२०८२ असार १२
०६१४४५०००, ९८५६०३३३९१

कुलायन पुजामा बागलुङ गएका सरकारी गाडीहरू पोखरा आइपुगे !

जेष्ठ २० गते मङ्गलबार बागलुङ बजारमा यातायात व्यावसायि र स्थानीयले गण्डकी प्रदेश बन निर्देशनालय पोखराका २ वटा सरकारी गाडी नियन्त्रणमा लिए । ग १ झ ४३० नम्बरको स्करपियो र बा१ झ ७२०२ नम्बरका टोयोटा जीप  गरि २ वटा गाडिमा जम्मा २ जना कर्मचारी मात्र थिए । बाकी यात्रुहरु आइमाई केटाकेटी रहेका थिए ।
सार्बजनिक यातायात हडताल थियो । हड्ताल नै भएपनी सरकारी कर्मचारी आफ्ना इस्टमित्र सहित कुलाइन पूजामा जान लागेको बा १ झ ७२०७ नम्बरको टोयोटा जिपका चालकले  भिडियो रेकर्डमा बताएका थिए । सरकारि गाडिमा  आफन्त  ब्यक्ति ओसारेको भन्दै यातायात व्यावसायि र स्थानियले गाडिको हावा खुस्काइ दिएका थिए । उक्त टोयोटा जीपमा बन निर्देशनालय पोखराका निर्देशक अशोक श्रेस्ठ थिए भने अर्को ग १ झ ४३० नम्बरको स्करपियो जीपमा सोही निर्देशनालयका ५ औ तहका फरेस्टर खिमराज पौडेल रहेका थिए । सार्बजनिक भएको भिडियोका अनुसार बाकी केटाकेटी र को को थिए खुलाउन उनिहरुले चाहेका थिएनन ।


सरकारी सवारीसाधन कार्यालय प्रयोजनको लागि ब्यबस्थापन गरिएको हुन्छ । इन्धन मर्मत र सवारीसाधन मितब्ययी ढङ्गबाट सन्चालन गर्नुपर्ने सराकारी नीति रहेको छ तर कर्मचारीहरु पूजा आजा, बिहे ब्रतबन्ध , पार्टी पिकनिक जस्ता ब्यक्तिगत काममा दुरुपयोग गर्ने गरेको पटकपटक भेटिने गरेको छ । गन्डकी प्रदेश सरकारले कर्मचारीलाई फ्रेश बनाउन करोडौं बजेट खर्च गरेर पर्यटन काजको समेत ब्यबस्था गरेको छ तर पनि मनोमानी ब्यक्तिगत कार्यमा हिड्ने डुल्ने कार्य गर्दै आएका छन । कुलायन पूजामा गएको बिषयमा प्रतिक्रिया लिन बन निर्देशनालय पुग्दा निर्देशक सङ्ग भेट हुन सकेन फोन पनि उठेन । फरेस्टर खिम प्रसाद पौडेलले भने फरकफरक ठाउमा जान परेकोले दुइवटा गाडी लगेको प्रतिक्रिया दिएका थिए । यद्यपि बागलुङमा हावा खुस्काइदिएको दुबै गाडी रातारात हावा भरेर पोखरा आएका थिए

Advertisement:

प्रतिक्रिया दिनुहोस्