२०८२ असार ५
०६१४४५०००, ९८५६०३३३९१

२२ लाखको सार्बजनिक शौचालय झाडीमा पुरिदै , महानगरको लगानी बलुवामा पानी

यदुनाथ बन्जारा

पोखरा महानगरपालिका वडा नम्बर ११ गिता मन्दिरको पर्खाल सङ्गै दुई कोठे सार्बजनिक शौचालय बनेको २ बर्ष पूरा भयो । २०८० साउन १५ गते वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले शौचालयको उद्घाटन गरेर लगाएको चाबी अझ सम्म खुलेको छैन ।शौचालयको प्रयोगको कुरै छाडौ शौचालयलाई पुर्दै लगेको झाडी समेत सफा गरिएको छैन ।
वरिपरिको बस्ती पातलो छ । ब्यापारीक स्थान पनि होइन । जोडिएको गिता मन्दिरको पर्खाल सङ्गै ६ कोठे शौचालय रहेको छ । पर्खालमा ढोका निकालेर शौचालय प्रयोग गर्न सकिने सम्भावना पनि राम्रै देखिन्छ । तर वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम कर्माचार्यले यी सम्भावनालाई लत्याएर महानगरको २२ लाख रुपैयाँ ल्याएर बालुवामा पानी खन्याए झै सार्बजनिक शौचालय निर्माणमा खन्याए । आवश्यक नै नभएको ठाउमा नागरिकको रगत पसिना बाट सङ्कलित कोषको दुरुपयोग गरिएको जो कोहिले सहजै महसुस गराएको छ ।
शौचालय बनाउने तर प्रयोग नगर्ने होभने किन बनाउने ? स्थानिय एक जेष्ठ नागरिकले रोष प्रकट गरे । यस ठाउमा सार्बजनिक शौचालय आवश्यकता नै थिएन बरु रामघाट दाहसंस्कार स्थल आसपास बनाएको भए मलामी र बालुवा खानिमा काम गर्ने मजदुरले प्रयोग गर्न पाउथे उनले थपे ।
सडकको किनारमा बनाइएको सार्बजनिक शौचालयमा २२ लाख खर्च भएको शिलालेखमा उल्लेख गरिएको छ । पोखरा १० अस्पताल चोकका बिनोद गौतम निर्माण समितिका अध्यक्ष रहेको समितिले सार्बजनिक शौचालय निर्माण गरिएको शिलामा उल्लेख छ । दुई कोठे शौचालय बनाउदा २२ लाख खर्च भएको बिषय थप रहस्यमय बनेको छ । जानकार प्राबिधिक र निर्माण व्यावसायिहरु उक्त शौचालय बनाउदा त्यति महङ्गो खर्च नलाग्ने बताउदै संबंधित निकायले छानबिन गर्न पर्ने बताउँछन् ।
आवस्यकता नै नभएको ठाउमा केबल कमिसनको लोभमा योजना बनाएको र प्रयोगमा कुनै ध्यान नदिएको प्रत्यक्षदर्शी स्थानीयले आरोप लगाएका छन । महानगरमा थुप्रै सडक , पुल पुलेसा , नाला निकाश बजेट अभावमा अलपत्र रहेकाछन । सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन नसक्ने अबस्थामा रहेको पोखरा महानगरपालिकाले अनावश्यक ठाउमा बजेट दिनुलाइ किमार्थ राम्रो मान्न सकिन्न ।
दुई बर्ष सम्म ताला चाबी मारेर झाडिमा पुर्ने सार्बजनिक शौचालय बनाउनुको औचित्य बुझ्न वडा अध्यक्ष कर्माचार्य सङ्ग सवाल राख्न फोन गर्दा उनले फोन उठाएनन । अलपत्र शौचालय बारे निर्माण समितिका अध्यक्ष बिनोद गौतम सन्चालन गर्ने खर्च नभएका कारण शौचालय प्रयोगमा ल्याउन नसकिएको बताउँछन् । उपभोक्ता समितिले देखाएको खर्च र वास्तविक खर्च पत्ता लगाउन स्वतन्त्र निकायले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन जरुरी देखिएको छ । अनावश्यक स्थानमा राज्य कोषको दुरुपयोग गर्नु, बनाएर प्रयोग नगरी मिल्काउनु , मिलेमतो गरि बढी लागत देखाएर खल्ती तताउनु सबै भ्रष्टाचारको परिभाषा भित्र पर्ने बिषय हुन । कसको कति सलग्नताको चाप बढी छ भन्ने कुरा छानबिन पछि खुल्ने अपेक्षा गरिएको छ । महानगरका प्राबिधिकको समेत मिलेमतो हुन सक्ने यस्ता फजुल र देखावटी योजनामा गम्भीरता पुर्बक छानबिन गरिनुपर्ने प्रतक्ष दर्सी र स्थानियको माग पूरा गर्ने जिम्मा अख्तियार लगायतका नियामक निकायको काधमा गएको छ ।
स्मरणीय छ यहि फजुल योजना ल्याउने वडा न ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य पोखराको मुटु चिप्लेढुङ्गामा राजस्व छल्न नक्सापास नगरी मापदण्ड बिपरित गगनचुम्बी घर बनाएको प्रकरणमा अख्तियारको फन्दामा परेका छन । स्थानीय टोलबासिलाइ रेट्रोफिटिङ गर्ने भन्दै सम्झौता कागज बनाएर झुक्याउने काम गरेको प्रमाण बाहिरिएको छ । आफै पदमा भएको बेला पदको दुरुपयोग गरेर महानगरलाइ गलत नजिर स्थापित गराउने वडा अध्यक्षले फजुल योजना बनाएर महानगरको ढुकुटी रित्याउन खोज्नु दन्डहिनताले बढाएको अराजकताकोको नमुना भन्न सकिने जानकारहरु बताउछन ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्