
सरकारले नयाँ बजेटको तयारी गरिरहेको छ । नयाँ बजेट भाषणमा कर्मचारीको तलब करिब २५ प्रतिशत बृद्दी हुने चर्चा चलिरहेको छ । सरकारले तलब बढाएपछी सोही अनुपातम तलब बढाउन सार्बजनिक गूठी अन्तरगत सन्चालित गण्डकी बोर्डिङ स्कुल पोखराले ३ महिना अगाडिनै बिध्यार्थी सङ्ग लिने सबै सुल्कमा २५ प्रतिशत बृद्दी गर्ने निर्णय गरेको छ ।
गण्डकी बोर्डिङ ब्यबस्थापन समितिको २०८१ चैत्र १८ गते शिक्षा मन्त्रालयका सह सचिब युबराज पौडेलको अधक्षतामा बसेको बैठकले बिधार्थिको सबै शुल्कमा २५ प्रतिशत शुल्क बृद्दी गर्ने निर्णय गरिएको छ । यो निर्णय भए लगत्तै बैशाख देखिनै बिध्यार्थिको पढाइ शुल्क देखि अबासिय शुल्कमा २५ प्रतिशत महङ्गिएको छ । गन्डकी बोर्डिङलाई नेपाल सरकारले छात्रवृत्ति अनुदान दिदै आएको छ भने करिब २७० रोपनी भन्दा बढी गुठिको जग्गामा आफ्नै भवन बनेको छ । सन १९६६ मा मिसन स्कुलको रुपमा स्थापित गण्डकी बोर्डिङ हाल सार्बजनिक गुठी अन्तरगत सन्चालित छ । उक्त बिध्यालय ब्यबस्थापन समितिको अधक्षमा शिक्षा मन्त्रालयका सह सचिब रहने ब्यबस्था छ । सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी , शिक्षा बिकाश तथा समन्वय इकाइ प्रमुख , महानगर शिक्षा महाशाखा प्रमुख , र स्थानिय सहयोगदाताहरु सदस्य रहने प्राबधान छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ कास्किका प्रमुख लोकनाथ आचार्यले शैक्षिक गुणस्तर बढाउन र आबासिय बिध्यार्थिको सेवा सुबिधा वृद्धिको लागि शुल्क वृद्धि गरिएको दाबी गरे । आचार्यले भनेझै गुणस्तर र सेवा बृद्दी हुन्छ कि हुन्न त्यो भने हेर्न बाकी छ ।
११ लाख बढी खाएर सेतो हात्ती फिर्ता !
गण्डकी बोर्डिङका तत्कालीन प्राचार्य बिरेन्द्र खड्काले शिक्षा बिभागबाट निर्णय गराएर ल्याएको बा१ झ ८६१५ नम्बरको निसान गाडी १० लाख भन्दा बढी रकम खर्च गराएर फिर्ता हुने भएको छ । शिक्षा मन्त्रालय अन्तरगत शिक्षा बिकास तथा समन्वय इकाइ कास्किमा थन्किएको उक्त गाडि मर्मत गर्ने र चलाउने भन्दै प्राचार्य खड्काको विशेष पहलमा गण्डकी बोर्डिङमा लगिएको थियो ।
गण्डकी बोर्डिङमा अरु तीन वटा गाडी हुदाहुदै उक्त निसान गाडी लाने बिषयमा चर्को असहमतिका बाबजुद प्राचार्य खड्काले लगेरै छाडेका थिए । लगेकै दिनबाट वर्कसपमा छिरेको र एकै पटक पौने ७ लाख बढिको बिल आएको थियो । हाफ इन्जिन समेत बनाएको दाबी गर्दै पौने ७ लाख करिब भुक्तानीको बिल पेश भएको थियो । सेतो हाती जस्तै खर्च खाइरहने तर चल्न भने नसकेपछि उक्त गाडी कमिसनको माध्यम बन्न पुगेको तिखो आरोप खेप्न बाध्य भएको थियो । मर्मतको शिर्षकमा गरिएको खर्चबाट प्राचार्य खड्काले शुभ लाभ लिएको कर्मचारी बृतमै भुषको आगो झै सल्केको थियो ।
पटकपटक गरि झन्डै ११ लाख बढी खर्च हुदा पनि गाडी चल्न नसक्ने अबस्थामा पुगेपछि ब्यबस्थापन समितिको चैत्र १८ गतेको बैठकले गाडी नेपाल सरकारलाइ फिर्ता गर्ने निर्णय गरेको छ । तत्कालिन प्राचार्यले २०७८ मङ्सिर १४ गते ल्याएको गाडि मर्मतको बहानामा कमिसन कुम्ल्याएको बिध्यालयका शिक्षक कर्मचारी समेतले आरोप लगाउदै आएका थिए । अन्तत जस्तो भनेको त्यस्तै भयो , उपती भन्दा खपती गराएर सेतो हाती बनेको निसान जीप फिर्ता जाने भयो । गाडी ल्याउने प्राचार्य बिरेन्द्र खड्का पदाबधिमा दोहोरिने प्रयास गर्दा पनि केही नलागेपछी गत बर्ष अबकास भएका थिए । बिध्यार्थिले तिरेको पैसाबाट बिलासितामा होलि खेल्ने प्राचार्यको अनियमितताको अबशेष अब अन्त्य हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्