२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

७ हजार घुस सहित यातायातका कर्मचारी पौडेल अख्तियारको फन्दामा

सवारी चालक अनुमतिपत्र कार्यालय कास्किमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल अख्तियारको फन्दामा परेकाछन । कार्यालय सहयोगी पदमा कार्यरत करारका कर्मचारी पौडेलले सेवाग्राही सङ्ग फारम भरिदिन्छु भन्दै घुस मागेका थिए । सेवाग्राहीलाई दुख दिएको भन्दै उजुरी परेपछी अख्तियार कार्यालय पोखराले निज पौडेललाइ निगरानी गर्दा उनले एक सेवाग्राही सङ्ग नगद ७ हजार लिइसकेको अबस्थामा रङ्गेहात पक्राउ परेका अख्तियारले जारी गरेको प्रेस नोटमा जनाइएको छ ।
पौडेल बिगत ३ बर्ष देखि करारमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । का स भएपनी उनी लाइसेन्स परिक्षामा सामेल हुने र सि सि क्यामेरा निगरानिको काम गर्दै आएका थिए । लाइसेन्सको लिखित र ट्रायल परिक्षामा सामेल हुने भएपछी राम्रै चहलपहल गर्ने गरेको कर्मचारीले बताउदै आएका थिए । लाइसेन्स कार्यालयले कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीलाई बैशाख १७ गते काम बाट हटाए पनि कार्यालय प्रशासनले उनलाइ थप जिम्मेवारी दिएको थियो । उनले लिने रिसवत कहाँ सम्म बाडिन्छ भन्ने बिषयमा अख्तियारको अनुसन्धान पछि खुल्ने अपेक्षा गरिएको छ ।
सेवाग्राही सङ्ग प्रत्यक्ष जोडिने यातायात ब्यबस्था कार्यालय र सवारी चालक अनुमतिपत्र कार्यालयमा पटकपटक आर्थिक अनियमितता र घुस लेन्देनको काम हुने अड्डाको रुपमा लिइन्छ । स्मरणीय छ केही दिन अगाडि मात्र नागरिकता सच्याइ नक्कली परिक्षार्थी बनेर ट्रायल परीक्षा दिएर फर्कने क्रममा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्