२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखराका १७ जुवाडे प्रहरी फन्दामा , ५ दिन म्याद थप

कास्की प्रहरीले पोखरामा जुवा खेलिरहेका १७ जनालाई पक्राउ गरि सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्दको अपराध अनुसार ५ दिन म्याद थप गरि थप अनुसन्धान अगाडि बढाएको छ । असार २२ गते पोखरा १०- रक्षामार्ग बाट ९ जना जुवाडे पक्राउ परेका छन । उनिहरुको साथबाट ४ बुक ताश र २ लाख २२ हजार रुपैयाँ नगद बरामद गरेको थियो ।
यस्तै पोखराको रामबजार घलेचोक बाट ४ बुक तास र १ लाख ९१ हजार नगद सहित ८ जना जुवाडे पक्राउ गरेको कास्की प्रहरीका नि सुचना अधिकारी अबिनाश दिप केसिले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ । पक्राउ परेका जुवाडे मध्य ६ जना महिला र ११ जना पुरुष रहेकाछन । पक्राउ परेका आरोपीहरुमा गुरुङ र मगर समुदायका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्