२०८२ असार ३०
०६१४४५०००, ९८५६०३३३९१

नाम नेताको काम पार्टी र भातृ सङ्गठनको , सरकारी बजेटमा दलको हालिमुहाली !

सरकारले पदको दुरुपयोग गरेर दलको भलो गर्छ भने आम नागरिकले के अपेक्षा गर्ने ? पुजिगत खर्चको नाममा गरिने दलका भातृसस्थाका उद्दारले केही सिमित ब्यक्तिहरुको अर्थात सिमित बर्गको मात्र कल्याण गर्दछ यसलाइ लाभान्वित पक्ष बाहेकले राम्रो भन्न सक्दैन । त्यो केबल पदको दुरुपयोग सिबाय केही होइन । आफ्नो हात जगन्नाथ गर्ने प्रवृत्तिका कारण राजनीति फोहरी खेल हो भन्ने पुष्टि हुँदै गएको छ । त्यसले दलका नेता कार्यकर्तालाई खुसी दिएपनी आम नागरिकको मन कुड्याएको हुन्छ ।
संघीय सरकारले जेष्ठ १५ गते जारी गरेको आगामी आ ब को बजेटमा सत्तारुढ दलको भातृ सस्था तरुण दललाई कार्यालय बनाउन ३ करोड बजेट बिनियोजन गरिएको छ । सरकारको उपप्रधानमन्त्री समेत रहेका शहरी बिकास मन्त्री प्रकाशमान सिहको बिशेष सकृयतामा उक्त बजेट राखिएको नेपाली काङ्ग्रेसको भात्री सस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ स्वयमले बताउदै आएका छन । अध्यक्ष गुरुङले बजेट तरुण दलको भवन निर्माणको लागि राखिएको बिज्ञपति मार्फत प्रस्ट्याएका छन ।


फरक यति हो कि बजेट राख्दा गणेशमान सिहको नाम भजाइएको छ । गणेशमान सिह स्मृति प्रतिस्ठानको नाममा बजेट छुट्याइएको छ । यो जनतालाइ झुक्याएर राज्यकोषको दोहन गर्ने कुटिल चालबाजी रहेको राजनीतिक क्षेत्रका जानकारहरुले बताएका छन ।
जीवन भर काङ्ग्रेसको लागि लडेका वीर गणेशमान सिह जिबनको उतराद्दमा आफै काङ्ग्रेसk नामबाट समेत बैराग बन्न पुगेका थिए । पार्टीबाट अलग भएर बसेका गणेशमान सिहको बिरासतलाइ पुरै जनताको हितलाइ भुलेर पार्टिको भातृ सस्थाको सिमित कार्यकर्ताको लागि आम जनताको नासो नासो खर्च गर्नमै केन्द्रित बनेको देखिएपछि सर्बत्र आलोचना हुन पुगेको छ ।
तरुण दलको मात्र होइन शहरी बिकाश मन्त्री प्रकाशमान सिहले देश भरका विभिन्न ठाउँमा रहेका आफ्ना पार्टी र भातृ सस्थाका दर्जनौ कार्यालय बनाउन बजेट छुट्याउने काम गरेका छन । समग्रमा भन्दा सहरी बिकाश मन्त्री श्रेष्ठले आफ्नो दलको बिकाश गरेका छन आफ्नै हात जगन्नाथ भने झै गठबन्धन सरकारले जनताले तिरेको कर राजस्वमा तर मारेर आफ्नो दलको भनेजस्तो बिकास गरेका छन ।
ओली देउवा गठबन्धन सरकारले केन्द्रमा मात्र राज्यकोषको पैसा आफ्नो पार्टी र भातृ सस्थामा हालेका छैनन ।ऐतिहासिक ब्यक्तित्वको विभिन्न शीर्षक राखेर बजेट पार्टिको नाममा ल्याउने प्रयत्नहरु हुने गरेका छन । केन्द्रको मिलिभगत प्रदेश र स्थानीय तहसम्म आएर सत्ताधारी दलको पार्टी कार्यालय , भातृसस्थाको कार्यालय बनाउने गरिएको पाइन्छ । त्यसरी बनाइने कतिपय सरचना हरु मापदन्ड समेत परिपालना गरेको पाइन्न्न । कास्किमा केन्द्रको संघीय बजेट र प्रदेशको कृपाबाट पार्टी र भातृ सङ्गठनका भवन बनाउन के कति बजेट आए आउदा अङ्कहरुमा खुलाउने जमर्को गर्ने छौ ।
यस्तै पोखरा महानगरपालिका वडा न १६ मा मदन भन्डारी स्मृति भवनको नाम दिएर वडा पार्टी कार्यालय बनाउने योजना अघि सारिएको छ । पार्टि कार्यालय बनाउन गण्डकी प्रदेश सरकार सङ्ग बजेट माग गरिएको छ । गन्डकी प्रदेश सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयसङ्ग पार्टी कार्यालय बनाउन बजेट माग गरिएको कुरा वडा नम्बर १६ कार्यालयले सिफारिस समेत गरेको बुझिएको छ । अध्यक्ष अमृत शर्माले मदन भन्डारी स्मृति भवन योजना मागको सिफारिस गरिएको बताएका छन ।

Advertisement:

पोखरा १६ नम्बर वडा कार्यालयबाट योजना मागको सिफाइस समेत गरिएको र बजेट पर्ने सहमती समेत भएको एमाले निकट एक नेताले बताएका छन । मन्त्री आफ्नै पार्टिको भएको बेलामा बजेट त पार्लान नि ती नेताले भने । नाम मदन भन्डारीको राखेपनी पार्टी कार्यालय बनाउने पार्टिको योजना छ ।
सरकारी बजेट खर्च गर्ने सम्बन्धि मापदण्ड रहेको छ । भवन बनाउदा मापदण्ड र क्षेत्रफल पुगेको जग्गा हुनुपर्छ । अर्थात साढे २ आना भन्दा कम जग्गा भएको ठाउमा भवनको नक्सा कानुन बमोजिम पास नहुने पोखरा महानगरपालिकाका इन्जिनियरहरु बताउछन । नक्सा पास नगरिकन सरकारी बजेट खर्च गरि भवन बनाउनु अख्तियारको दुरुपयोग गर्नु हुन आउँछ ।
पोखरा १६ मा निर्माणका लागि प्रस्तावित एमाले पार्टी कार्यालय बनाउने जग्गा २ आना भन्दा कम रहेको बुझिन आएको छ । मुल सडकको जग्गा भएकोले ३५ फिट सडकको केन्द्रबाट मापदण्ड लाग्छ ।मापदण्ड छोड्दा घरै बन्ने सम्भावना देखिन्न तर पनि नेकपा एमाले वडा कमिटी १६ को जमर्को भने कसिलो छ । कानुनको फलो गर्ने हो भने भवन बन्ने सम्भावना नै नरहेको प्राबिधिकको तर्क रहदै आएको छ ।
पार्टी सरकारमा रहेको बेला जे पनि जायज हुन सक्छ भन्ने कुरा यत्रतत्र देखिन थालिएको छ । पोखरा ११ नम्बर वडाका अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले पोखराको मुटु चिप्लेढुङ्गामा कानुनको धज्जी उडाउदै मापदण्ड मिचेर राजस्व छल्दै नक्सा पास समेत नगरी गगनचुम्बी घर बनाइदिए । यहि नीति लिने हो भने पोखरा १६ मा एमाले पार्टि कार्यालय भवन सरकारी बजेट हालेर नबन्ला भन्न सकिन्न ।
बजेट दिने भौतिक पुर्बाधार मन्त्रालयका मन्त्री प्रकाश बहादुर केसिको अस्पताल चोकमा रहेको आफ्नै भवन रेट्रोफिटिङ्को नाममा घेराबन्दी गरेर नयाँ घर बनाएको बिषयले राम्रो चर्चा पाएको थियो । शक्तिको अभ्यासका कारण आजसम्म छानबिन भएको छैन । बिज्ञ प्राबिधिक लगाएर स्वतन्त्र छानबिन गर्ने हो भने अझै पनि सत्यतथ्य कुरा बाहिर आउन सक्छ तर बिरालाको घाटिमा कसले बाध्ने घन्टी ? बिगतमा भएका गल्ती कमि कमजोरीबाट पाठ सिक्न सकियो भने पछि दशा बिग्रेको बेलामा दुख पाइन्नथ्यो कि !
निर्माण समितिको अध्यक्ष बनाइएका चित्र बहादुर थापा प्रदेश सरकार बजेट मागेको कुरा अस्वीकार गर्छन । उनले ब्यक्ति र कार्यकर्ता सङ्ग सहयोग मागेर कार्यालय बनाउने बताएका छन । पार्टिले बजेट माग्न वडाबाट सिफारिस लगेको कुरा थाहा नभएको बताएका छन । यथार्थ कुरा के हो हामी पाठकहरुलाइ बताउदै जाने छौ । प्रतीक्षा गरौ ।

प्रतिक्रिया दिनुहोस्