२०८२ असार ११
०६१४४५०००, ९८५६०३३३९१

यातायात हड्ताल स्थगित , सार्बजनिक गाडी खुल्यो

सार्बजनी यातायात बचाउ संघर्ष समितिले जेस्ट १६ गते बाट आयोजना गरेको सार्बजनिक यातायात हड्ताल एक महिनाको लागि स्थगित भएको छ । समितिका केन्द्रिय अध्यक्ष बिजय स्वारको नेतृत्वमा नेपाल सरकार सङ्ग भएको बार्तामा हाललाइ गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङ सम्बन्धि कानुन कार्यान्वयन नगर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन प्राप्त भएपछी आज मङ्गलबार साझ हड्ताल स्थगन गर्ने निर्णय भएको थियो ।


सरकारले केन्द्रको निर्देशन मुताविक एक महिनाको लागि स्थगन गर्ने भएपछी आफुहरुले पनि जस्ताको तस्तै निर्णय लिएर एक महिनाको लागि हड्ताल सम्बन्धि सबै कार्यक्रम स्थगित गरेको सार्बजनिक यातायात बचाउ संघर्ष समितिका सयोजक केदार पौडेलले बिज्ञपति मार्फत जानकारी गराएका छन । बिज्ञपति जारी भए सङ्गै आज रातिबाटै सार्बजनिक गाडिहरु चल्न थालेका छन ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्