२०८२ असार ३
०६१४४५०००, ९८५६०३३३९१

अमरसिंह मा बि बिरुद्द दायर रिट खारेज, ब्यापारीक घर टहरा हटाउन बाटो खुल्यो

 

अमरसिंह माध्यमिक बिध्यालयको जग्गामा टहरा बनाएर ४ दशक देखि ब्यापार गर्दै आएका ब्यापारीहरुले उच्च अदालत पोखरामा दायर गरेको उत्प्रेषण पर्मादेश समेत को रिट खारेज भएको छ । उच्च अदालतका न्यायाधीश द्वय मिलन कुमार राई र राजु कुमार खतिवडाको सयुक्त इजलासले जेष्ठ १३ गते मङ्गलबर उक्त रिट खारेज गर्ने आदेश दिएको हो ।
अमरसिंह माबी बिध्यालय ब्यबस्थापन समितिको माघ ३ गतेको निर्णय र माघ ११ गते जारी सूचनाको खिलापमा अमरसिंह माबिको जग्गामा ब्यापार गर्दै आएका बालकृष्ण बास्तोला समेत ५२ जनाले २०८१/११/०५ मा रिट दायर गरेका थिए । उक्त रिटमा २०८१ /११/१२ मा माननीय न्यायाधीश द्वय मिलन कुमार राइ र दिपेन्द्र अधिकारीको सयुक्त इजलाशले बिपक्षिको नाममा अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश दिएको थियो ।
निबेदक ब्यापारीहरुले बिध्यालयले हटाउन गरेको निर्णय र सूचना उत्पेषण पर्मादेश समेतबाट बदर गर्न माग गरेका थिए तर अदालतले बिध्यालयले गरेको निर्णय र सूचनालाई मान्यता दिदै ब्यापारीहरुको रिट खारेज गरिदिएको छ । अदालतले गरेको यो आदेशले ब्यापारीहरुलाइ अमरसिंह मा बिको जग्गा खाली गर्न हट्न बाध्य बनाइदिएको छ । बिध्यालयलाई आफ्नो जग्गामा बनेको घर टहरा र ब्यापारिक सटर हटाउन मार्ग प्रसस्त गराएको छ । बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला अदालतको आदेशले हामिलाइ निर्णय कार्यान्वयन गर्न सहज र अनुकुल बनाएको बताउछन् । अब प्रक्रियामा गएर जग्गा खाली गराउने र ब्यबस्थित सुन्दर अमरसिंह चोक बनाउन लागि पर्ने अध्यक्ष कोइरालाले बताएका छन ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्