२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

लेखनाथ उध्योग बाणिज्य संघको भाडभैलो टुङ्गियो दुबैले उजुरी फिर्ता लिने सहमति , अधिबेशन भाद्र २० र २१ गते पक्का

लेखनाथका उध्योग बाणिज्य ब्यबसायीहरुको छाता सस्था लेखनाथ उध्योग बाणिज्य संघमा भाडबैलो मच्चाउने काम स्थगित भएको छ । संघको अधिबेशन तथा साधारण सभा नजिकिदै गर्दा संघमा अस्थिरताले जरो गाड्न सुरु गरेको थियो । बिनोद श्रेस्ठको नेतृत्वमा रहेको कार्यसमितिको दुई बर्षे कार्यकाल यहि भाद्रमा सकिने र नया नेतृत्वका लागि अधिबेशन गर्ने तयारी भइरहदा लेउबा संघमा आबद्ध कार्यसमिति भित्रै भाडभैलो सुरु भएको खबर सराङ्कोटलाइ प्राप्त भएको थियो ।
साउन ४ गते आइतबार संघमा बसेको सल्लाहकार सहितको कार्यसमितिको पुर्ण बैठकमा बिबाद छताछुल्ल हुन पुगेको थियो । आउदो अधिबेशनको मिति तोक्ने र म्याद थप्ने बिषयमा बिबाद भएको थियो । अध्यक्ष बिनोद श्रेस्ठ म्याद थप्ने मनस्थितिमा रहेकाले मिति तोक्ने पक्षमा रहेका नरहेको बिषयले चर्चा पाएको थियो यद्यपि संघका अधिकास पदाधिकारी र सदस्यहरु आउदो भाद्र २० र २१ गते अधिबेशन गर्ने निष्कर्षमा पुगेर माइनुटमा निर्णय लेख्न सहमत भएका थिए । तर अध्यक्ष श्रेष्ठले असहमति जनाइ माइनुट खोस्न बल प्रयोग गरेपछी बैठक तनावमा परिणत भएको सहभागिहरुले बताएका थिए ।
२५ सदस्यीय कार्यसमिति रहेको संघमा अध्यक्ष बिनोद श्रेस्ठ बाहेक सबैले भाद्र २० र २१ गते अधिबेशन गर्ने बिषयमा पुर्ण सहमति जनाइ निर्णय पुस्तिकामा उल्लेखित निर्णय हस्ताक्षर गरि प्रमणित गरेको बिषयमा असहमति बिजारोपण भएको थियो । अध्यक्ष श्रेष्ठलाई सर्बसम्मत भएको निर्णय किन प्रमाणित नगरेको भन्ने बिषयमा जिज्ञासा राख्दा उनले आउदो बैठकमा छलफल गर्ने बताएका थिए। माइनुट किन खोसाखोस गरेको त भन्ने हाम्रो प्रश्नमा भेटी पुर्याउन जान हतार भएकोले निर्णय नलेख्न भनेर माइनुट तान्न खोजेको अध्यक्ष श्रेष्ठले स्वीकार गरेका थिए ।
यता अध्यक्षको कार्यशैली अशिस्ट र अमर्यादित भएको भन्दै अध्यक्षको उम्मेदवार हालका महासचिव जानुका पराजुलीले कास्की प्रहरिमा उजुरी गरेकी थिइन । संघमा अराजकता बढ्न जादा असुरक्षा महशुस काम गर्न बाधा पर्न गएको लगायतको बिषयमा उजुरी परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले बताए । उजुरी आएको छ के कसो भएको हो बुझ्न बाकी छ उपरीक्षक ओलियाले बताएका थिए । महासचिव पराजुलीले ठाडो उजुरी हालेपछी आफ्नो मान मर्दन भएको भन्दै अध्यक्ष बिनोद श्रेस्ठले कास्की जिल्ला अदालतमा निवेदन दर्ता गराएका छन ।
बिबाद छताछुल्ल भएपछी संघका पुर्ब अध्यक्ष र अग्रज व्यावसायिहरुको पहलमा सोमबार छलफल गरि विवाद समाधान गरिएको थियो । दुबै पक्षले हालेको उजुरी निकाल्ने र आउदो भाद्र २० र २१ गते अधिबेशन सम्पन्न गर्ने निश्कर्ष निकालिएको थियो । अध्यक्ष श्रेष्ठले भने “म बिरुद्द प्रहरिमा हालेको उजुरी निकालेपछि म पनि निकाल्छु ”
सस्था सस्थागत ढङ्गले कानुन बमोजिम चल्नुपर्छ । बहुजनले गरेको निर्णयलाइ आत्मसात गर्दै नेतृत्वले अभिभावकत्व दिन सक्नुनै सफलताको कशीको रुपमा लिइन्छ । नेतृत्वमा रहेको पात्रले निहित स्वार्थमा बल प्रयोग गरेर ह्यकुल्लाले घचेटेर सस्था चलाउन खोज्दा बिबादको बिजारोपण हुन जाने हुदा त्यस तर्फ सबै सदस्य र पदाधिकारी  सचेत रहनु श्रेयस्कर मानिन्छ । सोमबारको सहमती पछि भाडभैलो अन्त्य भएको बताइएको छ । चुनाबमा जानुका पराजुली प्यानल र राजेन्द्र ओझा प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्