२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

लेखनाथ उध्योग बाणिज्य संघमा भाडभैलो अध्यक्ष एकातिर बाकि सबै अर्कातिर भएपछी माइनुट तानातान , प्रहरीमा समेत उजुरी !!

लेखनाथका उध्योग बाणिज्य ब्यबसायीहरुको छाता सस्था लेखनाथ उध्योग बाणिज्य संघमा भाडबैलो मच्चाउने काम भएको छ । संघको अधिबेशन तथा साधारण सभा नजिकिदै गर्दा संघमा अस्थिरताले जरो गाड्न सुरु गरेको छ । बिनोद श्रेस्ठको नेतृत्वमा रहेको कार्यसमितिको दुई बर्षे कार्यकाल यहि भाद्रमा सकिने र नया नेतृत्वका लागि अधिबेशन गर्ने तयारी भइरहदा लेउबा संघमा आबद्ध कार्यसमिति भित्रै भाडभैलो सुरु भएको खबर सराङ्कोटलाइ प्राप्त भएको छ ।
साउन ४ गते आइतबार संघमा बसेको सल्लाहकार सहितको कार्यसमितिको पुर्ण बैठकमा बिबाद छताछुल्ल हुन पुगेको थियो । आउदो अधिबेशनको मिति तोक्ने र म्याद थप्ने बिषयमा बिबाद भएको थियो । अध्यक्ष बिनोद श्रेस्ठ म्याद थप्ने मनस्थितिमा रहेकाले मिति तोक्ने पक्षमा रहेका थिएनन यद्यपि संघका अधिकास पदाधिकारी र सदस्यहरु आउदो भाद्र २० र २१ गते अधिबेशन गर्ने निष्कर्षमा पुगेर माइनुटमा निर्णय लेख्न सहमत भएका थिए । तर अध्यक्ष श्रेष्ठले असहमति जनाइ माइनुट खोस्न बल प्रयोग गरेपछी बैठक तनावमा परिणत भएको सहभागिहरुले बताएका छन ।
२५ सदस्यीय कार्यसमिति रहेको संघमा अध्यक्ष बिनोद श्रेस्ठ बाहेक सबैले भाद्र २० र २१ गते अधिबेशन गर्ने बिषयमा पुर्ण सहमति जनाइ निर्णय पुस्तिकामा उल्लेखित निर्णय हस्ताक्षर गरि प्रमणित गरिसकेका छन । अध्यक्ष श्रेष्ठलाई सर्बसम्मत भएको निर्णय किन प्रमाणित नगरेको भन्ने बिषयमा जिज्ञासा राख्दा उनले आउदो बैठकमा छलफल गर्ने बताए । माइनुट किन खोसाखोस गरेको त भन्ने हाम्रो प्रश्नमा भेटी पुर्याउन जान हतार भएकोले निर्णय नलेख्न भनेर माइनुट तान्न खोजेको अध्यक्ष श्रेष्ठले स्वीकार गरे ।
यता अध्यक्षको कार्यशैली अशिस्ट र अमर्यादित भएको भन्दै कास्की प्रहरिमा उजुरी परेको छ । संघमा अराजकता बढ्न जादा असुरक्षा महशुस भइ  काम गर्न बाधा पर्न गएको लगायतको बिषयमा उजुरी परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले बताए । उजुरी आएको छ के कसो भएको हो बुझ्न बाकी छ उपरीक्षक ओलियाले बताए ।
सस्था सस्थागत ढङ्गले कानुन बमोजिम चल्नुपर्छ । बहुजनले गरेको निर्णयलाइ आत्मसात गर्दै नेतृत्वले अभिभावकत्व दिन सक्नुनै सफलताको कशीको रुपमा लिइन्छ । नेतृत्वमा रहेको पात्रले निहित स्वार्थमा बल प्रयोग गरेर ह्यकुल्लाले घचेटेर सस्था चलाउन खोज्दा बिबादको बिजारोपण हुन जाने हुदा त्यस तर्फ सचेत रहनु श्रेयस्कर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्