२०८२ असार ३
०६१४४५०००, ९८५६०३३३९१

शुक्ला साहित्य प्रतिस्ठान द्वारा आयोजित कबिता प्रतियोगितामा बिन्ध्यबासिनी मा बि प्रथम

पारिजात खराल

शुक्ला साहित्य प्रतिस्ठानले आयोजना गरेको सामुदायिक माध्यमिक बिध्यालय स्तरिय खुल्ला कबिता प्रतियोगितामा बिन्ध्यबासिनी मा बि बाटुलेचौरका प्रजिना छन्त्याल प्रथम हुन सफल भइ १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेकिछन । प्रतियोगितामा दोस्रो स्थान बिन्ध्यस्वरी माध्यमिक बिध्यालयकि स्वस्तिका खड्काले ७ हजार नगद र प्रमाणपत्र प्राप्त गरेकिछन । यस्तै माछापुच्छ्रे माध्यमिक बिधालयका आयुष बिकले तेस्रो स्थान हासिल गरि नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन भने सान्त्वना पुरस्कार भारति भवन मा बि पुरन्चौरका कैलाश तिवारीले प्राप्त गरि नगद ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।
शुक्ला साहित्य प्रतिस्ठानले आयोजना गरेको खुल्ला कबिता प्रतियोगितामा ८ वटा सामुदायिक बिध्यालयका १६ जनाले सहभागीता जनाएका थिए । कबिता प्रतियोगितामा साहित्यकार शिव त्रिपाठी , असफल गौतम र इन्दु भट्टराईले निर्णायकको भुमिका निर्बाह गरेका थिए ।

Advertisement:


बार्षिक कार्यक्रमको तालिका अनुसार सामुदायिक बिध्यालय स्तरीय खुल्ला कबिता प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सयोजक प्रतिस्ठानका सदस्य यदुनाथ बन्जाराले बताए । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले सामुदायिक बिध्यालयलाइ लक्षित गरि सृजनात्मक कार्यक्रम आयोजना गरेकोमा आयोजक सस्था शुक्ला साहित्य प्रतिस्ठान प्रती हार्दिक आभार ब्यक्त गर्दै यस्ता सृजनात्मक कार्यक्रमको निरन्तरताको कामना गरेका थिए । बिशेष अतिथि शिक्षा अधिकृत जीवन प्रसाद रेग्मिले बिध्यालयमा साहित्य कार्यक्रमको आयोजना गरेकोमा खुसी ब्यक्त गर्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

बिबाह उत्सबमा अक्षयकोष स्थापना

बिबाह उत्सब , जन्म उत्सबमा होटल रेस्टुरेन्टमा पार्टी दिने ढोगी  सस्कार सामाजिक कार्यमा रुपान्तरण  हुँदै गएको छ  । आफ्नो बिबाह भएको दिनको स्मरणको उपलक्षमा सामुदायिक बिध्यालयमा पढ्ने बिध्यार्थिहरुको लागि सहयोग पुर्याउने हेतुले शुक्ला साहित्य प्रतिस्ठानकी सदस्य तथा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको सन्चालिका शारदादेबि बस्नेतले आफ्नो बैबाहिक बर्षगाठको अबसरमा बिन्धेस्वरी मा बि तल्लाकोटमै पुगेर  ५११५१ ( एकाउन्न हजार एक सय ए काउन्न रुपैयाँ ) राशिको अक्षयकोष स्थापना गरेकिछन । गरिब तथा जेहेन्दार बिध्यार्थिको सहायताको लागि आफ्नो वैवाहिक उत्सबको दिन कुनै भोज पार्टी नगरी सामाजिक उत्तरदायित्व स्वरुप अक्षय कोष स्थापना गरिएको बस्नेतले बताइन । गरिब बिध्यार्थिको पढाइ लेखाइ , कपि कलम र जाडोमा न्यानो कपडाको लागि अक्षय कोष स्थापना गरेको बताइन । बिन्धेस्वरी माबिका प्र अ श्रीराम आचार्यले अक्षय कोष दाताको उद्देश्य र बिध्यालयको नीति बमोजिम कोषको सदुपयोग गरिने बताएका छन ।
बिन्धेस्वरी मा बि पोखरा १९ तल्लाकोटमा आयोजित कार्यक्रम प्रतिस्ठानको अध्यक्ष दुर्गादेबी बस्नेत गौतमको अध्यक्षतामा भएको थियो । प्रतियोगिता कार्यक्रममा स्वागत मन्तब्य गिता भन्डारीले दिएको कार्यक्रमको सन्चालन प्रतिस्ठानका सचिब रामप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्