२०८२ असार ३
०६१४४५०००, ९८५६०३३३९१

विश्व बाताबरण दिवसको उपलक्ष्यमा अमरसिंह मा बिमा बृक्षरोपण

५२ औ विश्व बाताबरण दिवसको उपलक्ष्यमा अमरसिंह मा बि प्राङ्गणमा बृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । प्लास्टिक जन्य पद्दार्थ प्रयोग नगरौ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बाताबरण बिद तथा लिबर्डका सस्थापक डा अनिल सुबेदीले कपुरको बिरुवा रोपेर वृक्ष रोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।


बृक्षरोपण कार्यक्रममा सुचनाको हकका लागि राष्ट्रिय महासङ गण्डकीका अध्यक्ष तथा पत्रकार यदुनाथ बन्जाराले धुपिको बिरुवा रोपेका थिए । बिध्यालय परिसरमा विभिन्न प्रजातिका सय वटा बिरुवा रोपिने बताइएको छ । कार्यक्रममा बोल्दै बाताबरण बिद डा अनिल सुबेदीले प्लास्टिक र प्लास्टिक जन्य पद्दार्थहरु बाताबरण प्रतिकुल पद्दार्थ भएकोले त्यस्ता बस्तुको प्रयोगको बिकल्प खोज्न आग्रह गरे । भविष्यका कर्णधार बिध्यार्थी नै भएकोले बिध्यार्थिबाटै बाताबरण जोगाउ अभियान सुरुवात गर्नुपर्ने बताए ।
बिध्यालयका प्र अ बलराम पोखरेलले स्वस्थ बाताबरणको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष , वडा नम्बर १२ का वडा सदस्य शान्त बहादुर थापा , बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले बाताबरण सरक्षणमा सबैको ऐक्यबद्धता आवस्यक रहने बताएका थिए। बिध्यालयकी एकेडेमीक डिन बसुन्धरा ढकालले कार्यक्रमको सन्चालन गरेकी थिइन ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्