
स्व. डा डि बि सिंह फाउन्डेसनको प्रथम साधारणसभा पोखरामा सम्पन्न भएको छ साधारणसभाले सन्तबहादुर घिसिङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा लेखराज रेग्मी (दाङ ), सचिबमा लक्ष्मण पुरी (नवलपुर ), कोषाध्यक्षमा ज्ञानु आचार्य (कास्की ),र सह सचिबमा नेत्रपाणी चालिसे सुर्खेत सर्बसम्मत चयन भएका छन ।यस्तै सदस्यहरुमा शारदा केसि (प्युठान ), आमोस चौधरी ( कास्की )यसोधा चौधरी (दाङ ), उत्तम कडेल (धादिङ ) , बिन्दुराज सापकोटा (कास्की )र घनश्याम सुवेदी (दाङ) चयन भएकाछन ।
डा. डि. बि सिंह स्मृति फाउन्डेसनकाे प्रथम साधारण सभाकाे उद्घाटन सत्रमा सास्थाको कार्य प्रगती , आय ब्यय सार्बजनिक गर्नुका साथै सस्थाको बिधानमा छलफल गरि समय सापेक्ष संशोधन गरिनु पर्नेमा सहभागी सदस्य तथा पदाधिकारीहरुले सुझाब दिएका थिए । अध्यक्ष सन्त बहादुर घिसिङले डा डि बि सिहको किर्तित्व र ब्यक्तित्वको बारेमा प्रस्ट पारेका थिए । प्रकृति – मानव केन्द्रित जनअभियान , नेपालका अध्यक्ष तथा बाताबरण सुधारक अभियन्ता बिन्दुराज सापकोटाले भेलाको सहजीकरण गरेका थिए ।
साधारणसभामा पत्रकार तथा सुचना सन्जाल कास्किका अध्यक्ष यदुनाथ बन्जाराले प्रकृति र मानव बीचको अन्योन्याश्रीत सम्बन्धको बारेमा समर्पित डा डा डि बि सिन्हलाइ राज्यले चिन्न नसकेको पारसमणी रहेको बताउदै उनको कृतित्वको सम्बर्द्धन र प्रबर्द्धनमा जुट्न आवस्यक रहेको बताएका थिए । कार्यक्रममा बिन्दुराज सापकोटा , उत्तम कडेल , घनश्याम सुवेदी लगाएतले शुभकामना ब्यक्त गरेका थिए । सन्तबहादुर घिसिङको अध्यक्षतामा आयोजित साधारणसभा यसोधा चौधरीले स्वागत तथ कार्यक्रमको संचालक सचिब घनश्याम सुवेदीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्