
काठमाडौ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्र.प्र.अ सरोज गुरागाईंको निर्णय तत्काल कार्यान्वयन नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । मेयर बालेन र प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाइ बीच बिबाद जारी रहदा उप प्रमुख सुनिता डङ्गोलले गुरागाइलाइ हाजिर गर्न ताला चाबी फोडेर भित्र्याउन खोज्दा राजुनाथ पान्डेले रोक्न प्रयास गरेका थिए ।
उप प्रमुख डङ्गोलले दलको बलमा टेकेर बालेनलाइ असफल बनाउन गुरागाइलाइ हाजिर गराउने प्रपन्च रचेकी थिइन । गुरागाइ भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका छन । तर नेपालका प्रधानमन्त्री केपि ओली समेतले बालेनको खिलापमा विभिन्न योजना बनाइरहेको बताइन्छ ।
निर्माणाधीन काठमाडौ मलको नक्सा पास कान्डमा गुरागाइले भ्रष्टाचार गरेको आरोप लगाएर छानबिनमा तानेका थिए । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइले इगो साधेर स्पस्टिकरण सोधेर राजुनाथ पान्डेलाइ कारबाही स्वरुप ६ महिनाको लागि निलम्बन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्