पोखरा महानगरपालिका वडा नम्बर १६ लाई शैक्षिक हबको रुपमा लिइन्छ । पस्चिमान्चल इन्जिनियर क्याम्पस , गण्डकी बोर्डिङ, गण्डकी कलेज अफ इन्जिनियरिङ , देशकै चर्चित बिध्यालय बिन्ध्यबासिनी मा बि , ले शैक्षिक बिरासत धानेको छ । शैक्षिक बिरासतको टेवा थप्न बिन्ध्यबासिनी क्याम्पसले आफ्नो पाइलालाइ सफलताको उचाइमा डोर्याउदै अघि बडेको छ ।
बि स २०६६ मा बिन्ध्यबासिनी माध्यमिक बिध्यालय ब्यबस्थापन समितिको पहलमा तत्कालीन बिब्यस अध्यक्ष गोपाल थापाको पहल र स्थानिय शिक्षा सेवीहरुको सक्रियतामा स्थापना गरिएको बिन्ध्यबासिनी क्याम्पसले ब्यबस्थापन बिषयमा स्नातक अध्यन गराउदै आएको छ । ब्यबस्थापन बिषयमा बिन्ध्यबासिनी क्याम्पसले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा दिदै आएको छ ।
उत्तरी पोखराको लागि ब्यबस्थापन बिषयको निर्बिकल्प क्याम्पसको पहिचान बनाउन सफल बिन्ध्यबासिनी क्याम्पस त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त एक सामुदायिक क्याम्पस हो । पछिल्ला बर्षमा क्याम्पसले शैक्षिक गुणस्तरमा उल्लेख्य योगदान पुर्याउदै आएको क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानिया बताउछ्न ।
ब्यबस्थापन बिषय पढ्न इच्छुक बिध्यार्थीहरुले सर्बसुलभ शुल्कमा बिहानिको कक्षा लिन सहज बनाइएको छ । बिहान पढेर दिउँसो जिबिकोपार्जनमा जुट्न समय मिल्ने भएकोले बिब्ध्यबासिनी क्याम्पस बिध्यार्थिको रोजाइको शैक्षिक सस्था बन्दै गएको छ । हाल क्याम्पसमा २०७ जना बिध्यार्थिले बिबिएस अध्यन गर्दै आएको क्याम्पस प्रमुख सुमन केशब पराजुली बताउछन ।
बिन्ध्यबासिनिका बिध्यार्थिले देशकै अब्बल नतिजा दिन सफल भएका छन । गत बर्ष निर्मला रेग्मिले कास्की टप गरेर क्याम्पसको इज्जत र आफ्नो भविस्य सुरक्षित बनाएकी छन ।यस्तै तिलक आचार्यले ७४ प्रतिहत अङ्क ल्याएर त्रिभुवन बिश्वबिद्धालय अन्तरगतका कलेजहरुमा अग्रता लिइरहेका छन । अनुभवी शिक्षक र अध्यनमैत्री बातावरणका कारण शैक्षिक प्रगतिमा टेवा मिलेको सफल बिध्यार्थिहरुको अनुभव रहेको छ ।
बिध्यार्थिको बिदेश पलायनको लहर चलेर देशका चर्चित पुराना कलेजहरुमा बिध्यार्थी सङ्ख्या घट्दै गएको सन्दर्भमा बिन्ध्यबासिनी क्याम्पसमा बिध्यार्थी थपिदै जानुले पनि गुणस्तरीय शैक्षिक उपलब्धीलाई चित्रण गराएको छ । बिन्ध्यबासिनी माबी प्रमुख सरक्षक रहेको क्याम्पसले आगामी बर्षहरुमा उल्लेख्य योगदान र नमुना बन्न सक्ने सभावनाको ढोका खुलेको छ । ३ सय जना भन्दा बढि स्थानिय समाजसेवि र शिक्षा प्रेमिहरु सिनेटरको भुमिकामा रहेको बिन्ध्यबासिनी क्याम्पसले आफ्नै भवन बनाउन भारतिय राजदुतावासबाट सययोगको प्रतिबद्धता पाएको छ ।नेपालको शैक्षिक बिकास प्रती भारत सरकारको सदिक्षालाइ सार्थकता दिन भवन निर्माण स्थलको जग्गा प्रबन्ध मिलाउन कास्केली नेता र सरकार सरोकारवाला को सकारात्मक पहल जरुरी देखिन्छ । यो पहललाई सार्थकता दिन सकियो भने उतरी पोखराका बिध्यार्थी अभिभावक र समग्र पोखरेलिको लागि उपलब्धिको ढोका खोलिने बिन्ध्यबासिनी क्याम्पसका एकेडेमिक कोअर्डिनेटर बिजय शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्