नेपालको पुर्ब उप- प्रधान तथा गृहमन्त्री समेत भैसकेका रबि लामिछाने सत्ताको बहिर्गमन सङ्गै विभिन्न मुद्दाको चक्र्ब्युहुमा फसाइएका छन । राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको केही महिनामै भएको संघीय ससदको चुनाबमा २१ सिट जितेर देशको चौथो ठूलो दल बन्न सफल भएपछि अबसर र चुनौती दुबै सामना गर्न पुगेका पार्टी सभापति रबि लामिछाने बिगत ३ महिना देखि पुर्पक्षका लागि भैरहवा कारागार थुनाम छन ।
रबि लामिछानेलाइ सहकारी ठगी गरेको मुद्दामा उच्च अदालतले थुनामा राखेको छ । सुर्य थापाको सयोजकत्वमा गठित ससदिय छानबिन समितिले बुझाएको प्रतिबेदनमा रबिले सहकारी ठागी गरेको कुनै प्रमाण फेला नपरेको सयोजक थापाले सार्बजनिक अन्तरबार्तामा खुलासा गरेका थिए तर पनि विभिन्न ५ जिल्ला डुलाएर उनलाइ सहकारी ठगी मुद्दा चलाइयो र अन्तत बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछी २०८१ चैत्र २३ गते देखि भैरहवा कारागरमा थुनिएका छन त्यसपछि सरकार मस्त निदाएर बसेको छ ।
रबिलाइ लागेको आरोप भन्दा १० औ गुना बढी प्रमाण सहित दोष लागेका सहकारी ठगहरु केही घन्टा भित्रै अदालतले सामान्य धरौटी लिएर उन्मुक्ती दिएको घटना घाम जतिकै छर्लङ्ग छ । धनराज गुरुङ र उनको पुर्ब पत्नी दाबी गर्ने ज्योति गुरुङ , नेपाली काङ्ग्रेस सासद माया राई , धरौटीमा छुटेका छन उनिहरु सहकारीको निर्देशक र प्रबन्धक पदमा रहदा सहकारीको करोडौ रुपैयाँ घोटाला भएको तथ्य बाहिरिएको थियो । यस्तै एमालेका नेता सार्बजनिक लेखा समितिका सभापति ॠषिकेश गौतमकी पत्नी अन्जला कोइराला पोखरेल मोरङको उमागौरी सहकारीको २२ करोड अपचलन मुद्दामा १० लाख धरौटीमा रिहा भएकिछिन । यस्तै एमालेकै नेता इच्छाराज तामाङ (८ अर्ब ) राजकुमार थापा ,राजिब पहारी , शङ्करनारायण श्रेष्ठ , खुल्ला जीवन बिताइरहेका छन ।
रबिको पक्षमा साढे २७ लाख हस्ताक्षर
रबि लामिछानेलाइ राजनीतिक प्रतिसोध साधेर मुद्दा चलाइएको र थुनामा रखिएपछी उनिमाथी प्रतिसोध राखिएको बारेमा जनताको धारणा लिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएकोमा करिब १ महिनाको अबधिमा साढे २७ लाख नेपाली नागरिकले हस्ताक्षर गरेर ऐक्यबद्धता जाहेर गरेका छन । रास्वपाले बोभिन्न चोक चोकमा बुथ राखेर हस्ताक्षर मार्फत ऐक्यबद्धता आव्हान गरेको थियो । रबि लामिछानेलाई अन्याय र प्रतिशोध भएको भन्दै हस्ताक्षर गर्नेहरुमा नेपालका पुर्ब प्रधानमन्त्री देखि नेपालका ठुला गनिने दल नेपाली काङ्ग्रेस , नेकपा एमाले , माओवादी केन्द्र लगायतका नेता तथा कार्यकर्ता , कलाकार , पत्रकार , कानुन व्यावसायि लगाएतले खुल्लम खुल्ला हस्ताक्षर गरेका छन । त्यति मात्र होइन हालको सत्तारुढ गठबन्धन दलबाट चुनाब जितेका जनप्रतिनिधि हरु समेतले खुल्ला चौरमा आफ्नो अभिब्यक्ती सहित हस्ताक्षर गरिदिएर अभिव्यक्ति सार्बजनिक गरेका छन ।
कुन प्रदेशबाट कति आयो हस्ताक्षर ?
१.कोशी प्रदेश: २,१३,१०६
२. मधेस प्रदेश: १,०४,२६०
३. वागमती प्रदेश: ७,१३,३३१
४. गण्डकी प्रदेश: ५,१२,५१४
५. लुम्बिनी प्रदेश: २,५२,४३१
६. कर्णाली प्रदेस: ७२,१४२
‘७. सुदूरपश्चेम प्रदेश: १,१०,५ १२
र. केन्द्रीय कार्यालय: ३६,५१०
५. काठमाडौंमा न्याटको व्यवस्थापनका बुथ: ७४,११३
१०. ह्वास्टएप: ७,००,९५२
११.इमेल: ८३,५६६ गरि कुल २७ लाख ५०६७७ हस्ताक्षर प्राप्त ।
देश भरबाट कुल २७,५०६७७ जनाले हस्ताक्षर गरेको रास्वपाले डाटा सार्वजनिक गरेको छ । बर्षात याम कृषि कार्यमा जुट्नुपर्ने समय हुनुको साथै प्रकृतिक प्रकोप र बिपत्ति सामना गर्नुपर्ने भएकोले सहरका केही ठाउँ बाहेक हाललाइ हस्ताक्षर अभियानलाइ स्थगित गरिएको रास्वपा नेता उत्तम पौडेलले बताए । देश र जनताको अबस्था अनुकुल भएपछि अभियान पुन जोडिने नेता पौडेलले बताए । ५० देखि ६० लाख नागरिकले हस्ताक्षर गर्ने आङ्कलन प्रक्षेपण गर्दै उनले न्यायिक मनका धनी सबैलाइ आभार ब्यक्त गरेका छन
रबिको मुद्दा अदालतमा बिचाराधिन छ । यो अभियानले अदालतको प्रकृयालाइ कुनै प्रभाव नपार्ने समाज सास्त्री र राजनीतिक बिश्लेषकहरु बताउछन । यो राजनीतिक पार्टिको आन्तरीक नीति मात्र रहेको उनिहरु बताउछन । हस्ताक्षर अभियानमा नागरिकको सक्रियता देखेपछी मुलधारका ठुला गनिने राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको मनमा भुइचालो आएको छ । आफ्ना मतदाता त के कार्यकर्तालाइ कसरी अड्याउने भन्ने बिषयमा उनिहरुलाउ ज्वरो आएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्