२०८२ असार २२
०६१४४५०००, ९८५६०३३३९१

खोला घाटमा सवारी कारबाही प्रहरिलाइ २० प्रतिशत कमिसन !

पोखरा महानगरपालिकाले राजस्व असुलिमा सहयो गरे बापत प्रहरिलाइ प्रोत्साहन शिर्षकमा कमिसन दिने गरेको तथ्यांक प्राप्त भएको छ । प्रहरिले पोखरा महानगरपालिकाको खोला घाट खानिमा अनियमित प्रबेश गरि नदिजन्य प्राकृतिक स्रोत निकाल्ने जेसिबी , बिल र अनुमती बिना ओसारपसार गर्ने ट्रक, ट्रीपर , ट्र्याक्टरलाई नियन्त्रणमा लिइ महानगरपालिका बुझाए बापत असुल भएको दन्ड जरिवाना राजस्वको २० प्रतिशत रकम कमिसन प्रहरीलाई दिने गरेको छ ।


महानगरपालिकाले अर्थिक ऐनमा नै ब्यबस्था गरेर प्रोत्साहन शिर्षकमा प्रहरीलाई यसरी कमिसन दिदै आएको छ ।महानगरले जुन इलाकाको प्रहरीले त्यस्ता कारबाही गरि जेसिबी , ट्रक , बस ट्याक्टर पक्राउ गरेको छ त्यही प्रहरी कार्यालयलाइ सिधै रकम कमिसन दिने गरेको छ ।
गत बर्ष पोखरा महानगरपालिकाले इलाका प्रहरी कार्यालय हसपुरलाई १९ हजार २ सय , वडा प्रहरी कार्यालय गगनगौडालाइ १५ हजार , वडा प्रहरी कार्यालय बगरलाइ सबै भन्दा बढी १ लाख १७ हजार , वडा प्रहरी कार्यालय बैदामलाइ २४ सय र वडा प्रहरी कार्यालय रामबजारलाइ ९ हजार ६ सय रुपैयाँ कमिसन स्वरुप बितरण गरेको थियो । यो आर्थिक बर्षको कमिसन रकम दाबी गर्न प्रहरी नआएको महानगर राजस्व शाखाले बताएको छ ।
गैरकानुनी ढङ्गले अनुमती नलिइ खोलामा डोजर चलाए ५० हजार रुपैयाँ , निजि जग्गामा डोजर लगाए ३० हजार रुपैयाँ जरिवाना स्वरुप राजस्व लिने कानुनी प्राबधान रहेको छ । यस्तै नदिजन्य पद्दार्थ कानुन बिपरित ओसारपसार गरे समान जफतको अलावा मिनि ट्रक / ट्र्याक्टरबाट ८ हजार , ट्रक बाट १० हजार र ट्रीपरबाट १२ हजार सम्म जरिवाना असुल गरिन्छ । यहि जरिवाना असुलिबाट प्रहरिलाइ २० प्रतिशत रकम कमिसन दिइन्छ ।

Advertisement:

२ वटा जेसिबिबाट ६० हजार जरिवाना असुलि

पोखर महानगरपालिकाले यसै हप्ता २ वटा जेसिबिलाइ कारबाही गरि ६० हजार राजस्व असुल गरेको छ । पोखरा १६ कालिखोला छेउमा रहेको ब्यक्तिको जग्गा सम्म्याउन रातको समयमा प्रयोग भएका २ वटा जेसिबी बाट जरिवाना असुल गरेको हो । रातको ९ बजे जेसिबी लाइरहेको अबस्थामा स्थानिय प्रत्यक्ष दर्शिले कास्की प्रहरिलाइ खबर गरेपछी ती जेसिबी रातिनै प्रहरीले नियन्त्रणमा लिइ भोलिपल्ट महानगरमा बुझाएको थियो ।

यस्तै अनुमति नलिइ पोखरा १६ अर्मला सयालेमा पोखरा १ बगरका अशोक केसिले निजि मकैबारिमा डोजर लगाइ रहेको अबस्थामा पक्राउ परेको डोजरको कागजपत्र र चाबी महानगरमा बुझाइएको डेड महिना हुदापनी राजस्व तिर्न गएको छैन । प्रहरीले उक्त डोजर नियन्त्रणमा नलिइ चाबी र ब्लु बूक मात्र बुझाएको छ । डोजर लगाउने र चलाउने राजस्व बुझाउन महानगर गएका छैनन । प्रहरी कारबाहिमा परेको डोजरले राजस्व नतिरी अर्को काम गर्न नमिल्ने महानगरपालिकाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्