
रामप्रसाद पाैडेल
पाेखरामा रहेर भाषा, कला, साहित्य र संस्कृतिकाे उत्थानमा निरन्तर कृयाशील रहेकाे साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचाैरले आफ्नाे वार्षिक कार्ययाेजना अन्तर्गत यस वर्ष पनि श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजन गर्दै छ। प्रतिष्ठानले श्रावण ३१ गते जन्माष्ठमिका दिन ऐतिहासिक मैदान बाटुलेचाै मैदानमा साे भजन प्रतियाेगिता गर्ने भएकाे कुरा प्रतिष्ठानका सचिव राम प्रसाद पाैडेलले जानकारी गराए। प्रतिष्ठानकाे शनिबार बसेकाे पूर्ण समिति बैठकले साे कुराकाे निर्णय गरेकाे छ।
प्रतिष्ठानले विगत २५ वर्षदेखि हरेक वर्ष जन्माष्ठमीकाे दिन राष्ट्रव्यापी रुपमै जन्माष्ठमी बिशेष राष्ट्रिय श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजन गर्दै आइरहेकाे छ र यस वर्षकाे प्रतियाेगिता २६ अाैं संस्करणकाे रुपमा आयाेजन गर्ने भएकाे छ । राष्ट्रिय श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजनका लागि संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतकाे संयाेजकत्वमा मूल आयाेजक समिति र आवश्यक विभिन्न उपसमितिहरु गठन गरेर प्रतिष्ठान प्रतियाेगितालाई भव्य सभ्य र धार्मिकरुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुटेकाे छ।
यसै सन्दर्भमा कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतले -यस पटक प्रतियाेगितामा देशका विभिन्न ठाउँका भजन समिति र नियमित प्रतियाेगीहरु समूहहरु संगै विध्यालयका विध्यार्थी टिमहरुलाई पनि सहभागिताकाे लागि आह्वान गरिने बताउनु भयाे । नया पुस्तामा लाेक संस्कृति र भजन प्रतिकाे अभिरुचिलाई थप उर्जा प्रदान गर्ने धेयले प्रतिष्ठानले सकेसम्म बढी विध्यालय टिमहरुलाई पनि प्रतियाेगितामा सहभागिताकाे लागि आह्वान गरिएकाे बताए ।
“जहा संस्कृति त्यहाँ साहित्य” भन्ने धेयका साथ जन्माष्ठमी विशेष श्रीकृष्ण भजन प्रतियाेगिता आयाेजन गर्दै आएकाे कुरा गर्दै प्रतिष्ठानका उपाध्यक्ष दीपेन्द्र बानियाँले यस पटक प्रतियाेगितामा कथाकाे विषय वस्तु एवं भजन रचनाशैलीलाई विशेष ध्यान दिइने र प्रतियाेगी टिमले आ-आफ्ना भजन रचनाहरु २०८२ श्रावण २७ गते अपरान्ह ४ बजेसम्म समूह दर्ता संगसंगै आफूले गाइने भजनकाे प्रतिलिप पनि बुझाउनु पर्ने जनाउ दिएका छन ।
भजन दर्ता र पुरस्कारकाे सन्दर्भमा बाेल्दै संस्थाका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले दर्ता शुल्क रु ३ हजार र पुरस्कारकाे हकमा प्रथम पुरस्कार रु १ लाख, द्वितीय पुरस्कार रु ७५ हजार, तृतीय पुरस्कार रु ५० हजार, सान्त्वना पुरस्कार रु २५ हजार र प्रत्येक सहभागी टिमलाई सहभागिता स्वरुप रु ५ हजारका दरले प्रदान गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्