
पुर्बी चितवनको खैरहनी नगरपालिका- ६ मा रहेको खैरहनी माध्यमिक बिध्यालय खैरहनी ६ चितवनका बहालवाला प्रधानाध्यापक गोपाल प्रसाद शर्मा अख्तियारको फन्दामा परेकाछन । शर्मा नक्कली सर्टिफिकेट प्रयोग गरि स्थायी शिक्षकको जागिर खाएको उजुरी परेपछी अख्तियारले छानबिन गरेको थियो । छानबिनका क्रममा प्रधानाध्यापक गोपाल शर्माको एकेडेमीक सर्टिफिकेट मध्य आइ एससी को सर्टिफिकेट भारतको उत्तर प्रदेश बाट प्राप्त गरेको र उक्त सर्टिफिकेट नक्कली रहेको खुलेपछि अख्तियारले गोपाल शर्मा बिरुद्द बैशाख ३१ गते बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर गरेको छ ।
साबिक भ्रष्टाचार निवारण ऐन २०१७ र मौजुदा भ्रष्टाचार निवारण ऐन २०५९ बिरुद्द अपराध गरेकोले सोही ऐन बमोजिम कैद र जरिवाना समेत माग दाबी सहित अभियोग पत्र दायर गरिएको छ । विशेष अदालतमा आभियोग पत्र दायर भएकै दिन प्रधानाध्यापक शर्मा निलम्बनमा परेकाछन । भारतको नक्कली सर्टिफिकेट प्रयोग गरि आइ एस सि पास गरेको र स्नातक नेपालको त्रिभुवन बिश्वबिद्धालयबाट गरेको खुलेको छ । नक्कली सर्टिफिकेट प्रयोग गरि सार्बजनिक पद धारण गरि जागिर खाएको बिषय अदालत बाट पुष्टि भएको खन्डमा जरिवाना र जेल सजाय भोग्नुको साथै पेन्सन सुबिधा समेत खोसिनेछ ।
शर्माको निलम्बनमा परेपछि खैरहनी माबिको निमित्त प्रधानाध्यापकमा नबराज ढकाल नियुक्त भएकाछन । खैरहनी माबी चितवन जिल्लाकै धनी बिध्यालयको रुपमा चिनिन्छ । खैरहनीको मुख्य बजार देखि चैनपुर चोक सम्म फैलिएको बिध्यालयको जग्गा ९ बिगाह रहेको छ । जग्गा धेरै भएर पनि कानुन बमोजिम उपयोग गर्न नसकीरहेको थुप्रै बेथितिजन्य गुनासाहरु सार्बजनिक हुँदै आएका छन ।
जग्गा भाडामा मिलेमतोको आशङ्का , ८ लाख बक्यौता
खैरहनी माबिको तत्कालिन (२०७४) बि ब्यसले मिलेमतोमा निर्णय गरि ७ बिगा जग्गा स्थानिय एमाले नेता लालमणी कुवरलाइ कौडिको मुल्यमा भाडामा लगाएको थियो । उक्त जग्गाको भाडा करिब ८ लाख रुपैयाँ भाडा बक्यौता राखेको छ । कुवर पेलाहा प्रवृत्तिको ब्यक्ती भएकोले त्यो पैसा उठाउन बिध्यालय असमर्थ देखिएको छ । खैरहनि माबिको जग्गा भाडामा लगाउदा मिलेमतो गरिएको स्थनियले बताएका छन । सरकारी बिध्यालयको झन्डै बिगाहा जग्गा भाडामा लगाइदा कृषि प्रयोजन भनिए पनि कुवरले उक्त जग्गामा पार्टि प्यालेस र रिसोर्ट चलाएका छन तर पनि सम्झौतामा तोकिएको भाडा तिर्न आनाकानी गरेका छन ।
बिध्यालयको जग्गा कौडिको भाउमा २७ बर्षका लागि भाडामा लगाइएको छ । जग्गा भाडामा लगाउदा सार्बजनिक खरिद कानुनलाइ धज्जी उडाउदै केही बाहुबली पात्रले राजनितिक सेटिङ मिलाएर एकलौटी गरिएको बुझिन आएको छ । बिध्यालय शैक्षिक उन्नयन गतिबिधिमा भन्दा जग्गा भाडा कारोबारमा फसेको देखिन्छ । केही बर्ष अघि सम्म २ हजार बढी बिध्यार्थी भएको खैरहनी माबिमा यतिखेर १ हजार भन्दा मुनि बिध्यार्थिमा झरेको छ सामुदायिक बिध्यालयको यो हालतलाई दुखद मानिएको छ । बिध्यालयको जग्गा भाडा काण्डलाइ तथ्यगत रुपमा चिरेर भन्डाफोर गर्ने तयारी स्वरुप लिखित सूचना माग कार्यलाइ अगाडि बढाइएको छ । प्राप्त सूचनालाई क्रमश उजागर गर्दै लगिने छ ।
बिध्यालयको बहुमुल्य जग्गामा राजनीतिक दलका स्वार्थी प्रवृत्ति हाबी हुन गै गिद्दे दृस्ठि परेको छ । खैरहनी बजारको केन्द्र भागको जग्गा हत्याउन भू माफिया र ब्यबस्थापन समिती चयन बाटै ठुला दलको बक्रदृस्टी पर्ने र उनिहरु शैक्षिक गतिविधि भन्दा कमाउ धन्दामा भुमाफियाको पाउ पर्ने सेटिङ मिलाउन केन्द्रित देखिन्छन । बिध्यालय रहेको खैरहनी ६ नम्बर वडाका वडा अध्यक्ष कमल न्येउपानेसङ्ग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन । हामी निरन्तर फलो अप मा छौ ।
प्रतिक्रिया दिनुहोस्