२०८२ असार २०
०६१४४५०००, ९८५६०३३३९१

स्थानियको प्रश्न , रेडक्रसले मिचेको फुटपाथ कहिले हट्ला ?

 

रेडक्रसले नै सामाजिक मूल्य र मान्यतामा बेवास्ता गर्छ भने अन्य संघ सस्थाबाट कस्तो अपेक्षा राख्ने ?यो एउटा गम्भीर प्रश्न बनेको छ । समाजसेवामा बिश्वमै नाम कमाएको रेडक्रसले नेपालमा भने आलोचना कमाएको छ । बिपतमा उद्दार गर्नु , द्वन्द्वमा परेका पीडितलाई राहतको मल्हम लगाउनु र रक्त सन्चार बैकको ब्यबस्थापन गर्ने कार्यमा जुटेको नेपाल रेडक्रस सोसाइटी आफै कतिपय बिषयमा आलोचनाको नमुना बन्दै आएको छ । आधारभूत सिद्धान्त प्रतिकुल कार्य गरेको पुष्टि भएपछी आफ्नो तालुक सस्था आइ एफ आर सिले कारबाही स्वरुप बिघटनको चेतावनी दिएको छ । नेपाल सरकार समेत नेपाल रेडक्रस सोसाइटीलाई कारबाही गर्न स्पष्टीकरण प्रक्रियामा गैसकेको छ ।यसले आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय तहमा ख्यातिप्राप्त हुने अपेक्षा गरिएको छ । रेडक्रसले पालना गर्नै पर्ने आधारभूत सिद्धान्तमा समेत सिकायत गर्ने प्रबृती बढे पछि नेपालका इमान्दार रेडक्रस कर्मिहरुमा समेत निरासा जन्मिएको छ ।

Advertisement:

बर्षौ देखि ब्लड बैंक कास्किले अतिक्रमण गरेको फुट ट्र्याक हट्नेमा अझै अनिश्चित

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान , गन्डकी अस्पताल चोकमा रहेको रेडक्रस कास्किले सन्चालन गरेको ब्लड बैंकले दशकौ देखि फुटपाथ अतिक्रमण गरि बनाएको सरचना हट्नेमा अझै अनिश्चित रहेको छ ।बर्षौ अघि निर्मित भवनले पैदलयात्रुहरुलाइ सास्ती दिएको भन्दै स्थानीयले गुनासो गरेका छन । अस्पताल चोकको दक्षिण ढोकाको बायाँ पट्टि रहेको भवनमा राखिएको पसलहरुले पैदल यात्रीको अधिकारलाई कुन्ठित बनाएको देखिन्छ । बायाँ पट्टि रहेको पर्खाल अस्पतालले पछाडि सारेको छ भने दायाँ तर्फको अतिक्रमण स्वास्थ्य मन्त्रालयले हटाइसकेको छ ।
अस्पतालको गेटैमा रहेको फुट ट्र्याक अतिक्रमणका कारण ब्यस्त पीच सडकमा ओर्लेर हिड्नै पर्ने बाध्यता रहेको र सवारी दुर्घटनामा पर्न सकिने जोखिम रहेको स्थानिय समाजसेवी नेपाल सरकारका पुर्ब उपसचिव समेत रहेका अधिबक्ता शिव प्रसाद गौतमले गुनासो गरे । जोखिमपूर्ण अतिक्रमित फुटपाथ हटाउन स्थानीयले ११ नम्बर वडा कार्यालय र रेडक्रस कास्की कार्यालयमा पुगेर हार गुहार मागेका छन । ११ नम्बर वडा कार्यालयले २०८२/१/११ गते रेडक्रस कास्किलाइ मापदण्ड कायम गरि भवन हटाउने सम्बन्धमा पत्राचार गरेको छ । पोखरा १० र ११ नम्बर वडाको सिमानामा रहेको रेडक्रस कास्किको ब्लड बैकको मोहोडा खन्डमा रहेको टहराहरुमा ५ वटा ब्यापारिक सटर कबल बनाइ पसल थापिएको छ ।

सामाजिक सस्थाले नागरिकको सुरक्षित बाटो प्रयोग गर्ने अधिकारमाथी खेलवाड गरिरहेको दृश्य आम चासोको बिषय बनेको छ । रेडक्रसले तत्कालीन अबस्थामा बाटोको मापदण्ड मिचेर सरचना बनाइएको भएपनि हालको ब्यस्त सडकको अबस्थालाई मध्यनजर गरि अतिक्रमण हटाउने तर्फ ध्यान जान नसक्नुलाई बिडम्बना मानिएको छ ।
महानगरको मापदन्ड अनुसार सडकको केन्द्रबाट ३० फिट मापदण्ड छोडेर मात्र सरचना निर्माण गर्नुपर्ने कानुन रहेको छ । मापदण्डअनुसार कायम गर्दा पसल सहित ब्लड बैक रहेको भवन कार्यालय समेतमा क्षती पुग्न जाने अबस्था छ । स्थानीयको निबेदन पछि ११ नम्बर वडा कार्यालयले रेडक्रस कास्किलाइ पत्र लेखी अतिक्रमण हटाउन भनेको पत्र सराङ्कोटलाइ प्राप्त भएको छ । पत्र देखाउनको लागि मात्र लेखिएको हो वा कानुन कार्यान्वयनका लागि हो भन्ने कुरा भविस्यको गर्भमा रहेको छ ।
रेडक्रसले अतिक्रमण गरेको फुटपाथ कहिले हटाउछ भन्ने हाम्रो जिज्ञासामा रेडक्रस कास्किका कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाले श्रावण सम्म हटाउने प्रतिक्रिया दिएका छन । ब्लड बैक पनि सोही भवनमा रहेकोले ब्लड बैकको ब्यबस्थापन गर्न केही समय लाग्ने प्रमुख कोइरालाले बताए । यता फुटपाथका सटरमा व्यापार गरिरहेका ब्यापारीहरु म्याद थप गरिदिन माग गरिरहेकाछन जसको कारण फुटपाथ अतिक्रमण क्लियर गराउन समय लाग्ने आकलन गरिएको छ ।
हेर्दा सामान्य लाग्ने यो प्रकरण भोगाइमा भने जटिल र मुल्यांकनमा आलोचना योग्य बिषय बनेको छ । रेडक्रस आफै बिपतको उद्दारमा खट्ने सस्था भएर पनि आफ्नै सरचना जोखिमपूर्ण र बिपत ल्याउने प्रकृतिको रहनुलाइ बिडम्बनापुर्ण मानीएको छ । स्थानियको माग र पैदल यात्रुको सुरक्षाको लागि अतिक्रमित सरचना जतिसक्दो छिटो हटाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्