
सामुदायिक बन क्षेत्रको रुखहरु हटाइ गुम्बा बिध्यालय बनाएको पुष्टि भएपछि डिभिजन बन कार्यालय कास्किले पछि निर्माणाधीन सरचना भत्काउने तयारी गरेको छ । बन कार्यालयले गरेको छानबिन अनुसार शान्ती सामुदायिक बनको जग्गामा पल टासी छ्योइलिङ गुम्बा बिध्यालयले नयाँ सरचना थप गरेको पुस्टि भएको थियो ।
गुम्बा बिध्यालय भत्काउन आवश्यक प्रकृया पूरा भइसकेको डिएफओ कोमलराज काफ्लेले बताएका छन । सब डिभिजन बन कार्यालय कुडहरले कानुनी प्रक्रिया पुरागरेको छ । हाल जारी यातायात हड्ताल सकिए लगत्तै बन अतिक्रम हटाइने बताइएको छ ।
शान्ती बन केही बर्ष अगाडि सम्म हरियाली बन क्षेत्र रहेको थियो । पछिल्ला बर्षहरुमा विभिन्न धार्मिक सघ सस्थाहरुले जग्गा कब्जा गर्दै आएका छन । रामबजार वडा प्रहरी कार्यालयले हालसालै १० रोपनी जग्गा प्राप्ति गरि भवन बनाउदै रहेको छ । केही बर्ष अघि विद्युतीय शब दाह गृह बनाइएको छ । शान्ती बनको हरियाली र शान्त बाताबरण कङ्कृट गार्डेनमा रुपान्तरण हुन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्