बजारमा आकर्षक र चिटिक्कका बोरामा प्याक गरिएका मन्सुली र बासमती चामल भित्र भने सडेगलेको र ढुसी परेर खानै नसक्ने अबस्थाका पाइएपछी उपभोक्ताले मानब स्वास्थ्य माथी चरम खेलवाड हुने गरेको महसुस गर्न थालेका छन । महङ्गोमा बिक्री गर्न विभिन्न उपहार समेतको लोभ देखाएर उपभोक्तालाई कुहिएको चामल बिक्री गर्न थालेपछी उपभोक्ता आफ्नो स्वास्थ्यको बिषयमा सोच्न बाध्य भएकाछन । उपभोक्ता माथी बिगमार्टले चरम खेलवाड गर्ने गरेको प्रमाण बाहिरिएको छ ।
बिग मार्टले नेपाल भरी आफ्नो ब्यबसाय बिस्तारलाई तिब्रता प्रदान गरेको छ । पोखरामा मात्र बिग मार्टको नामबाट ६ वटा ग्रोसरी स्टोर्स सन्चालनमा ल्याएको छ । गुणस्तरीय खाधन्न सामग्रीको अपेक्षा र भरोसा राखेका उपभोक्ताहरुको बिस्वास तोड्ने गरि गुणस्तरहिन र अखाद्य खाधन्न बिक्रि गरेको उपभोक्ताले फेला पारेकाछन ।
पत्राकार समेत रहेका पोखरा १६ का उपभोक्ता यदुनाथ बन्जाराले २०८२ असार २४ गते पोखरा -११ फुलबारीमा रहेको बिग मार्ट बाट खरिद गरेको चामल घरमा पुगेर खोली हेर्दा ढुसी परि सडे गलेको अबस्थामा रहेको पाएपछि खाध्य तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्किमा जानकारी गराएका थिए । सडेगलेको चामल बिक्रीको बिषयमा जानकारी पोखराका एरिया मेनेजर रुपक श्रेस्ठले वाएर हाउस बाट समान आउने भएकोले भित्र कस्तो छ थाहा नहुने बताउछन । भारतबाट काठमाडौ लगेर काठमाडौमा प्याकिङ गर्ने र उपत्यका बाहिर सप्लाइ गर्ने गरेको खुल्न आएको छ ।
आशियाना ९२१ ब्रान्डको ग्रीन लेबल लेखिएको आकर्षक बोरामा प्याक गरिएको बासमती चामल भित्र भने ढुसी परेर कालो डल्लो परेको पाइएको थियो । बिहिवार खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख नवराज दहालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्किका प्रतिनिधि समेतको टोलिले बिगमार्ट फुलबारीको स्थलगत अनुगमन गरेको थियो । एउटै ब्याचका आशियाना ९२१ ब्रान्डाका ग्रीन लेबल चामल बोरा खोली नमुना सङ्कलन गरिएको थियो ।
नमुना सङ्कलनका क्रममा बोरा खोली हेर्दा चामलमा किरा फेला परेको थियो । २०२५ को मे महिनामा प्याक गरिएको चामलमा किरा फेला परेको बिषयले चामलमा कैफियत हुन सक्ने बताइएको छ । चामल प्याकिङ गरेको दुई महिनामै किरा भेटिनु राम्रो नभएको अनुगमनमा सलग्न खाध्य तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीले बताएका थिए । सङ्कलित नमुनाको परिक्षणको नमुना कस्तो आउँछ त्यो भने प्रतिक्षाको बिषय बनेको छ । चामल आपूर्तिकर्ता फर्म र पोखराको खाध्य प्रयोगशालामा ल्याब मेसिन सप्लाइ गर्ने रानिसती नामको एउटै फर्म रहेको अनुगमनका क्रममा कुरा चलेको थियो ।
सडेगलेको “९२१ आशियाना ग्रीन लेबल “चामल भारतको हरियानामा रहेको जिआरएम फुड्स प्रालिले उत्पादन गर्ने र नेपालमा रानिसाती इन्टर्नेश्नल प्राली कुलेस्वर काठमाडौले आयत गरि बजारिकरण गर्ने गरेको पाइएको छ । हरियाना भारतबाट नेपालमा चामल कहिले ल्याइयो र नेपालमा छपाइ गरिएको र्यापरमा कहिले प्याक गरियो भन्ने कुरा छानबिनको बिषय बनेको छ ।
ब्याच न. जि आर एम /१७०५ उल्लेखित चामल बिग मार्ट पोखराको नाममा १५० बोरा बिलिङ भइ आएको खरिद बिलबाट खुलेको छ । उक्त ब्याचको चामल कुन कुन स्टोरमा बिक्री गरिरहेको छ त्यो भने खुलेको छैन । बिहिबार सङ्कलित नमुनाको नतिजा कस्तो आउँछ ?आम उपभोक्ताले कस्तो न्याय पाउलान त्यो भने प्रतिक्षाको बिषय बनेको छ । पोखरा ल्याउने चामल काठमाडौ किन लगियो र काठमान्डूबाट उपत्यका बाहिर किन पठाइयो भन्ने बिषयले पनि थप रहस्य सृजना गराएको छ ।

प्रतिक्रिया दिनुहोस्