२०८२ असार ३२
०६१४४५०००, ९८५६०३३३९१

एसइइ नतिजा अपडेट कास्किमा ६४ लाई ४ जिपिए ,मदरल्यान्डका ११, बिन्ध्यबासिनिका सहजले ल्याए ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा कास्किबाट ६४ जनाले ४ जिपिए हासिल गरेका छन ।सबैभन्दा बढी मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हुनसक्ने बिध्यालयका सन्चालक नारायण बरालले बताए ।

बरालका अनुसार अघिल्लो वर्ष १० जनाले ४ जिपिए ल्याएकोमा यस वर्ष ११ जनाको आएको बताए । मदरल्याण्ड माविबाट सहभागी १६६ जना विद्यार्थीहरु मध्ये ११ जना ४ जि.पि.ए र १८ जनाले ३.९६ जि.पि.ए सहित ३.६ भन्दा माथी जिपिए १३७ जनाले, ३.२० देखी ३.६० २८ जनाले र बाँकी १ जनाले ३.०५ जि.पि.ए प्राप्त गरी सतप्रतिशत सफल नतिजा निकालेको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

Advertisement:

२०८० को एसइईमा १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका थिए । त्यसै गरी २०७९ एसइईमा २ जना विद्यार्थी, र २०७५ सालको एसइईमा ७ जनासम्म विद्यार्थीको ४ जिपिए आएको थियो ।

सामुदायिक बिध्यालयको नतिजामा सुधार

बिन्ध्यबासिनी माबिका सहज घिमिरे

यो बर्षको एस इ इ नतिजामा कास्किले सुधार ल्याएको छ । बिगत बर्षको तुलनामा यो बर्ष कास्किका सामुदायिक बिध्यालयको नतिजामा उल्लेख्य सुधार आएको नतिजा तथ्यांकले बताउछ । यो बर्ष अमरसिंह माबिका ५ जना,जनप्रीय माबीका ४ जना , भद्रकाली माबिका ४ जना , बिध्यार्थिले ४ जिपिए ल्याएका छन । यस्तै गोगन माबी गगनगौडाका १ जना , बालमन्दिर माबिका १ जना छोरेपाटन माबिका १ जना , जनचेतन माबि निर्मलपोखरीका १ जनाले ४ जिपिए ल्याएकाछन । यो नतिजाले सामुदायिक बिध्यालयको गुणस्तर सुधारको अपेक्षा गरिएको छ भने गत बर्षको समीक्षा गर्दा सस्थागत बिध्यालयको नतिजामा खासै प्रगती भएको छैन । ६४ जनाले ४ जिपिए ल्याएकोमा सामुदायिक बिध्यालयबाट १८ जना परेका छन भने बाकी ४६ जना सस्थागत बिध्यालयका बिध्यार्थिले पाएका हुन । पोखरा महानगरपालिकाबाट परीक्षा दिएका मध्य १५०९ जना ग्रेड ल्याउन सकेका छैनन ।

कोराबाट परिक्षा दिएका तिमल्सिनाले ल्याए ३.८३ जिपिए

परिक्षाको अघिल्लो दिनमा बुवाको हृदयघातबाट निधन भएका कारण सचित तिमल्सिनाले पितिशोकका बाबजुद एस इ इ को परिक्षा फेस गरेका थिए । उनले एस इ इ परिक्षामा ३.८३ जिपिए ल्याएर ए प्लस नतिजा हासिल गरेका छन । गण्डकी बोर्डिङमा अध्ययन गरेका तिमल्सिनाले बिन्ध्यबासिनी माबी बाटुलेचौर केन्द्रबाट परीक्षा दिएका थिए । पीडाले आक्रान्त भएर परीक्षा दिदा पनि उनले अब्बल नतिजा ल्याएर नियतिको खेलको सामना गरेकाछन ।

प्रतिक्रिया दिनुहोस्