खाधन्न तथा घरायसी समान बिक्री गर्दै आएको बिग मार्टको अबैध धन्दा बाहिरिएको छ । भारतबाट पुरानो सडेगलेको चामल आयात गरि नेपालको काठमाडौंमा रिप्याकिङ गरि मेगा मार्ट उर्फ बिग मार्ट नामका पसलहरुमा राखी उपभोक्तालाई बिक्रीवितरण गर्दै आएको तथ्य फेला परेको छ ।

गत हप्ता फुलबारीमा रहेको बिग मार्टबाट खरिद गरिएको आशियाना नामको बासमती चामल सडेगलेको अबस्थामा फेला परेपछी पिडित उपभोक्ताले जिल्ला प्रशासन कार्यालय कास्की र खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखरामा आवश्यक छानबिन र कारबाहीको लागि उजुरी गरेपछी नमुना सङ्कलन गरि खाध्य प्रयोगशालामा जाँच गरिएको थियो । जाँच गर्दा उक्त ब्रान्डको चामल गुणस्तर हिन रहेको नतिजा आएको थियो । खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख ले भने ” सङ्कलित चामलको नमुना जाँच गर्दा गुणस्तरहिन रहेको पाइयो अब कानुनी कारबाही प्रक्रियामा अगाडि बड्छ ” उक्त चामल जिआरएम फुड्स प्रा लि हरियाना भारतबाट नेपाल आयात गरिएको र काठमाडौको रानीसति इन्टर्नेस्नल कुलेस्वरले मेगा मार्ट ( बिग मार्ट ) स्टोर्सलाइ सप्लाइ गर्ने गरेको पाइएको छ । जि आर एम /१७०५ ब्याच न उल्लेखित चामल २ महिना अगाडि मात्र प्याक गरिएको पृन्ट गरिएको छ ।
प्रयोगशाला परिक्षणबाट कैफियत फेला परेपछी खाध्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम छानबिन अगाडि बढाइएको बताइएको छ । उक्त ऐनको दफा १६ मा न्यून गुणस्तरको खाध्य पद्दार्थ बिक्री गर्न नहुने उल्लेख छ । त्यस्तो कार्य गरेमा सोही ऐनको दफा ४० ले कसुर गरेको मानिने र न्यून गुणस्तरको खाध्य पदार्थ उत्पादन ,ओसारपसार ,सन्चय , बिक्रीवितरण गर्ने उत्पादक, फर्म वा ब्यापारीलाई सोही ऐनको सजाय खन्डको दफा ४२( घ ) अनुसार ६ महिना कैद ,३ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यबस्था रहेको छ भने पिडित पक्षलाइ क्षतिपूर्ति भराइ दिने सम्बन्धि ब्यबस्था पनि कानुनले गरेको छ ।
मानव स्वास्थ्य सङ्ग खेलवाड गरि खाध्य सामग्री कारोबार गर्ने उपर जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा चल्ने कानुनमा उल्लेख छ । सरकारी वकिल कार्यालय मार्फत मुद्दाको अभियोजन अगाडि बढ्ने खाध्य तथा गुणस्तर ऐन २०८१ मा उल्लेख छ । यसमा कस्तो अनुसन्धान र सजाय के हुन्छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ । नागरिकको स्वास्थ्यमा सुनिस्चितता ल्याउन कानुन कार्यान्वयनमा सकृयता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्