२०८२ असार ३
०६१४४५०००, ९८५६०३३३९१

जनप्रतिनिधि नचिन्ने सचिब पौड्याल बिरुद्द स्थानीय आक्रोशित , वडा अध्यक्षको बचाउ रहस्यमय !

कुलराज पौड्याल पोखरा महानगरपालिका वडा नम्बर ९ का सचिब हुन । उनि ३ बर्ष देखि ९ नम्बर वडामा कार्यरत छ्न। गत बर्ष ३१ नम्बर वडामा सरुवा भएका ६ ठौ तहका सचिब कुलराज पौड्याललाइ वडा अध्यक्ष दिपेन्द्र मर्सानिले काध थापेर आफ्नै वडामा राखे । मानौ पौड्याल नभए वडा नै चल्दैन भन्ने वडा अध्यक्ष मर्सानिले महसुस गरेर होला महानगरका कर्मचारीलाई थर्काएर आफै सङ्ग राखेका थिए ।
३ बर्ष सम्म एउटै वडामा बसेका पौड्यालले आफ्नै वडाका जनप्रतिनिधि वडा महिला सदस्य भावना श्रेष्ठलाई चिन्दारहेनछन । योजनाको बारेमा वडाबासी सङ्ग वडामा आएर सचिब सङ्ग कुरा गर्न खोज्दा सचिब पौड्यालले ” तिमी को हौ म चिन्दिन ” भन्दै अपमानजनक अभिब्यक्ती दिएको प्रत्यक्षदर्शी सेवाग्राही वडाबासिले सराङ्कोटलाइ बताएकी छिन ।
वडा अध्यक्ष दाहिना भएपछी सचिब दङ्ग छन , अरुलाइ त के आफ्नै वडा सदस्यलाइ चिन्न पनि सक्दैनन ।
स्थानिय वडाबासीहरु सचिब पौड्यालको बिरुद्दमा खनिएका छन । आवश्यक कारबाहिको माग गर्दै महानगरपालिकामा उजुरी निबेदन दिएकाछन । बागलुङ घर भएका वडा सचिबलाइ आफ्नै वडामा राख्न वडा अध्यक्ष दिपेन्द्र मर्सानिले अझै जोर जुलुम प्रयास गरेको खुलेको छ । आफ्नै वडाका नागरिकलाइ टाडा राखेर उनिहरुको गुनासो पाखा लगाएर सचिबको बचाउमा किन लागे वडा अध्यक्ष बुझिनसक्नुको छ ।
वडाका नागरिक र आफ्ना वडा सदस्य मात्र होइन उनले काम गरेका वडाका कर्मचारीहरु समेत रुष्ट रहेकाछन । ६ नम्बर वडामा कार्यरत रहदा प्राबिधिक र कर्मचारीको अफिस प्रयोजनको लागि छुट्याइको इन्धन आफू एक्लैले ३९२ लिटर पेट्रोल आफ्नै नाममा कुपन काटेर एक्लै झ्वाम पारेको कुराको तथ्यांक अझै जिउदै छ । समाचार सार्बजनिक भएपछी अख्तियार पोखरा कार्यालयले छानबिन थालेको थियो । गत बर्ष बैठक नै नबसी किर्ते माइनुट गरि कागज मिलाएर एक बर्षको पुरै बैठक ( ३६ वटा ) भत्ता २ लाख १६ हजार चेक बाट निकालिसकेको अबस्थामा रङ्गेहात फेला परे पछि उक्त पैसा महानगरको खातामा रिभर्स गरिएको थियो । भ्रष्टाचार गर्ने नियत प्रष्ट देखिँदा देखिदैपनी उनलाइ कारबाहीबाट जोगाउने काम भएको थियो ।
जनप्रतिनिधि भावना श्रेष्ठले आफू माथी अपमानपुर्ण व्यबहार भएको भन्दै कारबाहिको माग गर्दै उजुरी निबेदन दिएपछी महानगरपालिकाले स्पष्टीकरण सोधेको छ । कार्यालयको सुचना बाहिर जाने डरले आफै सूचना अधिकारी बसेका पौड्यालले कार्यालयको आर्थिक सङ्ग जोडिएका सबै काम आफ्नै मुठीमा राख्ने गरेको कर्मचारीहरु बताउछन । वडा पदाधिकारी बैठकमा वडा सचिबलाइ जानकारी नदिने गरेको र छुट्याइएको भत्ता आफुले रुचाएका कर्मचारिलाइ नाम चढाएको भरमा खुवाउने गरेको बुझिएको छ यसको सत्यतथ्य छानबिन हुनुपर्नेमा कर्मचारी एक छन ।
राष्ट्र सेवक जस्तो पबित्र पेशामा आबद्द कर्मचारीले दम्भ देखाउनु , जनप्रतिनिधिलाई अपमान गर्नु , स्थानीय सेवाग्राहिलाइ चित्त दुखाउनु र कार्यालयको इन्न्धनमा एकलौटी हजम पार्नुलाइ महानगरपालिका र सम्बद्ध राज्यका नियामक निकायले चासोका साथ नियमन गर्नुपर्छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्