२०८२ श्रावण ७
०६१४४५०००, ९८५६०३३३९१

प्राबिधिक नभएपछि बागलुङ यातायातको सेवा ठप्प , सयौ सेवाग्राही समस्यामा परे , प्रदेश सरकार कुम्भकर्ण निन्द्रामा !

सेवाग्राहीलाई एक दिनको महत्व जीवन सङ्ग जोडिएको हुन्छ । तर सरकारी निकायको अकर्मण्यताले नागरिकसङ्ग प्रत्यक्ष सेवा जोडिएको यातायात कार्यालय बागलुङमा प्राबिधिक कर्मचारी नहुदा सेवाग्राही प्रतक्ष मर्कामा परेकाछन । एक हप्ता देखि बागलुङ यातायात कार्यालय प्राबिधिक बिहिन रहेको छ । प्राबिधिक नहुदा सवारीको जाँच पास , दर्ता , नामसारी ,सरुवा सहमति र लाइसेन्स परीक्षा सङ्ग सम्बन्धित कार्य ठप्प हुन पुगेको छ ।
गत असार १ गते बाट बागलुङ यातायात कार्यालय प्राबिधिक बिहिन हुन पुगेको हो । बागलुङमा सवारी दर्ता सहमतिका लागि सेवा लिन पुगेका एक सेवाग्राहीले टेलिफोन मार्फत आफ्नो पीडा सुनाउदै भने ” गाडी दर्ताको काम सकेर बिदेश जानू पर्ने तर इन्जिनियर नभएका कारण आफ्नो काम बिग्रन पुग्यो ” न गाडी अलपत्र छोड्नु न बिदेश छोड्नु उनले आक्रोश पोखे ।
उनी एक प्रतिनिधि पात्र मात्र हुन दिनमा दर्जनौ सेवाग्राही बागलुङ यातायात कार्यालय पुग्दै रित्तोहात फर्कन बाध्यान पारिएका गुनासाहरु बग्रेल्ती आइरहेका छन । तर पनि गण्डकी प्रदेश सरकारले एकजना प्राबिधिक पठाएर सेवा सुचारु गर्ने चासो नदिनुलाइ गण्डकी प्रदेश सरकारको अकर्मण्यताले हद नाघेको छ । सदरमुकाम बस्ने शासक प्रशासकले अन्य जिल्लाका नागरिक प्रती देखाएको बेवास्ताले सरकारले नागरिक प्रती देखाउने बिभेदको चित्रण गरेको सामाजिक अभियन्ताहरु बताउछन ।
बागलुङ यातायात कार्यालय प्रमुखले आफ्नो कार्यालयमा प्राबिधिक पठाउन आफ्नो तालुक मन्त्रालय भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय पोखरामा पटकपटक अनुरोध गरेको तर एक हप्ता सम्म सुनुवाइ नगरेको बताइन ।उनले भनिन मैले आफ्नो कार्यालयका प्राबिधिक बिधुत प्राधिकरणमा नाम निकालेर गए लगत्तै असार २ गते नै मन्त्रालयमा अनुरोध गरेको बताइन । एक हप्ता देखि काम ठप्प छ तर मन्त्रालयले आजसम्म प्राबिधिक पठाएको छैन ।
पोखरा यातायात कार्यालयमा कामको चाप घटेको छ तर यहाँ तीन जना प्राबिधिक कार्यरत छन । तत्कालको लागि पोखराबाट काजमा बागलुङ खटाउन सकिने भएपनी मन्त्रालयले त्यति सम्म पनि पहल नगर्दा धौलागिरीका जनताले सास्ती पाएका छन । प्रदेश सरकारले छिमेकी जिल्लाका जनताको समस्या सम्बोधन गर्न नसक्नुलाइ बिडम्बना मानिएको छ । आर्थिक बर्षको अन्त्यमा कामको चाप बढी हुने गर्छ तर कसले बुझ्ने नागरिकको पीडा ? प्राबिधिकको अभावमा कहिले सम्म सेवा ठप्प हुन्छ बागलुङमा ? प्रदेश सरकारक कुम्भकर्णको निन्द्राबाट कहिले ब्युझन्छ ? हामी निरन्तर फलो अपमा रहनेछौ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्