भएको ठाउमा न लगानिको सुरक्षा हुन्छ न श्रमजिबिले पारिश्रमिक नै पाउँछन् । यस्त भएको छ पोखराको एउटा प्राग्यिक कम्पनिमा । केही बर्ष अघि सम्म गण्डकी प्रदेशमा गनेमानेको नर्सिङ पढाउने चरक एकेडेमि प्राली यतिखेर ब्यबस्थापन पक्षको अकर्मण्यता ले सङ्कटमा पारिएको छ । सुरुमा एकेडेमीको आफ्नै अस्पताल नभएपनी क्लिनिकल अभ्यासका लागि भाडाको अस्पताल सङ्ग सम्झौता गरेर चलाइएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी भएपछी ऐनको दफा ४४ बमोजिम २ बर्ष भित्र आफ्नै सय शैयाको जनरल अस्पताल हुनैपर्ने बाध्यकारी कानुन बन्यो । २ बर्ष भित्र नयाँ अस्पताल खोल्नु र एकेडेमी बचाउनु फलामको च्युरा जस्तै असम्भव देखिएपछी एकेडेमीले सय शैयाको कास्की सेवा अस्पतालको पूरा शेयर किन्ने निस्कर्षमा पुग्यो ।
कास्की सेवा अस्पताल र चरक एकेडेमी बिच २०७८/१०/१८ गते भएको एम ओ यु बमोजिम १ महिना भित्रै अर्थात २०७८/११/११ गते चरक एकेडेमी प्रालिले कास्की सेवा अस्पतालको सत प्रतिशत शेयर किनबेचको निर्णय भयो । चरक एकेडेमी बन्द हुनबाट जोगियो । कास्की सेवा अस्पताल सन्चालक र चरक एकेडेमी सन्चालक बीच भएको मिति २०७८ माघ १९ गतेको लिखित सम्झौता अनुसार सेवा अस्पतालको आ ब २०७७/०७८ को लेखापरीक्षण प्रतीबेदनमा देखिएको वासलात बमोजिमको दायित्वलाई आधार मानी करार सम्झौता भएको अबधी सम्मको कारोबार चरक एकेडेमी प्रालिले सहमतिको आधारमा १ बर्ष भित्र दिन लिन दुबै पक्षले मन्जुर गर्दछ भन्ने स्पस्ट किटान गरिएको छ तर सम्झौता भएको साढे तीन बर्ष बितिसक्दा पनि प्रथम पक्ष चरक एकेडेमी प्रालिले आफुमा कानुन बमोजिम सरि आएको दायित्व कार्यान्वयन गरेको छैन। दायित्व निर्बाहा गर्नुपने कम्पनि सन्चालकहरु आ आफ्नो शेयर बेच्दै कर्तब्यच्युत भएर भाग्न सुरु गरेको थाहा हुन आएको छ ।

          सन्चालकहरु शेयर बेच्दै उम्कदै

 

Advertisement:

चरक एकेडेमी प्राली मा करिब ५० जना शेयर सदस्य रहेकाछन । ती मध्यबाट ७ जनाको सन्चालक समिती बनाइएको छ । रोटरियन डिस्टिक गभर्नर समेत भएका योगेन्द्रलाल प्रधान अध्यक्ष रहेका छन भने गण्डकी प्रदेशका पुर्ब सासद तथा युवा संघ नेपालका इन्चार्ज राजिब पहारी सदस्य रहेकाछन । यस्तै बोर्ड सदस्यहरुमा डम्बर बहादुर श्रेस्ठ , बिनोद कायस्थ ,माया लामा ,अनुप प्रसाद बास्तोला र ऋषी सापकोटा रहेकाछन ।
कम्पनि चलाउन असफल भएपछि सन्चालकहरु शेयर बिक्रि गरेर भाग्न थालेको पाइएको छ । बोर्ड सदस्यहरुले शेयर सदस्यहरुलाइ साधारणसभा बिशेष साधारणसभा केही नराखी आफू आफू शेयर बिक्रि गरेर कम्पनिको जिम्मेवारीबाट भाग्न सुरु गरेका छन । जिम्मेवारीबाट भाग्ने कामको नेतृत्व अध्यक्ष योगेन्द्रलाल प्रधानले गरेको पाइएको छ । उनी लगाएत बिनोद कायस्थ , माया लामा र डम्बर बहादुर श्रेस्ठले प्रती रु १०० को शेयर रु ६० मा गण्डकी मेडिकल कलेजलाइ बिक्रि गरेका छन ।आफ्नो शेयर बिक्रि गर्नु उनिहरुको अधिकार भएपनी कम्पनी सन्चालकको जिम्मेवारी लिएर बसेका अगुवाहरुले कम्पनी नै डुबाए पछि आफू चोखिन खोज्नुलाई शेयर सदस्यहरुले असन्तुष्टि जनाएकाछन । यता गण्डकी मेडिकल कलेजमा दुई तिहाइ बढी शेयर भएका अध्यक्ष खुमा अर्यालले शेयर खरिद गर्दा कानुनी गाठी कुरो बुझ्ने जमर्को समेत नगरी शेयर लिएपनी शेयर पास हुन मुस्किल पर्ने जानकारहरु बताउँछन् ।
चरक एकेडेमीका संचालकहरुले साढे तीन बर्ष अघि उधारोमा खरिद गरेको कास्की सेवा अस्पतालको दायित्व समेत अलपत्र पारेका छन । एक बर्ष भित्र सम्पुर्ण दायित्व राफसाफ गर्नुपर्ने एकेडेमीले साढे तीन बर्ष बितिसक्दा पनि सम्झौता कार्यान्वयन गरेका छैनन । अस्पतालमा कार्यरत चिकित्सक कर्मचारिको तलब , सप्लायर्सको भुक्तानी , अस्पतालको घरभाडा , शेयर फिर्ता र अस्पतालको ॠण समेत गरि करिब १५ करोड रुपैया भन्दा बढी लेखापरीक्षणको वासलातमा उल्लेखित रकमको दायित्व चरक एकेडेमीले लिएको सम्झौतामा उल्लेख छ तर कम्पनी चलाउने दायित्व लिएका कम्पनिका सन्चालकहरु कौडिको मुल्यमा शेयर बेचेर उम्कन खोज्नुलाइ बिडम्बना मानिएको छ ।
चरक एकेडेमीका सन्चालकले विधि र प्रक्रिया छलेर काम गर्दा शेयर लगानिकर्ताहरुको सम्पती धुजाधुजा हुन पगेको गुनासो गरेकाछन । मनमौजी ढंगले सरचना निर्माण गर्ने , सार्बजनीक खरिद प्रक्रिया नअपनाउने गरिदा चरक एकेडेमी आर्थिक हिनामिना गरि सिमित ब्यक्तिले लाभ लिएको र लगानिकर्ता शेयर सदस्यलाइ डुबाएर आफ्नो शेयर बेच्न सुरु गरेका छन । शेयर बिक्रि गरेका एक सदस्यले आफ्नो नाम नछाप्ने सर्तमा भने “यो सबै कामको जिम्मा राजिब पहारिले लिएका हुन “

डाक्टरहरु पारिश्रमिक नपाएपछी कम्पनी बिरुद्द मुद्दामा

देश र श्रमजीवी जनताको पक्षमा लड्ने वकालत गरेर नथाक्ने नेकपा एमालेका नेता तथा युवा संघ नेपालका इन्चार्ज राजिब पहारी सन्चालक समितिमा रहेको कास्की सेवा अस्पतालमा कार्यरत चिकित्सकहरु काम गरेको पारिश्रमिक नपाएको भन्दै श्रम अदालत र न्यायिक समितिमा मुद्दा हाल्न बाध्य भएका थिए । त्यहाँ कार्यरत २ दर्जन बढी चिकित्सक कर्मचारीहरुले पारिश्रमिक पाएका छैनन ति मध्य दुई जना चिकित्सकले पोखरा महानगरपालिकाको न्यायिक समितिमा मुद्दा दिएका थिए । मुद्दामा पारिश्रमिक दिनु भनी फैसला भएको तर पारिश्रमिक प्राप्त भने नभएको डाक्टर सरोज पोखरेलले बताए । उनको र अर्का एक चिकित्सकको मात्र २५ लाख पारिश्रमिक पाउन बाकी रहेको बताइएको छ ।
गन्डकी प्रदेशका पुर्ब सासद समेत रहेका राजिब पहारी र रोटरी डिस्ट्रीक गभर्नर समेत रहेका योगेन्द्रलाल प्रधान मुख्य जिम्मेवारीमा रहेको चरक एकेडेमी प्रालिमा देखिएको अस्तब्यस्तता र अकर्मण्यताले गम्भिर चिन्ता ब्यक्त गराएको छ । आफ्नो असफलता लुकाउन दायित्वबाट उम्कन शेयर बेचेर भाग्न खोज्ने सन्चालक र सस्तोमा पाइयो भन्दैमा प्रक्रिया समेत नपुर्याइ अस्पताको शेयर खरिद गर्ने गन्डकी मेडिकल कलेज कानुनी उल्झनमा फस्नसक्ने अबस्था देखिएको छ ।आफ्नो करोडौ रुपैयाँ फसेपछी न्यायको ढोका ढकढक्याउन बाध्य हुने पिडितहरुले बताएका छन ।
चरक एकेडेमी प्रालिबाट पिडित हुनेको लर्को लागेको छ । एकेडेमी सन्चालक हरुले खुट्टो झिकेपछी लाज पनि लजाएको छ । चिकित्सक कर्मचारी , सप्लायर्स , देखि उधारोमा अस्पताल बेच्ने कास्की सेवा अस्पताल समेत पिडित बनेको छ । राजनिती र समाजसेवाको खोल ओढेर आर्थिक अनुशासन नमान्नेबाट समाजले मत्स्य न्याय बाहेक के अपेक्षा गर्ने ?

प्रतिक्रिया दिनुहोस्