
रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय छवि हासिल गरेको छ । बिश्व मा सबै भन्दा स्वतन्त्र र तठस्त मानाबताबादी सस्था छ भने त्यो रेडक्रस नै हो । गैर राजनीतिक , गैर धार्मिक , गैर जातिय सस्थाको रुपमा स्थापित भइ सेवा प्रदान गर्दै आएको रेडक्रसले नेपालमा भने त्यो नाक राख्न सकेको छैन । उद्देश्य र सिद्धान्त बिपरित दलिय भागबन्डा र हस्तक्षेपका कारण अन्तरास्ट्रिय रेडक्रसले नेपाललाइ हेर्ने र मुल्यांकन गर्ने दृस्ठिकोण आलोचित छ । धन्यवाद र स्याबासी खादै थप सेवा बिस्तारमा ऐक्यबद्धता बढाउनु पर्ने बेलामा कारबाही र बर्खास्ती सहनु पर्ने अबस्थामा नेपाल रेडक्रसको नेतृत्व पुगेको छ यसलाइ बिडम्बना मानिएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय नेतृत्वमा रहेका ५ जना पदाधिकारी कारबाहिको सुचिमा परेकाछन । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइ एफ आर सि ) ले रेडक्रसको अनुपालन तथा मध्यस्थता समिति (सि एम सि ) मार्फत छानबिन गर्न लगाइ प्राप्त सिफारिस अनुसार नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपाल सहित ५ जनालाई आफ्नो पद परित्याग गर्न र आउदा निर्बाचनहरुमा भाग लिन नपाउने गरि गत चैत्र २१ गते लिखित सिफारिस गरेको थियो ।
आइ एफ आर सि ले नेपाल रेडक्रस सोसाइटीमा जारी दलगत हस्तक्षेप र भागबन्डाको कारण प्रतिबन्ध समेत लाग्न सक्ने चेतावनी दिएपछी नेपालका दलिय रजगज गर्दै आएका रेडक्रस कर्मिहरुको मुटुमा ढ्याङ्रो ठोक्न पुगेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय रुपमा स्थापित सिद्धान्त अनुसार मानवताबादी कार्यको लागि तटस्थता, निस्पक्षता , बिस्वस्नियता लगाएतका ७ सिद्धान्त परिपालनामा प्रतिबद्ध रहन राजनीतिक दलगत सलग्नता , जातिय, धार्मिक जस्ता कुनै पनि सलग्नताबाट मुक्त रहि बिशुद्द मानविय सेवामा लाग्नुपर्ने हुन्छ ।
नेपाल रेडक्रस सोसाइटीमा तल्लो तहदेखी केन्द्र सम्म राजनितीक नेता तथा कार्यकर्ताहरु नेतृत्वमा रहदै आएका छन । नेपाल रेडक्रसं सोसाइटीले राजनीतिक भागबन्डाको आधारमा रेडक्रसको पद बाढेको निर्णयको माइनुट सार्बजनिक भएपछी आइ एफ आर सि को आँखा खुलेको थियो । उसले प्रमाण पाए लगत्तै नेपाल सरकार मार्फत रेडक्रसको नियमन तथा शुद्धिकरण गर्न र स्वतन्त्र गैर राजनीतिक तदर्थ समिती गठन गर्न निर्देशन दिएको थियो । नेपाल सरकार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको निर्देशन अनुशरण गर्दै स्वतन्त्र रेडक्रस कर्मिहरु रहेको तदर्थ समिती गठन कार्यमा लागेको बुझिएको छ ।
आइ एफ आर सि ले नेपालको रेडक्रस सोसाइटीमा ब्याप्त दलगत हस्तक्षेपबाट मुक्त नबनाइ घोषित प्रदेश तथा जिल्लाहरुको निर्बाचन समेत रोक्न भनेको थियो तर नेपाल रेडक्रस सोसाइटीले निर्बाचन कार्य नरोकेपछी आइ एफ आर सि नेपालको रेडक्रस सोसाइटीको गतिविधि प्रती सकारात्मक सन्तुष्ट हुन नसकेको बुझिएको छ ।
राजनीतिक भागबन्डाको आधारमा गठित केन्द्रिय समितिले गर्ने प्रदेश तथा जिल्ला शाखाहरुको निर्बाचन स्वतन्त्र र बिस्वस्निय हुनेमा आइ एफ आर सि सन्तुष्ट हुन सकेको छैन । बैशाख १२ , २०८२ मा जारी अध्यावधिक विवरण सार्बजनिक गर्दै नेपाल सरकार मार्फत नेपाल रेडक्रस सोसाइटीललाइ बिबिध बिषयमा चेतावनी सहितको ध्यानाकर्षण गराएको छ । यसको मुख्य कारण राजनितिक भागबन्डा र दलिय रजगज हो ।
कास्की रेडक्रसमा एमालेका यी ६ नेता दोहोरो भुमिकामा
रेडक्रसको अन्तर्राष्ट्रिय आधारभूत ७ सिद्धान्त बिपरित हुनेगरी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला कार्यसमिति चयन भएको पाइएको छ । २०८१ चैत्र ३० गते सम्पन्न १७ औ अधिबेशनबाट निर्बाचित ८ पदाधिकारी सहित २१ जना निर्बाचित भएकोमा ५ जना नेकपा एमाले जिल्ला कमिटी र महानगर कमिटिमा निर्बाचित र एक जना जातिय सस्थाको केन्द्रिय नेतृत्वमा बहालरत अध्यक्ष रहेको पुष्टि भएको छ ।यी छन दोहोरो भुमिकामा —
१, उर्मिला खड्का भन्डारी – रेडक्रस कास्की जिल्ला अध्यक्षमा निर्बाचित भन्डारी क्षेत्री महिला समाज नेपालको केन्द्रिय अध्यक्ष हुन । अघिल्लो कार्यकालमा रेडक्रस कास्किको महिला उपसभापति रहेकी भन्डारी राजनितीक पार्टिको मुल धारको सङ्गठनमा नभएपनी गत चैत्र २९-३० को चुनाबमा नेकपा एमाले पि एस समुहको नेतृत्व गर्दै प्यानल सहित उम्मेदवारी दिएकी थिईन । एमालेकै पोलिट ब्यूरो सदस्य के आर समुहका कृष्ण तिमल्सिनालाइ एक मतले पराजित गर्दै अध्यक्ष बनेपनी उनको प्यानल कास्की रेडक्रसमा अल्पमतमा बिजयी भएको थियो। अध्यक्ष भन्डारीलाई जातिय सस्थाको आवद्धता रेडक्रसको नीति सिद्धान्त बिपरित भएन र भन्ने जिज्ञासामा उनले सामाजिक जातीय सस्था भएकोले फरक नपर्ने बताइन । तर बिज्ञ रेडक्रस कर्मिहरु भन्छन ” रेडक्रसको तटस्थताको सिद्धान्त अनुसार कुनै पनि जातिय , धार्मिक , राजनीतिक सस्थासङ्गको आवद्धतालाइ बर्जित गरेको छ यस्ले हितको द्वन्द्वमा बल पुर्याउछ ।”
२,-रमा न्यौपाने कोइराला – कोइराला रेडक्रस कास्किको महिला उप सभापति हुन । उनि नेकपा एमाले जिल्ला कमिटीमा निर्बाचित सदस्य रहि दोहोरो भुमिकामा छिन।
३,-सुवास अधिकारी – सुवास अधिकारी रेडक्रस कास्किको जिल्ला सदस्य हुन । उनी नेकपा एमाले कास्की जिल्ला कमिटिका निर्बाचित सदस्य रहि दोहोरो भुमिकामा छन ।
४,-बबिता सुवेदी – सुवेदी रेडक्रस कास्किको महिला सदस्य हुन । उनी नेकपा एमाले पोखरा महानगर कमिटिकी सदस्य छिन । जेष्ठ ९-१३ मा पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ केन्द्रिय सदस्यमा उम्मेदवारी बनेकी सुवेदी पराजित बनेपनी एमाले महानगर कमिटि र कास्की रेडक्रस सदस्य दोहोरो भुमिकामा रहेकी छिन ।
५,-पार्वती कार्की – रेडक्रस कास्किको महिला सदस्य पदमा निर्बाचित पार्बती कार्की नेकपा एमाले पोखरा महानगरको दोस्रो अधिबेशन बाट महानगर सदस्य निर्बाचित भइ दोहोरो भुमिकामा रहदै आएकिछिन ।
६,- महेस्वर दवाडी – रेडक्रस कास्किको सदस्य रहेका दवाडी नेकपा एमालेबाट हालै मात्र मनोनित जिल्ला कमिटी सदस्य हुन । उनले सपथ खान बाकी छ । नेकपा एमालेको प्रदेश सदस्यमा चुनाब लडेर पराजित दवाडी रेडक्रस र राजनीति दुबै भुमिकामा छन ।
रेडक्रस कास्किका उप सभापति रहेका सुरेन्द्र गुरुङ (हाल अमेरिका ) नेकपा एमाले कास्किको गत जिल्ला अधिबेशनमा सचिब पदमा चुनाब लडेका थिए । दर्शन लामा सङ्ग पराजित गुरुङ विभिन्न समाज र सस्थामा कृयासिल रहेका छन ।
त्यसो त नेकपा एस का गन्डकी प्रदेश सदस्य खगेन्द्रराज पराजुली रेडक्रस कास्किको चुनाब अगाडि चैत्र ५ गते राजिनामा दिएर चैत्र २९ -३० को १७ औ अधिबेशन लडेर जिल्ला सदस्यमा जितेका छन । उनले रेडक्रस कर्मिलाइ दोहोरो भुमिकाबाट अलग रहन सवक सिकाएका छन । रेडक्रसको नाम लिने बितिक्कै बिश्वका जो कोहि नागरिकको पनि शिर झुक्छ । मानबताबादी उद्देश्यले हेनरी ड्युनाबाट स्थापित रेडक्रस तथा रेडकृसेन्ट सस्थाको अन्तर्राष्ट्रिय मान्यता, संस्थाको विश्वसनीयता निष्पक्षता र तटस्थताका मौलिक सिद्धान्तहरूको दृष्टिकोणले यसको उचाइलाइ विश्वभरी बढाएको छ । राजनीतिक दलको वर्तमान नेतालाई
रेडक्रस (नेपाल रेडक्रस सोसाइटी) को जिम्मेवारी रहेर दोहोरो भुमिकामा बस्नु उचित देखिंदैन। यसले हितको द्वन्द विश्वसनीयतामा क्षति र संस्थाको स्वतन्त्रतामा खतरा जस्ता गम्भीर समस्याहरू सिर्जना गर्न सक्ने स्वतन्त्र रेडक्रस कर्मिहरु बताउछन
रेडक्रस जस्तो मानवतावादी संस्थाले राजनीतिक प्रभावबाट पूर्ण स्वतन्त्र र निष्पक्ष रहनु पर्छ भन्ने सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बिज्ञहरु बताउछन् । नेपालको रेडक्रस अन्तर्राष्ट्रिय स्तरमा आलोचित बन्दै गएको छ । राजनितिक पार्टिको जिल्ला सदस्य र महानगर सदस्यले रेडक्रस हाक्छन भने सेवा निस्पक्ष , स्वतन्त्र र तठस्तता कसरी हुन सक्ला ? यो एउटा गम्भीर बहसको बिषय बनेको छ । राजनीतिक भाग पनि चाहिने रेडक्रसको पद पनि नभै नहुने भएका कारण तिनले गर्ने सेवा , बिपतको उद्दार कार्यमा निस्पक्षता रहनेमा शङ्का उब्जाउने आइ एफ आर सिले बताउदै आएको छ ।काग कराउदै छ पिना सुक्दै छ भने जस्तै आइ एफ आर सि नेपालको सरकारलाइ रेडक्रसलाई शुद्धिकरण गर भनिरहेको छ तर नेपालका सत्तारुढ दलका नेताहरु रेडक्रसलाई आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाउदै आएको देखिन्छ । यहि गतिविधि रहिरहेमा नेपालको रेडक्रस माथी अन्तर्राष्ट्रिय प्रतिबन्ध नलाग्ला भन्न सकिँदैन । राजनितिक आस्था जे भएपनी दलको जिम्मेवारीबाट अलग भएको स्व घोषणा गरेर रेडक्रसको माध्यम बाट आम जनताको पक्षमा निस्पक्ष र तठस्थ सेवा गर्ने अभियान सुरु गर्ने सकारात्मक सन्देश दिने हिम्मत गर्नु अबको अपरिहार्य आवश्यकता बनेको छ । आइ एफ आर सि को आँखा बेलैमा खुलोस ।
प्रतिक्रिया दिनुहोस्