२०८२ जेष्ठ २८
०६१४४५०००, ९८५६०३३३९१

बिबाह उत्सबको उपलक्ष्यमा बस्नेतले गरिन सामुदायिक बिध्यालयमा अक्षयकोष स्थापना

बिबाह बर्षगाठ होस या जन्मोत्सव ठुला रेस्टुरेन्ट र होटलका हलहरु भरिभराउ पारिन्छन , रक्सी र मासुको पार्टी आयोजना गरेर लाखौ रुपैयाँ उडाउनु र त्यसको देखासिकी गर्नु कतिपय नेपालिहरुको दिनचर्या नै बनेको छ । आयातित  सस्कृतिले ढाकेर मानवता हराउदै गएको बेला कालो बादलमा चादिको घेरा देखिए झै केही ब्यक्तिहरुले सामाजिक भावनाले सकारात्मक कार्यको सुरु गरेका छन । रेस्टुरेन्टमा पार्टी दिने ढोगी  सस्कार सामाजिक कार्यमा रुपान्तरण  हुँदै गएको छ  ।

बिबाह उत्सब र जन्मोत्सव को अबसरमा बृद्दाश्रममा खाना खुवाउने , मठ मन्दिरलाइ दान गर्ने गर्ने जस्तो पबित्र कार्य गरेकाछन । यस्तै एक अनुकरणीय उदाहरण बनेकाछन बाटुलेचौर पोखराका गङ्गा बहादुर बस्नेत र सारदादेबी बस्नेत दम्पती । आफ्नो बिबाह भएको दिनको स्मरणको उपलक्षमा सामुदायिक बिध्यालयमा पढ्ने बिध्यार्थिहरुको लागि सहयोग पुर्याउने हेतुले शुक्ला साहित्य प्रतिस्ठानकी सदस्य तथा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको सन्चालिका शारदादेबि बस्नेतले  बैबाहिक बर्षगाठको अबसरमा बिन्धेस्वरी मा बि तल्लाकोटमै पुगेर  ५११५१ ( एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ ) राशिको अक्षयकोष स्थापना गरेकिछन । सारदादेबी बस्नेत र गङ्गा बहादुर बस्नेतले आफ्नो २८ औ बैबाहिक बर्षगाठको स्मरण स्वरुप यो अक्षयकोष स्थापना गरेका हुन । गरिब तथा जेहेन्दार बिध्यार्थिको सहायताको लागि आफ्नो वैवाहिक उत्सबको दिन कुनै भोज पार्टी नगरी सामाजिक उत्तरदायित्व स्वरुप अक्षय कोष स्थापना गरिएको बस्नेतले बताइन ।

Advertisement:

गरिब बिध्यार्थिको पढाइ लेखाइ , कपि कलम र जाडोमा न्यानो कपडाको लागि अक्षय कोष स्थापना गरेको सारदादेबि बस्नेतले बताइन । अनाथ बाल आश्रम चलाएर ४० जना बालबालिकाको शिक्षा दीक्षा सहित सरक्षण गर्दै आएका बस्नेत दम्पतिले सामुदायिक बिध्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिध्यार्थिको शैक्षिक उन्नयन कार्यमा इट्टा थप्ने जमर्को गरेर अनुकरणिय कार्य गरेका छन ।

नेपालको सन्दर्भमा सामुदायिक बिध्यालय निम्न तथा मध्यम बर्गिय परिवारका बाबू नानिहरुले पढ्ने थलो हो । बस्नेत दम्पतिले स्थापना गरेको यो अक्षय कोष सङ्ख्यात्मक रुपले सानो भएपनी गुणात्मक रुपमा यसले अनुकरणीय र ठूलो महत्व राखेको पोखरा महानगरका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मिले प्रतिक्रिया दिएका छन । सामुदायिक बिधालय बिन्धेस्वरी माबिका प्र अ श्रीराम आचार्यले अक्षय कोष दाताको उद्देश्य र बिध्यालयको नीति बमोजिम कोषको सदुपयोग गरिने बताएका छन । हाल बिन्ध्यस्वरी माबि पोखरा १९ तल्लाकोटमा २११ जना बिध्यार्थिले अध्ययन गर्दै आएकाछन । मनकारी दाताहरुले सहयोगी हातहरु बढाउन सकियो भने गरिब बिपन्न बिध्यार्थहरुले कपि कलम , खाजा , बिध्यालय पोशाक सहितको गुणस्तरीय शिक्षा पाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्