२०८२ श्रावण २
०६१४४५०००, ९८५६०३३३९१

ट्राफिक भवन बन्यो , किन रोकियो हस्तान्तरण ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्किको भवन बनेको ५ बर्ष नाघिसकेको छ । २०७७ को सुरुमै ट्राफिक कार्यालय र ब्यारेक नया भवनमा सरेको थियो । बनाउन झन्डै दुई बर्ष लागेको थियो । पृथ्वी चोकको साघुरो र पानी चुहिने कार्यालय र ब्यारेकको बिजोक देखेपछी पोखरेली समाजसेवी हरुले निर्माण समिती बनाएर ट्राफिक कार्यालय ब्यारेक बनाउने निश्कर्षमा पुगेर पोखराका हार्ड्वेयर व्यावसायि एबम समाजसेवी दिलिप श्रेस्ठ बाबाको अधक्षतामा समिति बनाइयो । पोखरा उधोग बाणिज्य संघका प्रतिनिधि पवन प्रजापति कोषाध्यक्ष र ट्राफिक कार्यालय कास्किका बरिस्ट स इ शिव बहादुर थापा सदस्य सचिब चुनिएका थिय ।
समितिले विभिन्न ब्यक्ती र सस्था सङ्ग नगद र जिन्सी चन्दा मागेर , भवन निर्माण कार्य सम्पन्न गरिएको थियो । सम्पन्न भएको पनि ५ बर्ष भयो तर ट्राफिक भवन निर्माण समितिकै नाममा छ अर्थात ट्राफिकलाइ हस्तान्तरण गरिएको छैन । भवन हस्तान्तरण नहुदा भवनको निर्माण लागत कति भयो ? कसले कति नगद सहयोग दिए , कसले कति जिन्सी दिए ? ॠण तिर्न बाकी छ कि , बोल्ने सहयोगदाताले दिन बाकी छ कि केही थाहा हुन सकेको छैन ।
सहयोग दाताहरुले आफ्नो नाम सिलापत्रमा कहिले आउला भनेर सोधेका सोधै छन तर पनि निर्माण समितिले भवन हस्तान्तरण गर्न सकेको छैन । किन कसको कारणले भवन हस्तान्तरण गरिएन ? कसले कति नगद र जिन्सी सहयोग दिए ? लागत कति खर्च भयो ? भन्ने बिषयमा लिखित सूचना मागेर नागरिकलाइ सार्बजनिक गर्ने तयारी भैरहेको एक अभियन्ताले बताएका छन ।
कोषध्यक्ष पवन प्रजापति आफुले आर्थिक कारोबार नगरेको भन्दै टक्टकिन्छन । अध्यक्ष दिलिप श्रेस्ठ आफ्नै २५-३० लाख बढी खर्च गएको बताउछन । सदस्य सचिब शिव थापा अब छिट्टै हिसाब सार्बजनिक गर्ने बताउछ्न । उनले छिटै भनेको महिनौ भयो तर कहिले अझै अनिस्चित छ । प्रहरीकै भवन बनाउने समिती किन यति सुस्ती ? किन भयो अस्वभाविक ढिलाइ ? आय ब्यय सार्बजनिक गरेर भवन हस्तान्तरण गर्ने बिषयमा केमा कुरो अड्कियो ? अब नागरिकले कानुनी अधिकार प्रयोग गर्नुको बिकल्प नरहेको बताइएको छ । अध्यक्ष दिलिप श्रेस्ठ अफुले गत बर्ष नै सार्बजनिक गर्न अनुरोध गरेको बताउछन । जसले जति दिएका छन त्यो सार्बजनिक गरौ बाकी ॠण मेरै नाममा लेखौ मै ब्यहोर्ने छु भन्छन । त्यसो भन्दा पनि किन भएन हस्तान्तरण जनता जान्न चाहन्छन ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्