२०८२ असार १
०६१४४५०००, ९८५६०३३३९१

सि ए लामिछानेले किन दिएनन नागरिक सहकारिको फुल अडिट रिपोर्ट ?

पोखरा १६ बाटुलेचौरमा रहेको नागरिक बचत तथा ॠण सहकारी सस्था लिमिटेडमा शेयर सदस्य र सन्चालक समितिका केही जिम्मेवार पदाधिकारी र सदस्यहरुले आफ्नो सहकारीमा गडबडी भएको सुइको पाए । सुइको पाएकै भरमा आवाज बुलन्द गर्नु राम्रो नहुने निश्कर्षमा पुगेपछी सस्थाको बास्तबिकता पहिल्याउन आवश्यक महसुस गरे ।
सबैको सल्लाहमा सहकारीको फुल अडिट गर्ने निधो गरि चार्टर्ड एकाउन्टटेन्टलाई जिम्मेवारी दिने निर्णय भै उक्त कार्यको लागि सस्थाका कोषाध्यक्ष पुस्पचन्द्र देबकोटाको सयोजकत्वमा तीन सदस्यीय आन्तरिक लेखापरीक्षण समिती चयन गरिएको शेयर सदस्य सुवास तिमल्सिनाले बताए । समितिले ए लामिछाने चार्टर्ड एकाउन्टटेण्ट सस्थाका सन्चालक सि ए अनिल लामिछानेलाइ बिगत ५ बर्षको आन्तरिक फुल अडिट गर्ने जिम्मा सुम्पिएको थियो । अनिल लामिछानेलाइ गत जेष्ठ महिनामा आन्तरिक फुल अडिट गर्न दिएको र ४ महिना भित्र अन्तिम प्रतिबेदन दिने सर्तनामा गराइएको सयोजक पुस्पचन्द्र देवकोटाले बताए ।
४ महिना भित्र लेखा परिक्षणको पुर्ण प्रतिबेदन दिने भनिएपनी हालसम्म समितिलाइ प्रतिबेदन बुझाइएको छैन । २ महिना पहिला हामिले सि ए अनिल लामिछानेलाई कहिले दिनुहुन्छ पुर्ण लेखा परिक्षण प्रतिबेदन भन्ने जिज्ञासा राख्दा बैशाखको पहिलो हप्ता दिने बताएका थिए । सहकारीको हर हिसाबमा अनियमितता देखिएको छ श्रेस्था मिलान गर्नुपर्ने भए प्रमाणित बिल भरपाइ पेश गर्न अध्यक्ष पुस्पराज तिमल्सिनालाई जानकारी गराइएको तर हाल सम्म केही प्राप्त नभएकोले प्रतिबेदन बुझाइदिने सिए लामिछानेले बताएका थिए ।
बैशाख पहिलो हप्ता पछि पटकपटक सम्पर्क गर्न खोज्दा सिए लामिछानेको फोन उठेको छैन । शेयर सदस्यले सहकारिको नाडी छाम्न खोजेका हुन । फुल अडिट गरे बापत ३ लाख रुपैयाँ नगद र २० हजार रुपैयाँ खाजा खर्च दिने सर्त तोकिएको छ जसमा २ लाख नगद भुक्तानी भइसकेको र २० हजारको खाजा खाइसकेका छन तर पनि रिपोर्ट बुझाउन आलटाल गरिनुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।
नागरिक सहकारी भित्र भएका खर्च पारदर्शी नरहेको , कर छल्न हिडन खातामा पैसा जम्मा गरिएको , इन्धन लगाएतको खर्च विवरण पुष्टि गर्ने बिल भर्पाइ नभएको , उठाइएको सेवा शुल्क हिसाबमा पारदर्शी नगरिएको लगाएतको प्रारम्भिक (ड्राफ्ट ) रिपोर्टमा लेखिएको छ । सहकारी ऐन नियमानुसार हुनुपर्ने कार्य नभएको प्रारम्भिक प्रतिबेदनले खुलाएको छ अन्तिम प्रतिबेदनमा कस्तो प्रतिबेदन आउँछ त्यो व्यग्र प्रतिक्षाको बिषय बनेको छ । जागरुक शेयर सदस्य र आन्तरिक लेखा परिक्षण समितिले सत्यतथ्य पुर्ण प्रतिबेदन बुझाएर आफ्नो बाकी पारिश्रमिक लिन सिएलाइ आग्रह गरेका छन तर सिए लामिछाने पुर्ण रिपोर्ट बुझाउन किन आलटाल गर्दैछन बुझ्न गार्हो परेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्