
बिरामी बिदा कर्मचारीले पाउने सुबिधा हो । स्वास्थ्यमा समस्या पर्दा घर बिदामा बस्न पाउने अधिकार पनि हो तर सार्बजनिक सेवामा समर्पणको भावनाको बिकास भयो भने दुखाइलाइ थाती राखेर पनि सेवामा जुट्ने प्रेरणा मिल्ने गरेको केही राष्ट्र सेवक कर्मचारीहरुको अनुभव र अनुभुती जिवन्त नमूना बन्ने गरेकाछन ।
यस्तै उदाहरण बनेका छन जिल्ला प्रशासन कार्यालय, कास्कीमा कार्यरत नायब सुब्बा उमाकान्त रेग्मी । उनले आफ्नो दाहिने हात भाचिएर प्लाष्टर गरेको अवस्थामा देब्रे हातबाट मात्रै पनि सार्वजनिक सेवा दिँदै आईरहेका छन् । घरायसी कामकाजका दौरान करेसाबारीमा काम गर्ने क्रममा लडी घाईते भई आफ्नो मुख्य चल्ने दाहिने हातमा चोटपटक लागेको हुँदा पलाष्टर गर्नुपरेको उनले बताए ।
केही दिन आराम गरेर बस्दा उमाकान्तलाई छट्पटीले लागेपछी दाहिने हात घाटिमा झुन्ड्याएर समेत कार्यालयमा आई सेवा गर्दै आएका छन । नासु पदमा कार्यरत रेग्मी ईमान्दार छवी भएका कर्मचारी भित्र गनिने सहकर्मीहरु अनुभव सुनाउछन । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल पनि रेग्मिको काम प्रतिको लगाव प्रती सन्तुष्ट छन । नासु रेग्मिको काममा सेवाग्राहीको गुनासो सुन्न नपरेको लम्साल बताउछन ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्याधिक चाप हुने राहदानी शाखामा दिनहुँ सय जनाको हाराहारीमा राहदानीको ईनरोलमेन्ट (फोटो खिच्ने काम) हुन्छ । राहदानी शाखामा अन्य कर्मचारी बिदामा बस्दा रेग्मी एक्लैले देब्रे हातले मात्रै भए पनि दैनिक ६५-७० जनाको राहदानीको फोटो खिच्ने काम भ्याएका छन्। रेग्मीको सेवा प्रवाहको शैलीले सेवाग्राही समेत सन्तुष्ट भएर जाने गरेका छन् । हाल जिल्ला प्रशासन कार्यालय कास्कीमा राहदानी सम्बन्धी सेवामा कुनै जनगुनासो नरहेको समेत पाईन्छ । सेवाग्राहीको गुनासो न आउने गरि काम गर्न सकेकै कारण आफू बिरामी पर्दा पनि काममा आउन थप प्रेरणा मिलेको नासु उमाकान्त रेग्मी बताउछन ।
स्मरणीय छ यातायात ब्यबस्था कार्यालय सवारी कास्किका निमित्त प्रमुख अशोक गौतमले आफ्नो खुट्टा भाचिएर प्लास्टर गर्दा पनि बैशाखी टेकेर अफिस आउने र कुर्सिमा खुट्टा राखेर नियमित सेवा दिएका थिए । सेवाग्राहीको चापलाई हेरेर गुनासो कम गर्न आफू काममा आएको गौतमले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्